NE/Prabhupada 0943 - केहि मेरो होइन । ईशावास्यम् इदं सर्वम्, सबै कृष्णको हो



730427 - Lecture SB 01.08.35 - Los Angeles


सबैको आफ्नो असिमित इच्छा, एक पछि अर्को... यो चाहना, जब चाहना पूर्ण हुन्छ, अर्को चाहन, अर्को चाहन, अर्को चाहना उत्पन्न हुन्छ | येसरी तिमी समस्या निम्त्यौदै छौँ | र जब यो चाहनाहरु पुरा हुदैन, त्यसपछि तिमी निरास, अलमल्लमा पर्छौ | निरासा त कायम नै रहन्छ | एउटा निरसा, तिम्रो देशमा जस्तै हिप्पीहरु उनीहरु निरस छन् | अर्को खालको निरसपन तिम्रो देश जस्तै हो, सन्न्यासी बन्नु पुरानो निरसापन हो | सन्न्यासी बन्नु भनेको, ब्रह्म सत्यमं जगन मिथ्या, यो जगत् मिथ्या हो | यो कसरी मिथ्या हुन सक्छ? उसले त्यो उपयोग गर्न सक्दैन; त्यसैले त्यो मिथ्या हो | त्यो मिथ्या होइन | वैष्णवको सिद्धान्त अनुशर यो जगत् मिथ्य होइन,यो तथ्य हो | तर गलत तब हो जब तिमीले "यो जगतको भोगी म हुँ भन्छौ |" यो गलत हो | यदी हामीले त्यो आप्नाउछौ र त्यसलाई कृष्णको सेवामा लगाउछौँ भने, त्यो गलत होइन | हामीले उदाहरणको लागि फूलको बारेमा भनेको थियेउ, यी फूलहरु फूल पसलमा छ | मानिसहरु धेरै प्रकारका फूल खरिद गर्छन | हामी खरिद गर्छौँ, अरु गर्छन | उनीहरु इन्द्रिय तृप्तिको लागि खरिद गर्छन, र हामी कृष्णको लागि खरिद गर्छौँ | फूल एउटी हो | कसैले सोध्न सक्छ " तिमी कृष्णलाई अर्पण गर्दैछौ | कृष्ण सर्वोच्च आत्मा हुनुहुन्छ, तिमीले कसरी यो भौतिक चिज, यो फूलहरु अर्पण गर्दैछौ ?" तर उनीहरुलाई थाहा छैन कि वास्तवमा भौतिक केहि पनि हुदैन | जब तिमीले कृष्णलाई भुल्छौ, त्यो भौतिक हो | यो फूल कृष्णको लागि हो | यो अध्यात्मिक हो | र जब हामीले यो फूल हाम्रो इन्द्रिय तृप्तिको लागि प्रयोग गर्छौ, यो भौतिक हो | यो अविद्या हो | अविद्या भनेको अज्ञानता हो | केहि पनि मेरो होइन | ईशावास्यम् इदं सर्वम्,, सबै कृष्णको हो | त्यसैले हाम्रो अभियान भनेको कृष्ण भावना जगाउने हो | हामीलाई थाहा हुनुपर्छ कि सबै कृष्णको हो | कृष्ण तथ्य हुनुहुन्छ | यो संसार तथ्य हो | यो जगत् कृष्णले बनाउनु भएको हो, त्यसैले यो तथ्य हो | सबै तथ्य हो जब हामीले कृष्ण भावनामृत भएर गर्छौँ | नत्र त्यो माया हो, अविद्या | अविद्याले, अज्ञानताले, हामी आफ्नो इन्द्रिय तृप्ति गर्न चाहन्छौ, र हामी समस्या सिर्जना गर्छौँ | हामीले निक्कै बनावटी काम बनाएका छौँ, उग्र-कर्म | हामी अविद्यामा भएपनि, कृष्णको कृपाले गर्दा सबै सहज हुन्छ | जस्तै, जुनै पनि विश्वको कुनामा, खानेकुरा छन् | सबै छन्, पूर्ण, पूर्णम् इदम्, पूर्णम् इदम् | जस्तै कोहि हरियो जमिनमा बच्दैछ भने, अलास्का, त्यो वातावरण हाम्रो विचारको लागि उपुक्त हुँदैन, तर उनीहरु बाँच्दै छन्, बासिन्दा त्यहाँ छ | त्यहाँ केहि व्यवस्ता गरिएको छ | त्यसैगरी, यदी तिमीले सबै ठाउँको विस्त्रित रुप्ले अध्यन गर्यो भने... जस्तै हजारौँ र लाखौँ माछाहरु पानीमा छन् | यदी तिमीलाई एउटा डुंगामा राखियो र एक महिनाको लागि त्यसमा बचनको बस भन्यो भने, त्यसपछि तिमी मर्छऊ | तिमीलाई खाने खान हुँदैन | तर... पानीमा त, त्यहाँ हजारौँ र लाखौँ माछाहरु छन्, उनिहरुलै चाहिए जति खानेकुरा छ | पुग्दो खानेकुरा | एउटा माछा पनि खानेकुराको कमिले मर्दैन | तर यदी तिमीलाई पानीमा राखिदियो भने, तिमी मारछौ | त्यसैगरी, भगवनको रचनामा ८,४००,००० जीवनहरु छन् | त्यसैले भगवानले सबैलाई खानेकुरा दिनुभएको छ | जस्तै तिमी जेलमा भएपनि, तिमीलाई सरकारले खानेकुरा दिनछ | त्यसैगरी, यो भौतिक संसार जेलसंग तुलना गरिएको छ | जीवहरुको लागि, त्यहि पनि त्यहाँ अभाब छैन |