NE/Prabhupada 0947 - हामीसँग असिमित स्वतन्त्रता छ तर हामी अहिले यो शरीरद्वारा बद्ध भएका छौं



720831 - Lecture - New Vrindaban, USA


जस्तै आधुनिक वैज्ञानिकहरु अरु ग्रहमा जान प्रयासरत छन् तर तिनीहरु बद्ध छन्, तिनीहरु जान सक्दैनन् | हामीले देख्न सक्छौं | हाम्रो सामु लाखौं ग्रहहरु छन्- सूर्य, चन्द्रमा, शुक्र, मंगल | हामी कहिले इच्छा गर्छौं, "म त्यहाँ कसरी जान सक्छु |" म म बद्ध भएको कारण म स्वतन्त्र छैन र म जान सक्दिनँ | तर मौलिक रुपमा तिमी आत्मा भएको कारण तिमी जहाँ पनि जान स्वतन्त्र थियौ | जस्तै नारद मुनि | नारद मुनि सर्वत्र घुम्छन्; आफुलाई इच्छा लागेको कुनै पनि स्थानमा | यो ब्रह्माण्डमा एउटा लोक छ जसलाई सिद्धलोक भनिन्छ | त्यस सिद्धलोकका वासीहरु एउटा लोकबाट अर्को लोकमा कुनै विमान बिना जान सक्छन् | योगीहरु, हठ-योगीहरु, जसले अभ्यास गरेका छन्, उनीहरु कुनै पनि स्थानमा जान सक्छन् | योगीहरू एउटा स्थानमा बस्छन् र तत्काल अर्को स्थानमा जान सक्छन् | उनीहरु एउटा नजिकको नदिमा डुबुल्की लगाउँछन् र उनीहरु भारतमा कुनै अर्को नदिमा उठ्छन् | उनीहरु यहाँ डुबुल्की लगाउँछन् र त्यहाँ उठ्छन् | यी योगीक सिद्धि हुन् | हामीसँग असिमित स्वतन्त्रता छ तर हामी अहिले यो शरीरद्वारा बद्ध भएका छौं | तसर्थ मानव जीवन एउटा अवसर हो, हाम्रो मौलिक स्वतन्त्रता प्राप्त गर्ने | त्यसलाई कृष्ण भावना भनिन्छ | स्वतन्त्रता | जब हामीसँग आफ्नो आध्यात्मिक शरीर हुन्छ, यो भौतिक शरीरद्वारा नाढाकिएको....... हामीसँग यो भौतिक शरीरभित्र आफ्नो आध्यात्मिक शरीर छ | धेरै सुक्ष्म | त्यो मेरो वास्तविक परिचय हो | अहिले म दुई प्रकारका भौतिक शरीरद्वारा ढाकिएको छु | एउटालाई सुक्ष्म शरीर भनिन्छ र अर्कोलाई स्थूल शरीर भनिन्छ | सुक्ष्म शरीर मन, बुद्धि, र झुठो अहंकारले भनेको छ र स्थूल शरीर पृथ्वी, जल, अग्नि, वायु र आकाशले बनेको छ | हामीसँग दुई प्रकारका शरीर छन् | र हामी परिवर्तन गर्दैछौं | साधारणतया हामीले स्थूल शरीर देख्न सक्छौं; हामीले सुक्ष्म शरीर देख्न सक्दैनौं | जस्तै सबजनालाई थाहा छ...... मलाई थाहा छ कि तिमीसँग आफ्नो मन छ | मलाई थाहा छ कि तिमीसँग बुद्धि छ | तिमीलाई थाहा छ कि मसँग मन र बुद्धि छ | तर मैले तिम्रो मन र बुद्धि देख्न सक्दिनँ || म तिम्रो दृढता देख्न सक्दिनँ | म तिम्रो सोच, अनुभव र इच्छा देख्न सक्दिनँ | त्यसैगरि तिमीले पनि देख्न सक्दैनौ | तिमीले यो पृथ्वी, जल, वायु र अग्निले बनेको मेरो स्थूल शरीर देख्छौ र म तिम्रो स्थूल शरीर देख्छु | तसर्थ, जब यो स्थूल शरीर परिवर्तन हुन्छ र तिम्रो स्थानान्तरण हुन्छ, तब तिमी सुक्ष्म शरीरद्वारा अर्को स्थानमा जान्छौ र त्यसलाई मृत्यु भनिन्छ | हामी भन्छौं,."ओहो, मेरो पिता गए |" तिमीले कसरी देख्छौ कि तिम्रो पिता गए ? शरीर त्यहाँ हुन्छ | तर वास्तवमा उसको पिता सुक्ष्म शरीरद्वारा गएको छ |