NE/Prabhupada 0949 - हामी शिक्षामा प्रगति गरिरहेका छौं, तर हामीले हाम्रो दाँतको पनि आध्ययन गर्दैनौं



720831 - Lecture - New Vrindaban, USA

म नरोत्तम दास ठाकुरद्वरा रचना गरिएको एउटा भजनको बारेमा वर्णन गर्छु, नरोत्तम दास ठाकुर हाम्रा पुर्वाचार्यहरु मध्ये एक हुनुहुन्छ, र उहस्न्क्स भजनहरु वैष्णव समाजमा वैदिक सत्य जस्तै स्वीकार्य छ| उहाँले समन्य भाषामा लेख्नुभएतापनि, यसले वैदिक सत्य बोकेको छ| उहाँले थुप्रै भजनहरु लेख्नुभएको छ| उहाँको एउटा भजन हो: हरि हरि बिफले जनम गोङाइनु उहाँ भन्नु हुन्छ" मेरो प्रिय प्रभु, म मेरो अमुल्य समय केवल नाश मात्र गरिएको छ| बिफले जनम गोङाइनु| सबैजनाले मानबका रूपमा जन्म लिन्छन, तर उसलाई यसको उपयोग कसरी गर्ने भन्ने कुरा थाहा छैन| उसले यसलाई जनावरले जस्तै उपयोग गरिरहेको छ| जनावरले खान्छ; हामीले केवल अप्राकृतिक ढंगले खाने व्यवस्था गरि रहेका छौ| यही हो हाम्रो प्रगति| पशुहरुमा, निश्चित प्राणीको लागि निश्चित प्रकारको आहार हुन्छ| जस्तै बाघ| एउटा बाघले मासु र रगत खान्छ, तर यदि तिमी बाघलाई राम्रा सुन्तला अथवा अंगूर दिन्छौ, उसले छुँदा पनि छुंदैन| किनभने त्यो उसको आहार होइन| त्यस्तैगरी, सुँगुर, सुँगुरले दिसा खान्छ| यदि सुँगुरलाई मिठो हलुवा दिन्छु भने, उसले छुँदा पनि छुंदैन|(हाँसो) त्यसैले निश्चित प्राणीको लागि निश्चित प्रकारको आहार हुन्छ| त्यसै गरि, हामी मानवहरुको पनि न्सिचित प्रकारको आहार छ| के के हुन् त ती? फलफूल,दुध, अन्न| जस्तो कि हाम्रो दांतको बनावट छ- एउटा फल लिऊ,तिमीले सजिले आफ्ना दाँतले टुक्रा पर्न सक्छौ| तर यदि मासुको टुक्रा लिन्छौ, यी दाँतले टुक्रा पर्न कठिन हुन्छ| तर बाघले निश्चित प्रकारको दाँत पाएको छ, उसले तुरुन्त मासुलाई टुक्रा पर्न सक्छ| त्यसैले हामी शिक्षामा प्रगति गरिरहेका छौं, तर हामीले हाम्रो दाँतको त आध्ययन गर्दैनौं| हामी केवल दन्त चिकित्सककहाँ जान्छौं| यो हो हाम्रो सभ्यताको उन्नति| बाघ कहिले पनि दन्त चिकित्सककहाँ जाँदैन|(हाँसो) उसको दाँत यति बलिया छन् कि उसले मासुलाई तुरुन्त टुक्रा पारिदिन्छ, तर उसलाई दन्त चिकित्सककहाँ जानु पर्दैन, किनभने उसले आफ्नो लागि अप्राकृतिक हुने केहि पनि खांदैन| तर हामीहरु जे पनि खाइदिन्छौ, तसर्थ हामीलाई दन्त चिकित्सकको आवश्यकता पर्छ| त्यसैले हाम्रो मानव जीवनले निश्चित प्रकारको कार्य पाएको छ| त्यो कार्य भनेको भागवत जीवनको चर्चा व आध्याँ गर्नु| यो हाम्रो प्राकृतिक भागवत्-धर्म हो| हामीले भगवानलाई, भागवत्-धर्मलाई बुझ्ने प्रयास गर्नुपर्छ,मैले पहिला नै वर्णन गरिसकेको छु| भगवान र भक्त अथवा भागवत्, उनीहरुबीचको सम्बन्धलाई भागवत्-धर्म भनिन्छ| त यो अति नै सरल छ| कसरी? अब मात्र तिमीले कृष्णका बारेमा तिमीले सुन्नु पर्यो|