NE/Prabhupada 0954 - जब हामीले यी प्रमुख गुणहरुलाई जित्छौं, तब हामी खुसी हुन्छौं



750623 - Conversation - Los Angeles


बहुलाश्व: श्रील प्रभुपाद, हाम्रो भौतिक प्रदुषित अवस्थामा जब हामी मुर्खतापूर्ण वा पाग रुपले कार्य गर्छौं, तब हामी त्यसलाई तमस् वा अज्ञानता भन्छौं | तर आध्यात्मिक आकाशमा जब जीव आफ्नो शुद्ध चेतनामा अवस्थित हुन्छ, के कार्य..... के त्यो स्थितिमा पनि उसलाई भ्रमित बनाउने कुनै कार्य हुन्छ ?

प्रभुपाद: हुन्छ | जस्तै जय-विजय | उनीहरुले अपराध गरेका थिए | उनीहरुले चार कुमारहरुलाई प्रवेश गर्न दिएनन् | त्यो उनीहरुको गल्ति थियो | र कुमारहरुलाई यो मन परेन | तब उनीहरुले श्राप दिए कि "तिमीहरु यो स्थानमा बस्न योग्य छैनौ |" हामीले कहिलेकाही गल्ति गर्छौं | त्यो पनि स्वतन्त्रताको दुरुपयोग हो | वा हाम्रो पतन हुने सम्भावना हुन्छ किनकि हामी सानो छौं | जस्तै आगोको सानो झिल्को आगो भए तापनि निभ्ने सम्भावना हुन्छ | ठुलो आगो निभ्दैन | कृष्ण ठुलो आगो हुनुहुन्छ र हामी अंश भएको कारण सानो झिल्को हौँ | आगो भित्र झिल्को हुन्छन्,"फुट ! फुट !" धेरै हुन्छन् | तर यदि झिल्को आगोबाट झर्छ भने यो निभ्छ | यो त्यस्तो हो | झर्नु अर्थात् भौतिक जगतमा धेरै स्तरहरु छन्: तमो-गुण​, रजो-गुण र सत्त्व​-गुण​ | जस्तै झिल्को झर्छ | यदि यो सुख्खा घाँसमा झर्छ भने घाँसमा आगो लाग्छ | त्यसो हुँदा, यो झरे पनि प्रज्वलित गुण कायम हुन्छ | सुख्खा घाँसको स्थिति अनुरुप यसले फेरी अर्को आगो सिर्जना गर्छ, र प्रज्वलित गुण कायम हुन्छ | त्यो सत्त्व गुण हो | र यदि त्यस झिल्को हरियो घाँसमा झर्छ भने त्यो निभ्छ | र यदि हरियो घाँस सुख्खा बन्छ भने पुनः प्रज्वलित अवस्थामा आउने मौका हुन्छ | तर यदि झिल्को पानीमा झर्छ भने यो धेरै कठिन हुन्छ | त्यसैगरी आत्मा जब भौतिक जगतमा आउँछ, तब तीन गुणहरु हुन्छन् | यदि ऊ तमो-गुणको सम्पर्क हुन्छ भने ऊ सबभन्दा अप्रिय अवस्थामा हुन्छ | यदि ऊ रजो-गुणमा झर्छ भने त्यहाँ थोरै गतिविधि हुन्छ | जस्तै तिनीहरु कार्यरत छन् | र यदि ऊ सत्त्व-गुणमा झर्छ भने उसले आफुलाई कम्तिमा यो ज्ञानमा राख्छ कि "म आगो हुँ | म यो भौतिक जगतसँग सम्बन्धित छैन |" तसाथ हामीले उसलाई पुनः ब्राह्मण योग्यताको सत्त्व-गुणमा ल्याउनुपर्छ ताकी उसले बुझ्न सकोस् कि अहं ब्रह्मास्मि, "म आत्मा हुँ | म यो पद्धार्थ होइन |" तब उसको आध्यात्मिक गतिविधि सुरु हुन्छ | तसर्थ हामीले उसलाई सत्त्व-गुणको स्तरमा ल्याउने प्रयासरत छौं, अर्थात् रजो-गुण, तमो-गुणको कार्य त्याग्ने: मांस-भक्षण नगर्ने, अवैध सम्बन्ध नराख्ने, नशा नगर्ने, जुवा नखेल्ने | धेरै नगर्ने कार्यहरु छन्- उसलाई भौतिक गुणहरुको प्रभावबाट बचाउन | तब, यदि ऊ सत्त्व गुणमा अवस्थित हुन्छ भने उसको स्तर..... जब ऊ सत्त्व गुणमा रहन्छ, तब रजस्-तमः, अरु प्रमुख गुणहरुले उसलाई विचलित पार्न सक्दैन | प्रमुख गुण, यी प्रमुख गुणको स्तर भनेको अवैध सम्बन्ध, मांस-भक्षण, नशा, जुवा | तदा रजस्-तमो-भावाः काम​-लोभादयष् च ये (श्री भा १|२|१९) | जब कोहि कम्तिमा यी दुई प्रमुख गुणहरुबाट मुक्त हुन्छ..... प्रमुख गुण अर्थात् काम र लोभ | भौतिक जगतमा साधारणतया मानिसहरु यी प्रमुख गुणको नियन्त्रणमा हुन्छन् अर्थात्, सधैं कामवासनाले भरिपूर्ण र असन्तुष्ट, लोभी | त्यसैले जब हामीले यी प्रमुख गुणहरुलाई जित्छौं, तब हामी खुसी हुन्छौं | तदा रजस्-तमो-भावाः काम​-लोभादयष् च ये, चेत एतैर् अनविद्धम्... (श्री भा १|२|१९) | जब चेतना यी प्रमुख गुणहरुद्वारा प्रभावित हुँदैन, चेत एतैर्..... स्थितः सत्त्वे प्रसीदति | सत्त्व गुणमा अवस्थित भएर उसले खुसी अनुभव गर्छ | त्यो आध्यात्मिक जीवनको सुरुवात हो | जबसम्म मन कामवासना र लोभले विचलित हुन्छ, तबसम्म आध्यात्मिक जीवनको प्रश्न उठ्दैन | तसर्थ, प्रथम कार्य भनेको मनलाई नियन्त्रण गर्ने ताकी यसलाई प्रमुख गुण, कामवासना र लोभले प्रभावित नपारोस् | हामीले पेरिसमा वृद्ध मानिस, पचहत्तर वर्षको मानिसलाई देखेको थियौं, ऊ रात्री क्लबमा जाँदै थियो किनकि उसमा कामवासना छ | उसले क्लबमा प्रवेश गर्न पचास डलर तिर्छ र भित्र उसले अरु कुराको लागि अझै तिर्छ | ऊ पचहत्तर वर्षको भए पनि उसमा कामवासना छ |