NE/Prabhupada 0966 - आँखामा भक्तिको गाजल लगाएपछि भगवानलाई देख्न सकिन्छ



720527 - Lecture BG The Yoga System - Los Angeles


यो योग विधि, भक्ति योग, कसरी कृष्णको लागि आसक्ति बढाउने, हाम्रो कृष्ण भावनामृत अभियानले सिकाउँदैछ | मय्य् आसक्त​-मनाः पार्थ योगं युञ्जन् मद्-आश्रयः (भ गी ७|१) | यो सम्बन्धमा, जसले पनि यस योग विधि कृष्णबाट प्रत्यक्ष रुपमा वा उहाँको प्रतिनिधिबाट सिक्नुपर्छ | मद्-आश्रयको अर्थ यो हो | जसले पनि आश्रय लिनुपर्छ..... वर्तमान समयमा प्रत्यक्ष रुपमा कृष्णको आश्रय लिन सम्भव छैन, तसर्थ हामीले उहाँको आधिकारिक प्रतिनिधिको आश्रय लिनुपर्छ | चार समुह वा सम्प्रदाय छन् जो वैष्णव हुन् | ब्रह्म-सम्प्रदाय, रुद्र-सम्प्रदाय, श्री-सम्प्रदाय र कुमार-सम्प्रदाय | एक मानिसले यी सम्प्रदायमध्ये एकको आध्रय लिनुपर्छ र त्यस सम्प्रदायमा भक्ति-योग सिक्नुपर्छ | तब उसले बुझ्नेछ वा उसले भगवान देख्नेछ | भगवानलाई यो आँखाले देख्ने होइन | भगवानको अर्को नाम अनुभाव, अनुभूति हो | अनुभूति | यो चाहिएको छ | त्यो अनुभूति कृष्ण स्वयंले आधिकारिक भक्तलाई दिनुहुन्छ | सेवोन्मुखे हि जिह्वाद्औ स्वयम् एव स्फुरत्य् अदः (चै च मध्य १७|१३६) | भगवान कृष्णले आफुलाई प्रकट गराउनुहुन्छ | जस्तै तिमीले रातको अन्धकारमा सूर्यलाई देख्न सक्दैनौ | सूर्य आकाशमा हुन्छ तर ग्रह अर्को भागमा अन्धकार हुन्छ, तिमीले सूर्य देख्न सक्दैनौ | यो होइन कि त्यहाँ सूर्य छैन तर तिमीले देख्न सक्दैनौ | त्यसैगरी, कृष्ण सधैं हाम्रो सामु उपस्थित हुनुहुन्छ तर हामीले उहाँलाई देख्न सक्दैनौं | जस्तै कृष्ण व्यक्तिगत रुपमा उपस्थित हुनुहुँदा..... पृथ्वीको सतहमा सयौं-लाखौं मानिसहरु थिए, तर धेरै कमले उहाँलाई देख्न सक्थे कि उहाँ सर्वोच्च पुरुषोत्तम भगवान हुनुहुन्छ | भगवान कृष्ण स्वयं कसैको अगाडी आउनुभयो भने पनि उहाँलाई देख्न सम्भव छैन | हेर्ने विधि भिन्न हुन्छ | प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन (ब्र स ५|३८) | आँखामा भक्तिको गाजल लगाएपछि भगवानलाई देख्न सकिन्छ | भगवानलाई देख्न आँखा शुद्ध हुनुपर्छ | त्यो अनुभूति हो |