NE/Prabhupada 0968 - पश्चिमी दर्शन सुखवाद हो, खाऊ, पिऊ, रमाऊ र आनन्द लिऊ



730400 - Lecture BG 02.13 - New York


देहिनो ऽस्मिन् यथा देहे कौमारं यौवनं जरा तथा देहान्तर​-प्राप्तिर् धीरस् तत्र न मुह्यति (भ गी २|१३) यो बयान सर्वोच्च पुरुषोत्तम भगवानले दिनुभएको हो, भगवान उवाच, कि तिमी यो शरीर होइन | आध्यात्मिक बुझाईको पहिलो उपदेश भनेको म यो शरीर होइन भन्ने जान्नु हो | यो सुरुवात हो | तथाकथित योगीहरु शारीरिक अभ्यास गर्दैछन्, मानचित्र र अरु विभिन्न पाखण्डद्वारा मानसिकताको अध्ययन गर्दैछन् | तर हाम्रो दर्शन भनेको हामी यो शरीर होइनौं | तब शारीरिक अभ्यासद्वारा अध्यात्मिक अनुभूति गर्ने प्रश्न कहाँ उठ्छ ? यदि म यो शरीर होइन भने मैले कुनै शारीरिक अभ्यासद्वारा आत्मानुभूति कसरी गर्न सक्छु ? कर्मी, ज्ञानी र योगीहरुको गल्ति यहि छ | कर्मीहरु, फलको लागि कार्य गर्ने, भौतिकवादी मानिसहरु शारीरिक सुविधा चाहन्छन् | यो शरीरको सर्वोत्तम सुविधा प्राप्त गर्नु नै तिनीहरुको एकमात्र विचार हुन्छ | यो शरीर अर्थात् इन्द्रिहरु | हामीसँग आँखा, कान, नाक, मुख, जिब्रो, हात, जनेन्द्रिय आदि इत्यादी इन्द्रियहरु छन् | जब हामी जीवनको शारीरिक अवधारणामा हुन्छौं, तत्काल आवश्यकता इन्द्रियतृप्तिको निमित्त हुन्छ | तर कृष्णले अर्जुनलाई भन्नुहुन्छ कि "तिमी यो शरीर होइन |" तसर्थ मेरो स्वार्थ मेरो शारीरिक सुविधामा निर्भर छैन | तिनीहरुलाई यो थाहा छैन | सबजना, वर्तमान समयमा, यो युगमा तिनीहरुको एकमात्र कार्य भनेको इन्द्रियतृप्ति हुन्छ | नास्तिक सिद्धान्त | जस्ती एउटा ठुलो नास्तिक थिए, चार्वाक मुनि | भारतमा सबै वर्गका दार्शनिकहरु थिए | पश्चिमी देशहरुमा थोरै जानकारी छ तर भारतमा हरेक किसिमको दर्शन हुन्थ्यो | त्यहाँ नास्तिक दर्शन पनि थियो | चार्वाक मुनि नास्तिक दार्शनिकहरुमध्ये प्रमुख हुन् | उनको दर्शन सुखवाद थियो | पश्चिमी दर्शन सुखवाद हो, खाऊ, पिऊ, रमाऊ र आनन्द लिऊ | यो दर्शन | जबसम्म तिमीसँग यो शरीर हुन्छ, खाऊ, पिऊ, रमाऊ र आनन्द लिऊ | चार्वाक मुनिले पनि त्यस्तै भने कि: ऋणं कृत्वा घृतं पिबेत् |