NE/Prabhupada 0976 - अधिक जनसंख्याको कुनै प्रश्न उठ्दैन । यो गलत सिद्धान्त हो



Lecture on BG 4.13 -- New York, April 8, 1973


अधिक जनसंख्याको कुनै प्रश्न उठ्दैन | यो गलत सिद्धान्त हो | यदि भगवानले सिर्जना गर्न सक्नुहुन्छ भने उहाँले पालन पनि गर्न सक्नुहुन्छ | र वास्तवमा, यो तथ्य हो | म सारा संसारभरि यात्रा गर्दै छु | पृथ्वीको सतहमा यति धेरै खाली स्थान छन् कि वर्तमान जनसंख्या भन्दा दश गुणा बढी जनसंख्याको पालन सजिलै गर्न सकिन्छ | तर हामीलाई यसको उपयोग कसरी गर्ने थाहा छैन | अफ्रीकामा, अस्ट्रेलियामा, अमेरिका अझै पनि खामी जमिन छ | तर हामीले कृष्णको जमिन अतिक्रमण गरेको कारण कठिनाई उत्पन्न भएको छ | चीनमा अधिक जनसंख्या छ | भारतमा अधिक जनसंख्या छ | तर यदि हामीले कृष्ण भावना स्वीकार्छौं भने यी कठिनाईहरु एक क्षणमा अन्त्य हुनेछन् | कृष्ण भावना भनेको सबै कुरा कृष्णको रुपमा लिनु | म पनि कृष्णको हुँ | यो कृष्ण भावना हो | वास्तवमा यो तथ्य हो | सबै कुरा....... कृष्ण अर्थात् भगवान | सबै कुरा भगवानको हो | म पनि भगवानको हुँ | ईशावास्यम् इदं सर्वम् (इसो मन्त्र १) | सबै कुरा भगवानको हो | यो तथ्य हो | तर हामीले यो तथ्य स्वीकार्दैनौं | हामीले केहि भ्रामिक कुरा लिंदैछौं | तसर्थ यसलाई माया भनिन्छ | जस्तै अमेरिकीहरु | तिनीहरु यो जमिन अमेरिकी समुहको हो भनेर दाबि गर्दैछन् | त्यसैगरी, अरु राष्ट्रहरु पनि...... तर वास्तवमा, जमिन भगवानको हो | जमिन, आकाश, पानी, जमिनको उत्पादन, आकाशको उत्पादन, हावाको उत्पादन, सबै कुरा भगवानको हो | र हामी भगवानका बच्चाहरु हौँ | हामीसँग पिताको खर्चमा बाँच्ने अधिकार छ | जस्तै, सानो बच्चा | तिनीहरु पिताको खर्चमा बाँच्छन् | त्यसैगरी, हामी पनि भगवानको व्यवस्था अनुरुप बाँच्छौं | यो सम्पत्तिलाई हामीले आफ्नो भनेर किन दाबी गर्ने ? यो आध्यात्मिक साम्यवादको विचार हो | भागवतमा यी कुराहरु वर्णित छन्, कसरी आध्यात्मिक साम्यवाद अनुभव गर्ने | आध्यात्मिक साम्यवादमा....... वर्तमान साम्यवादीहरु केवल मानवको बारेमा सोच्छन् | र पशुहरुलाई वधशालामा पठाइन्छ | मानिस र पशु उही जमिनमा जन्मिए तापनि..... वास्तवमा, तिनीहरु राष्ट्रिय पनि हुन् | राष्ट्रिय भनेको जो निश्चित जमिनमा जन्मिएको छ | त्यसैले यी पशुहरु राष्ट्रिय किन होइनन् ? तिनीहरुसँग कृष्ण भावना नभएको कारण तिनीहरु फराकिलो रुपमा सोच्न सक्दैनन् | तिनीहरु सोच्छन् कि राष्ट्रवाद भनेको यो मानवमा सिमित छ र पशु, रुखको लागि होइन | तर जब तिमी कृष्ण भावनाभावित हुन्छौ, तब तिमीले बुझ्छौ कि रुख, बिरुवा, उभयचर, जलचर, मानव, पशु सबजना भगवानका अंश हुन् | तिनीहरुको कर्म अनुसार तिनीहरुले भिन्न शरीर, भिन्न रङ्ग प्राप्त गरेका छन् | कारणम् गुण​-सङो ऽस्य सद्-असद्-जन्म​-योनिषु (भ गी १३|२२) | यी कुराहरु भगवद गीतामा वर्णित छन् | आफ्नो कर्म अनुसार विभिन्न किसिमको शरीर प्राप्त गरिन्छ | कर्मणा दैव नेत्रेण जन्तोर् देह उपपत्तये (भ गी १३|२२) | कर्मद्वारा हामीले अर्को शरीर सिर्जना गर्छौं | यो महान विज्ञान हो | मानिसलाई थाहा छैन कि गतिविधिहरु कसरी हुँदैछन्, यति धेरै प्रजातिका जीवन कसरी छन्, असारी तथाकथित खुसी भइन्छ, कसरी तथाकथित दुःखी भइन्छ | किन कोहि धनी हुन्छ, कोहि गरिब हुन्छ | किन यति धेरै ग्रहहरु छन् ? किन कोहि देवता छन्, कोहि मानव छन्, कोहि पशु छन् ? यो महान विज्ञान हो तर यो ज्ञानको विकास कहिँ पनि हुँदैन, आधुनिक विश्वविद्यालयमा वा शैक्षिक संस्थाहरुमा | हुन सक्छ हामी एकमात्र समुह हौँ, हामी कृष्ण भावनाको यस विज्ञान प्रचार गर्ने प्रयास गर्दैछौं | तर आफ्नो स्थिति बुझ्न यो पूर्ण विज्ञान हो |