NE/Prabhupada 0983 - भौतिकवादी मानिसहरुले आफ्ना इन्द्रियहरु नियन्त्रण गर्न सक्दैनन्



720905 - Lecture SB 01.02.06 - New Vrindaban, USA

तेषां सतत​-युक्तानां भजतां प्रीति-पूर्वकम्, बुद्धि-योगं ददामि तम् (भ गी १०|१०) | कृष्णले भन्नुहुन्छ कि "म उसलाई बुद्धि दिन्छु |" कसलाई ? सतत​-युक्तानां, जो चौबीसै घण्टा संग्लग्न हुन्छन् | ऊ कस्तो प्रकारले संगलग्न हुन्छ ? भजतां, भजन, जो भक्तिमय सेवामा संग्लग्न हुन्छन् | कस्तो प्रकारको भक्तिमय सेवा ? प्रीति-पूर्वकम्, प्रेम र स्नेहसहित | जो भगवानको भक्तिमय सेवामा प्रेम र भक्तिका साथ संग्लग्न हुन्छ | प्रेमको लक्षण के हो ? प्रेमको प्रमुख र सबभन्दा महत्वपूर्ण अक्षां भनेको भक्तले भगवानको नाम, यश इत्यादी सर्वत्र प्रचार भएको देख्न चाहन्छ | उसले देख्न चाहन्छ कि "मेरो प्रभुको नाम सर्वत्र थाहा हुनुपर्छ |" यो प्रेम हो | यदि म कसैलाई प्रेम गर्छु भने म उसको यश संसारभरि फैलिएको देख्न चाहन्छु | र कृष्णले पनि भगवद गीतामा भन्नुहुन्छ, न च तस्मात् मनुष्येषु कश्चित् मे प्रिय​-कृत्तमः, जसले उहाँको यशको प्रचार गर्दैछ, भगवानको लागि उक्त व्यक्तिभन्दा प्रिय अरु कोहि हुँदैन | सबै कुरा भगवद गीतामा छ, तिमीले कसरी प्रेम गर्न सक्छौ, प्रेमको लक्षण के हो, तिमीले भगवानलाई कसरी खुसी पर्न सक्छौ, कसरी उहाँ तिमीसँग बोल्नुपर्छ, त्यहाँ सबै कुरा छ | तर तिमीले यसको फाइदा लिनुपर्छ | हामीले भगवद गीता पढ्छौं तर भगवद गीता पढेर म नेता बन्छु | त्यो कस्तो प्रकारको अध्ययन हो ? अवश्य पनि नेता चाहिन्छ, तर भगवद गीता पढ्ने वास्तविक प्रयोजन कृष्णलाई जानु हो | यदि कसैले कृष्णलाई बुझ्छ भने उसलाई सबै कुरा थाहा हुन्छ | उसलाई राजनीति थाहा हुन्छ, उसलाई अर्थशास्त्र थाहा हुन्छ, उसलाई विज्ञान थाहा हुन्छ, उसलाई दर्शन थाहा हुन्छ, उसलाई धर्म थाहा हुन्छ, उसलाई समाजशास्त्र थाहा हुन्छ, सबै | तस्मिन् विज्ञाते सर्वम् एतं विज्ञातं भवन्ति, त्यो वैदिक उपदेश हो | यदि तिमीले केवल भगवान कृष्णलाई बुझ्छौ भने तिम्रो सामु सबै कुरा प्रकट हुन्छ किनकि कृष्णले भन्नुहुन्छ, बुद्धि-योगं ददामि तम् | यदि कृष्णले तिमीलाई भित्रबाट बुद्धि दिनुहुन्छ भने उहाँलाई कसले जित्न सक्छ ? कसैले उहाँलाई जित्न सक्दैन | तर तिमी कृष्णको भक्त वा कृष्णको प्रेमी बन्छौ भने कृष्णले तिमीलाई बुद्धि दिनुहुन्छ | तेषां सतत​-युक्तानां भजतां प्रीति-पूर्वकम्, बुद्धि-योगं ददामि तम् (भ गी १०|१०) | र त्यो बुद्धि-योग के हो, बुद्धि-योगको के महत्व छ ? बुद्धि-योग वा भक्ति-योगको मूल्य भनेको येन माम् उपयान्ति ते | त्यस्तो बुद्धि योग, त्यस्तो बुद्धिले उसलाई घर फर्कन, भगवद धाम फर्कन मदत गर्छ | यो होइन कि त्यस्तो बुद्धिले उसलाई नर्कतर्फ लान्छ | त्यो भौतिक बुद्धि हो | अदान्त​-गोभिर् विशतां तमिस्रम् (श्री भा ७|५|३०) | सबै कुराको छलफल भागवतममा दिइएको छ | भौतिकवादी मानिसको लागि अदान्त-गोभि | अदान्त भनेको अविचैत, अनियन्त्रित | गो भनेको इन्द्रिय | भौतिकवादी मानिसहरुले आफ्ना इन्द्रियहरु नियन्त्रण गर्न सक्दैनन् | तिनीहरु इन्द्रियहरुको दास हुन्छन्, गोदास | गो भनेको इन्द्रिय र दास भनेको सेवक | जब तिमी इन्द्रियलाई नियन्त्रण गर्ने स्तरमा आउँछौ भने तिमी गोस्वामी हुनेछौ | ती गोस्वामी हुन् | गोस्वामी भनेको जसले इन्द्रियहरुलाई पूर्णतः नियन्त्रण गरेका छन् | स्वामी वा गोस्वामी | स्वामी र गोस्वामीको अर्थ उही हो | साधारणतयाअदान्त​-गोभिर् विशतां तमिश्रम् | अनियन्त्रित इन्द्रियहरु चल्दैछन् | यो होइन कि कृष्णले गर्नुभएको हो | हरेको मानिसले आफ्नो मार्ग खुला बनाउँदैछ, कि घरतर्फ, भगवानतर्फ वा नर्कको अन्धकारमा | दुई मार्ग छन् र त्यसको मौका मानव जीवनमा पाइन्छ | तिमीले रोज्नसक्छौ | कृष्णले अर्जुनलाई सोध्नुभयो कि "तिम्रो भ्रम नष्ट भएको छ कि छैन |"