NE/Prabhupada 0987 - यो नसोच कि तिमी भागवत चेतनामा भोको हुनेछौ । तिमी कहिल्यै भोको हुनेछैनौ



720905 - Lecture SB 01.02.07 - New Vrindaban, USA


भगवानले ब्रह्माण्ड सिर्जना गर्नुभएको छ | भगवानले ब्रह्माण्डीय अभिव्यक्तिको सिर्जना गर्नुभएको छ, अनगन्ती ब्रह्माण्डहरुको, तर उहाँलाई यसमा कुनै चासो छैन | उहाँ इच्छुक हुनुहुन्छ; उहाँले सिर्जना गर्नुभएको छ | उहाँले हामीलाई यहाँ बस्ने सुविधा दिनुभएको छ तर उहाँ यसको आनन्द लिन यहाँ आउनुहुँदैन | उहाँसँग अझ राम्रो स्थान छ | वा उहाँ यी सब ऐश्वर्यको वास्ता गर्नुहुँदैन | त्यो भगवानको अर्को योग्यता हो | यी मानव जीवन वैज्ञानिक रुपमा पूर्ण ज्ञानसहित भगवानलाई बुझ्नको लागि हो | त्यसको विवरण श्रीमद भागवतममा दिइएको छ | तसर्थ हामी यस भागवत उपदेशको प्रचार गर्दैछौं | श्रीमद भागवतमको सुरुवातमा भगवानको प्रकृति के बताइएको छ ? त्यसको विवरण दिइएको छ, जन्माद्य् अस्य यतः अन्वयाद् इतरतश् च अर्थेषु अभिज्ञः स्वराट् (श्री भा १|१|१) | भगवान जानकार हुनुहुन्छ, उहाँलाई सबै कुरा थाहा छ | उहाँ संवेदनशील हुनुहुन्छ | एउटा मृत ढुङ्गा होइन | यदि भगवान संवेदनशील हुनुहुँदैन, यदि भगवान व्यक्ति हुनुहुँदैन भने कसरी उहाँबाट यति धेरै शक्तिशाली व्यक्ति, संवेदनशील जीवहरु आउँदैछन् ? यदि पिता बुद्धिमान छैनन् भने कसरी छोरा-छोरी बिद्धिमान हुन सक्छन् ? एउटा कुकुरले बुद्धिमान मानिसलाई जन्माउन सक्दैन, एउटा बुद्धिमान मानिसले बुद्धिमान बच्चाहरुलाई जन्माउँछ | यो हाम्रो व्यवहारिक अनुभव हो | तसर्थ भगवानको विवरण, ऐश्वर्यस्य समग्रस्य वीर्यस्य यशसः श्रियः | हामीले भगवानई बुझ्ने प्रयास गर्नुहुन्छ | यदि तिमीले त्यस्ता व्यक्ति भेटाउँछौ जो सबै कुरामा वरिष्ठ हुनुहुन्छ, धनमा, बलमा, सुन्दरतामा, यशमा, ज्ञानमा र वैराग्यमा वरिष्ठ हुनुहुन्छ भने उहाँ भगवान हुनुहुन्छ | कुनै चौथो-श्रेणीको भगवानलाई नसमाऊ | यदि तिमी बुद्धिमान छौ भने भगवानको अर्थ बुझ्ने प्रयास गर..... बुझ्ने प्रयास गर | श्रीमद भागवतममा भनिएको छ कि यो प्रथम-श्रेणीको धर्म हो | त्यो के हो ? जसले अनुयायीहरुलाई भगवानलाई प्रेम गर्ने अवसर प्रदान गर्छ | हामीले किन नगर्ने ? यदि भगवान महान हुनुहुन्छ, यदि हाम्रो पिता महान हुनुहुन्छ भने हामीले प्रेम किन नगर्ने ? हामी यहाँ कसैको चाप्लुसी गर्छौं...... हामी केहि लाख डलर हुने मानिसको चाप्लुसी गर्छौं, र जो सबभन्दा धनी हुनुहुन्छ, हामी उहाँलाई प्रेम किन नगर्ने ? किन ? के कारण छ | र वास्तवमा उहाँले सबै कुरा प्रदान गर्दै हुनुहुन्छ, एको बहूनां विदधाति कामान् | उहाँले सम्पूर्ण जीवहरुको आवश्यकता पुरा गर्नुहुन्छ, कमिलादेखि हात्तीसम्म | त्यसो भए हामीलाई किन हुँदैन ? हामीले आफ्नो सम्पूर्ण जीवन भगवानको सेवाको निमित्त समर्पित गरेका छौं, त्यसैले यदि भगवानले कमिलालाई खानेकुरा दिनुहुन्छ भने हामीलाई किन दिनुहुँदैन ? यो नसोच कि तिमी भागवत चेतनामा भोको हुनेछौ | तिमी कहिल्यै भोको हुनेछैनौ | तिमी आफ्नो दायित्व पुरा गर, भगवानलाई प्रेम गर र भागवत प्रेम प्रचार गर | तिमी सधैं ऐश्वर्यवान हुनेछौ, पक्का होऊ | यदि तिमी एउटा साधारण मानिसको लागि कार्य गर्छौ भने उसले तिमीलाई धेरै राम्रो तलब दिन्छ | र हामी भगवानको लागि कार्य गर्दैछौं भने हामीले कुनै तलब प्राप्त गर्दैनौं ? यो कसरी हुन्छ ? (हाँसो) हामीले पाउनुपर्छ | यदि तिमी वास्तवमा भगवानको प्रेमी हौ, भगवानको सेवक बने भने आफ्नो आर्थिक स्थितिको बारेमा नसोच | यो समर्थित हुनेछ | भगवद-गीतामा भनिएको छ, योग​-क्षेमं वहाम्य् अहम् (भ गी ९|२२) | उहाँले व्यक्तिगत रुपमा सम्पूर्ण आवश्यकताहरु पुरा गर्नुहुन्छ | एउटा पिता जस्तै | माता-पितामा पूर्णतः निर्भर एउटा सानो बच्चाको सुविधाको ख्याल माता-पिताले नै राख्छन् | बच्चाले बोल्न नसक्ने कारण माता-पितालाई केहि माग्दैन | ऊ केवल भगवनमा एवं माता-पितामा निर्भर हुन्छ | यदि तिमी केवल भगवानमा निर्भर हुन्छौ भने तिम्रो आर्थिक समस्याको कुनै प्रश्न उठ्दैन | पक्का होऊ | यो व्यवहारिक बुद्धि हो | वर्तमान समयमा भगवानका भक्तहरुको कमी छ | मानिसले भगवानलाई अस्विकार गरेका छन् | कोहि भन्दैछ "भगवान मृत हुनुहुन्छ |" कसैले एउटा धुर्तलाई भगवानको रुपमा स्वीकार्दैछ | कसैले आफुलाई भगवान घोषणा गर्दैछ | होइन, वैज्ञानिक रुपमा भगवान बुझ्ने प्रयास गर र भक्त बन, भगवानको प्रेमी बन र तिम्रो जीवन सफल हुनेछ | त्यो कृष्ण भावनामृत अभियान हो | यो होइन कि "मेरो भगवान," "तिम्रो भगवान," "यो धर्म," "त्यो धर्म |" भगवान एक हुनुहुन्छ र धर्म पनि एक छ | त्यो धर्म के हो ? भागवत प्रेम | त्यति हो | कुनै दोस्रो धर्म छैन | यो नै धर्म हो | तसर्थ भगवान आएर भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६) | यो धर्म हो |