NE/Prabhupada 0990 - प्रेमको मतलब 'म आफुलाई प्रेम गर्छु' भनेर प्रेममा ध्यान गर्ने होइन



740724 - Lecture SB 01.02.20 - New York

भगवद-भक्ति-योग | यो एक प्रकारको वास्तविक योग हो | सर्वोच्च योग विधि भनेको भगवद-भक्ति र भगवद-भक्ति-योग भनेको आदौ गुर्व्-आश्रयःबाट सुरु हुन्छ | सर्वप्रथम गुरुप्रति शरणागति | तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया (भ गी ४|३४) | आधिकारिक दीक्षाको कुनै अर्थ हुँदैन | जबसम्म कोहि गुरुप्रति पूर्णतः शरणागत हुँदैन, तबसम्म दीक्षाको कुनै प्रश्न हुँदैन | दिव्य ज्ञान हृदे प्रोकाशितो | गुरुसँग चलाखी कसरी गर्ने, कसरी कुटनीतिक र षड्यन्त्रकारी हुने, यस्तो धुर्तताले भगवद-भक्ति-योगमा मदत गर्नेछैन | तपाईले अरु केहि प्राप्त गर्न सक्नुहुन्छ, केहि भौतिक लाभ तर आध्यात्मिक जीवन नाश हुनेछ | यो कृष्ण भावनामृत अभियान भनेको आध्यात्मिक प्रबुद्धताको लागि हो, पैसा कमाउनको लागि होइन | यो कृष्ण भावना होइन | चैतन्य महाप्रभुले सिकाउनुहुन्छ, न धनं न जनं न सुन्दरीं कवितां वा जगद्-ईश कामये (चै च अन्त्य २०|२९) | न धनं | भौतिकवादीहरु के चाहन्छन् ? तिनीहरु धन चाहन्छन् | तिनीहरु धेरै अनुयायी चाहन्छन् र धेरै मानिसहरु आफ्नो अधीनस्थ वा सुन्दर पत्नी चाहन्छन् | यो भौतिकवाद हो | तर चैतन्य महाप्रभुले नकार्नुहुन्छ | न धनं | "हुँदैन, हुँदैन | मलाई धन चाहिंदैन |" यो शिक्षा हो | न धनं न जनं: "म कसैमाथि शासन गर्न चाहन्न |" न.....न धनं न जनं न सुन्दरीं कवितां; सुन्दर पत्नीको साहित्यिक कल्पना | "यी कुराहरु म चाहन्न |" के हो ? तब, भगवद-भक्ति-योग, मम जन्मनि जन्मनीश्वरे भवताद् भक्तिर् अहैतुकी त्वयि (चै च अन्त्य २०|२९) भगवद-भक्तले मुक्तिको इच्छा पनि गर्दैनन् | किन कृष्ण, चैतन्य महाप्रभुले जन्मनि जन्मनि, "जन्म-जन्मान्तर" भन्दैहुनुहुन्छ ? जो मुक्त हुन्छ, उसलाई यो भौतिक जगतमा पुनः जन्मिने इच्छा हुँदैन | जो निराकारवादी हुन्छन्, तिनीहरु कृष्णको शारीरिक तेज, ब्रह्मज्योतिमा विलिन हुन्छन् र जो भक्त छन्, उनीहरु वैकुण्ठ वा गोलोक वृन्दावनमा प्रवेश गर्ने अनुमति प्राप्त गर्छन् | (सँगै:) आवाज ननिकाल | यदि हामी प्रसन्न मन चाहन्छौं, सधैं आनन्द चाहन्छौं- त्यो आध्यात्मिक जीवन हो | यो होइन कि सधैं उदास भएर केहि योजना बनाउने | त्यो आध्यात्मिक जीवन होइन | तपाईले कुनै पनि भौतिकवादी मानिसलाई आनन्दित पाउनुहुन्न | ऊ उदास हुन्छ र चुरोट र रक्सि पिउँदै सोच्छ, ठुलो, ठुलो योजना बनाउँछ | त्यो भौतिकवाद हो | र भगवद-भक्ति-योगतः, प्रसन्न मनसो | भगवद गीतामा, ब्रह्म​-भूतः प्रसन्नात्मा न शोचति न काङ्क्षति (भ गी १८|५४) | प्रसन्नात्मा | यो आध्यात्मिक जीवन हो | जब तपाई वास्तवमा आध्यात्मिक जीवनमा अवस्थित हुनुहुन्छ, तपाई निराकार सिद्धान्तमा हुनुहोस् वा साकार सिद्धान्तमा हुनुहोस्, दुवै अध्यात्मवादी हुन्; एकमात्र भिन्नता भनेको निराकारवादी सोच्छन् कि "म आत्मा हुँ; भगवान आत्मा हुनुहुन्छ | तसर्थ हामी एक हौँ | हामी विलिन हुन्छौं |" सायुज्य-मुक्ति | कृष्णले तिनीहरुलाई सायुज्य-मुक्ति प्रदान गर्नुहुन्छ | तर त्यो त्यति सुरक्षित हुँदैन किनकि आनन्दमयो ऽभ्यासात् (वेदान्त​-सूत्र १|१|१२) | वास्तविक आनन्द आफैं अनुभूति गर्न सकिंदैन | दुई हुनुपर्छ | प्रेमको मतलब 'म आफुलाई प्रेम गर्छु' भनेर प्रेममा ध्यान गर्ने होइन | होइन | अर्को व्यक्ति वा प्रेमी हुनुपर्छ | तसर्थ द्वैतवाद | जब तपाई भक्तिमा आउनुहुन्छ, द्वैतवाद हुनुपर्छ: दुई- कृष्ण र कृष्णको भक्त | र कृष्ण र कृष्णको दासको बीच हुने आदानप्रदानलाई भक्ति भनिन्छ | त्यस व्यवहारलाई भक्ति भनिन्छ | तसर्थ भनिएको छ, भगवद-भक्ति-योगतः | अद्वैतवाद होइन | भक्त सधैं हुन्छ...... भक्तले कृष्णलाई प्रसन्न बनाउन प्रयासरत हुन्छ |