NE/Prabhupada 1002 - यदि म भगवानलाई केहि लाभको लागि प्रेम गर्छु भने त्यो व्यापार हो; त्यो प्रेम होइन



750713 - Conversation B - Philadelphia

स्याण्डी निक्सन :कसरी थाहा पाउनसक्छ कि कोहि आधिकारिक अध्यात्मिक गुरु हो भनेर,अनि कसरी उहाँले अघि बढाउनु हुन्छ ?

प्रभुपाद : कोसले यी कुराहरु सिकाउँछन्- कसरी भगवान बुझ्ने र कसरी उहाँलाई प्रेम गर्ने - उहाँ अध्यात्मिक गुरु हुनुहुन्छ | नत्र जाली, धुर्त जाली | कही तिनीहरु भन्छन् "म भगवान हुँ |" गरिब मान्छेहरु, तिनीहरुलाई थाहा छैन कि भगवान को हुनुहुन्छ भनेर र धुर्त व्यक्तिहरु भन्छन्,"म भगवान हुँ,"र त्यो तिनीहरु मान्छन् | जस्तै तिमीहरुको देशमा तिनीहरुले निक्सन प्रधानमन्त्रीलाइ जिताए र फेरी हराए | त्यो भनेको तिनीहरुलाई थाहा भएन कि को अधिकारी प्रधानमन्त्री हो भनेर, कोहीलाई जिताउ र फेरी तिनीहरुको काम भनेको खसाल्ने हो | त्यसैगरी, मानिसहरु मुर्ख हुन्छन् | कोहि धुर्त आउँछन् र भन्छन्, "म भगवान हुँ," तिनीहरु त्यो स्विकार्छन् | र फेरी तिनीहरुले त्यो स्विकार्छन् | त्यो चल्दै जान्छ | हामी गम्भीर भएर बुझ्नुपर्छ कि भगवान को हुनुहुन्छ भनेर र कसरि उहाँलाई प्रेम गर्ने भनेर | त्यो धर्म हो | नत्र, त्यो समयको नाशमात्र हो | त्यो हामीले सिकाईरहेछौँ | त्यो हामी र अरुमा भएको भिन्नता हो | हामी कृष्ण प्रस्तुत गर्दैछौँ, परम पुरुषोत्तम भगवान, यो विज्ञान, कसरि उहाँलाई जान्ने भनेर | त्यहाँ भागवत गीता छ, भागवत छ | जाली होइन | आधिकारिक | त्यसैले यो मात्रै एक संस्था हो जहाँ भगवान को हुनुहुन्छ र उहाँलाई कसरी प्रेम गर्ने भनेर सिकाईन्छ | दुई कार्य | त्यहाँ अर्को कार्य छैन | यो हाम्रो कार्य होइनकी भगवानसँग हामी हामीलाई चाहिने सामग्री माग्ने | हामीलाई थाहा छ कि भगवानले सबैलाई चाहिनेजति आवश्यकता पुरा गरिदिनुहुन्छ, जो केहि धर्मसँग आवद्द छैन तिनीहरुलाई पनि | कुकुर र बिरालो जस्तै, तिनीहरुको धर्म छैन | तिनीहरुलाई थाहा छैन कि धर्म भनेको के हो ? तर पनि, कुकुर र बिरालोहरुलाई चाहिने आवश्यकता पुरा भएकै छ | त्यसैले हामी किन कृष्णलाई, "हामीलाई दैनिक रोटि देउ " उहाँले दिईसक्नु भयो | हाम्रो कार्य भनेको उहाँलाई प्रेम गर्नु हो | त्यो धर्म हो | ढर्मः प्रोज्झित​-क्ऐतवः अत्र परमो निर्मत्सराणां सतां वास्तवं वस्तु वेद्यम् अत्र (श्री भा १|१|२)| स भइ पुंसां परो धर्मः यतो भक्तिर् अधोक्षजे (श्री भा १|२|६): "त्यो पहिलो श्रेणीको धर्म हो,जुनले हामीलाई भगवानलाई कसरी प्रेम गर्ने भनेर सिकाउँछ |" र त्यो प्रेम - भौतिक आशाक्तिको लागि होइन | "भगवान तपाइँ मलाई यो दिनुस् | अनि म तपाईंलाई प्रेम गर्छु |" होइन | अहैतुकी | प्रेम भनेको कुनै व्यक्तिगत स्वार्थ विना | यदि मैले भगवानलाई केहि पाउनको लागि प्रेम गरे भने, त्यो व्यापार हो ; त्यो प्रेम होइन | अहैतुकी अप्रतिहता | र त्यस्तो भगवानको प्रेम कुनै भौतिक कारणले छेक्न सक्दैन | जुनैपनी अवस्थामा, हामीले बुझ्न सक्छौँ, कसरी हामीले भगवानलाई प्रेम गर्ने भनेर | त्यो अधिनमा छ, त्यो "म गरिब हुँ | कसरी म भगवानलाई प्रेम गरौँ ?" मैले धेरै कुरा गर्न बाँकी छैन |" होइन, यो त्यस्तो होइन | गरिब, धनि अथवा युवा अथवा बुढा, कालो अथवा सेतो, त्यहाँ कुनै रोकावट छैन | यदि कोहीलाई भगवानलाई प्रेम गर्न मन छ भने, ऊ प्रेम गर्न सक्छ |