NE/Prabhupada 1004 - कुकुर र बिरालोजस्तै मेहेनत गर्ने अनि मर्ने । त्यो बुद्धिमानी होइन



750713 - Conversation B - Philadelphia

स्याण्डी निक्सन : कृष्ण चेतना प्राप्त गर्नको लागि तरिकाहरु के के हुन् ? कसरी हामीले त्यो अपनाउन सकिन्छ ...

प्रभुपाद : हो, कृष्ण चेतनाले तिमीले जीवनको लक्ष्य प्राप्त गर्न सक्छौ | अहिलेको सन्दर्भमा हामीले एउटा शरीर मात्र स्वीकार गर्छौं, र हामी केहि दिनमा मार्दै छौँ, र अर्को शरीर पाउँछौ | र त्यो शरीर हाम्रो क्रिया अनुसार प्राप्त हुन्छ | त्यहाँ ८४००,००० प्रजातिका छुट्टै शरीर छन् | तिमीले कुनै पनि प्राप्त गर्न सक्छौ | तिमीले एउटा शरीर प्राप्त गर्ने पर्छ | त्यो आत्माको स्थानानतरण हो | त्यसैले कोहि "म नित्य हुँ भन्ने चेतनामा छ | म किन शरीर परिवर्तन गर्दै छु ? कसरी यो समाधान गर्ने ?" त्यो बुद्धि हो | र कुकुर र बिरालो जस्तो गरेर नमर | त्यो बुद्धि होइन | जोसले यसको समाधान निकाल्छ, त्यो बुद्धिमान हो | त्यसैले यो कृष्णभवनको अभियान सबै समस्याको पूर्ण समाधन हो |

स्याण्डी निक्सन : कृष्णचेतनाको मार्गमा के स्थान्तरण हुन्छ ?

प्रभुपाद : स्थानतरण होइन | त्यो चेतना यहाँ छ | यो अहिले दुषित भएको छ | तिमीले यो सफा गर्नुपर्छ, र यो कृष्ण चेतना हो ... जस्तै पानि | पानी पनि, प्राकृतिक रुपले, सफा र स्वच्छ हुन्छ | तर जब त्यो फोहोर बस्तुसँग मिसिन्छ, त्यो हिलो हुन्छ ; तिमी त्यो राम्रोसँग देख्न सक्दैनौ | तर यदि तिमीले त्यो शुद्द गर्यौ भने, सबै हिलो, सबै फोहोर चिज, हटेर वास्तविक स्तरमा आउँछ -सफा, छर्लङग पानी |

स्याण्डी निक्सन : के कोहि यो समाजमा कृष्ण चेतनाले गर्दा राम्रो व्योहार देखाउन सक्छ ?

प्रभुपाद : हँ ?

गुरुदास : कृष्ण चेतना भैसकेपछि कोहिले समाजमा राम्रो व्याहार देखाउन सक्छ |

प्रभुपाद : अर्थ के हो ? रविन्द्र-स्वरुप : ऊ उत्तम नागरिक हो ?

स्याण्डी निक्सन : र के ऊ सामाजिक र संस्कृतिक रुपले समाजमा काम गरेर बस्न सक्छ ?

प्रभुपाद : त्यो तिमीले व्यावहारिक रुपमा देख्न सक्छौ | तिनीहरु जाँड खादैनन्, मासु खाँदैनन् | शारीरिक दृस्टीले हेर्दा पनि, तिनीहरु धेरै सफा छन् | तिनीहरुलाई कहिले पनि रोगले सताउँदैन | अनि तिनीहरु मासु खाँदैनन्, भनेको त्यो धेरै पापकर्म हो, जिब्रोको स्वादको लागि अरुको हत्या गर्ने | भगवानले मनाव समाजलाई खानको धेरै कुरा दिनुभएको छ : मिठो फलफुल,राम्रो फुल, रामो अन्न, मिठो दुध| र दुधबाट तिमले सयौँ पोषिलो खानेकुरा बनाउन सक्छौ | तर तिनिहरुलाई त्यसको तरिका थाहा छैन | तिनीहरु ठुलो ठुलो बधशाला खोलेर मासु खान्छन् | केहि भेद छैन | त्यो भनेको तिनीहरु सभ्य छैनन् | जब मानिस सभ्य हुदैन, ऊ जनावर मारेर खान्छ, किनकि उसलाई कसरी अन्न उब्जाउ गर्ने भन्ने कुरा थाहा हुँदैन | जस्तै हामीसँग नयाँ वृन्दावनमा जग्गा छ | त्यसैले हामीले दुधबाट पहिलो श्रेणीको परिकार बनाउँदै छौँ, र छिमेकीहरु आउँछन्, तिनीहरु दुधबाट यस्तो परिकार बन्छ भनेर चकित छन् , सयौँ | त्यो भनेको तिनीहरु सभ्या छैन, कि कसरी दुधबाट पोषिलो खानेकुरा बनाउने भनेर | दुध ... हामीलाई थाहा छ कि गाईको मासु र रगत पोषिलो हुन्छ भनेर ... त्यो हामीपनि मान्छौ, तर एउटा सभ्य व्यक्तिले त्यो रगत र मासु अर्कै तरिकाले सदुपयोग गर्छ | दुध केहि नभएर रगत हो | तर त्यो रगतमा परिणत भएको हो | र फेरी, दुधबाट हामीले धेरै कुरा बनाउन सक्छौँ | तिमी मखन, दहि, घिउ धेरै चिज बनाउ | र यी दुधबाट बनेको परिकार अन्नसँग, फलफुलसँग मिसाएर सयौँ परिकार बनाउन सक्छौँ | त्यसैले यो सभ्य जीवन हो, त्यो होइनकी ठाडै जनवार मारेर खाने | त्यो असभ्य जीवन हो | तिमी, - गाईको मासु र रगत धेरै पोषिलो हुन्छ - यो सभ्य तरिकाले लिन्छौ | किन तिमीलाई हत्या गर्नु पर्छ ? त्यो निमुखा जनवार | त्यो मात्रै भगवानले दिएको घाँस खाएर दुध दिँदै छ | र दुधबाट तिमी बाँच्न सक्छौ | र ठुलो कुरा भनेको उसको गर्धन काट्ने ? के त्यो सभ्यता हो ? तिमी के भन्छौ ?

जयतिर्थ : के त्यो सभ्यता हो ?

स्याण्डी निक्सन: होइन, म तपाईंसँग सय प्रतिशत सहमत छु | म तपाईंद्वरा यी कुराहरु भन्न चाहन्छु | म तपाइलाई प्रश्नहरु गर्न चाहन्छु कि, म केहि वर्णन गर्न चाहँदिन, मात्रै छोटो प्रश्नहरु ...

प्रभुपाद : त्यसैले यी कुराहरु असभ्य हुन् र कसरी तिनीहरुले भगवान चिन्छन् ? त्यो सम्भव छैन |

स्याण्डी निक्सन : म यी प्रश्नहरु अरुलाई सोध्दै छु, निस्चयनै, जोसलाई कृष्ण चेतनाको बारेमा थाहा छैन |

प्रभुपाद : भगवान बुझ्नलाई हामी पहिलो श्रेणीको सभ्य मानिस हुनुपर्छ | जस्तै कि विश्वविध्यालय भनेको पहिलो श्रेणीको विद्ध्यार्थिको लागि हो, त्यसैगरि, भागवान चेतना भनेको पहिलो श्रेणीको व्यक्तिको लागि हो ..