NE/Prabhupada 1017 - ब्रह्मा मूल सृष्टिकर्ता होइनन् । मूल सृष्टिकर्ता कृष्ण हुनुहुन्छ



720200 - Lecture SB 01.01.01 - Los Angeles


जस्तै हामीले गुरुलाई ज्ञान दिनलाई अनिरोध गर्छौ | ब्रह्म भन्दा पहिले आँखाले देख्ने प्राणी देखिदैन थियो | तर कसरी उहाँले ज्ञान प्राप्त गर्नुभयो? त्यसको उत्तर भनेको:तेने ब्रह्म हृदा य आदि-कवये" ऽआदि-कवयेऽ | पहिलो निर्मित जीव, ब्रह्म जसको हृतायामा ज्ञान प्रकासित गरियो | त्यो भनेको कृष्ण, वासुदेव अथवा सर्वश्रेठ भगवान, सबैको हृदयमा बास गर्नु हुन्छ | उहाँ ब्रह्माको हृदयमा पनि हुनुहुन्छ | उहाँ तपाइको हृदयमा पनि, मेरो हृदयमा पनि रहनु हुन्छ | र हृदा भन्ने शब्दको प्रयोग गरिन्छ | हृदा भनेको हृदय हो | उहाँ ले जसको हृदयमा पनि ज्ञान प्रकासित गर्न सक्नुहुन्छ | तर हामी किन उहाँको बारेमा त्यति सतर्क रहदैनौ | सैद्धांतिक रूपले हामीलाई थाहा छ तर ब्यवहाँरिक दृष्‍टिले हाम्रो बदद्द अवस्थामा हामीले थाहा पाउन सक्दैनौ कि उहाँले कसरी नियन्त्रण गर्दै हुनुहुन्छ भनेर | तर उहाँ नियन्त्रण गर्दै हुनुहुन्छ | यो तथ्य हो | ब्रह्म सामान्य जीव हुनहुन्न, त्यसकारण उहाँले भगवानबाट निर्देशन हृदयमा लिन सक्नु हुन्छ | हामीले ब्रह्माले जस्तै लिन सक्छौ, जब हाम्रो स्थिति उहाँको जस्तो हुन्छ | ब्रह्मा भगवानको सेवा गर्न प्रकट हुनुभएको हो | भगवानको इच्छा पूर्ण गर्न | जसतै हामीले एउटा सिकर्मी भेटछौँ, र मन्त्रिमण्डल बनाऊनुस भनेर भन्छौँ | मैले उसलाई त्यसको लागि चाहिने समान, औजार अथवा तलब दिन्छौँ र उनले मन्त्रिमण्डल तयार बनाऊ छ | त्यसैगरी, भगवानले तत्व बनाउनु भयो र उत्पादकलाइ पनि, र ब्रह्माले ब्रह्माण्ड बनाए | तर उहाँ मूल निर्माता होइन | मुल निर्माता त कृष्ण हुनुहुन्छ | मुल मालिक कृष्ण हुनुहुन्छ किनभने उहाँले बनाउने तत्व सिर्जना गर्नुभयो | जब हामी प्रयोगात्मक ठाउँमा काम गर्छौ, हामीले तत्व सिर्जना गर्न सक्दैनौ | उदाहरणको रुपमा, हामीले आकाश चुम्ने घरभवन बनाऊछौ | तर तत्व, जस्तै माटो, ढुंगा, काठ, फलाम, जुन घरको तत्वहरु हुन्, हामी सिर्जना गर्न सक्दैनौ | त्यो भगवानले सिर्जना गर्नुभयो | हामीले त केवल परिणत गरेको मात्रै हौँ | हामीले माटो लिन्छौं, धर्तिबाट र पानीमा मिलाउछौँ | पानी भगवानले सिर्जना गर्नु भयो | धर्ति भगवानले सिर्जना गर्नु भयो | हामीले त्यसलाई मिसाएर त्यसको डल्लो बनाऊछौ जस्तै इट्टा र त्यसलाई आगोमा राख्छौ | आगो पनि भगवानले बनाउनुभएको हो | येसरी हामीले अध्धयन गर्छौँ, यो तत्व र समानहरु जुन हामीले प्रायोग गर्दैछौँ, त्यो हाम्रो सिर्जना होइन | त्यो भगवानको सिर्जना हो | हामी केवल तेस्लाई प्रयोग गर्छौँ | र किनभने हामीले केवल हामीले त्यको केवल प्रयोग मात्रै गर्छौ त्यसैले त्यो हाम्रो सम्पत्ति hइन | यो हाम्रो सोच मात्र हो | अनुमान गर्नु म काम गर्ने मान्छे हुँ, म केहि पुरानो कुरा समाली रहेको छु र केहि बनाउदै छु | यसको अर्थ यो होइन कि त्यो समान [आरोग गरेर केहि समान उत्पादन गरेपछि त्यो मेरो हुन्छ, होइन | त्यो कसरी हुन सक्छ? त्यसैले सिद्धान्त के हो भने सबै भगवान कृष्णको हो | म पनि उहाँकै हुँ र मैले जे पनि गर्छु जस्तै उत्पादन, त्यो पनि उहाँकै हो | त्यो सबै भगवानको हो भन्ने भाव हुन जरुरी छ | म भगवानको हो | मेरो बुद्धि भगवानको हो | त्यो जुन तत्व जसमा हामी काम गर्छौ त्यो पनि भगवानको हो | त्यसपछि म नै मालिक हो भन्ने भाव कताबाट आउँछ | यो माया हो | त्यसैले कृष्ण भाबनामृत अभियान हाम्रो चेतना फिर्ता पाउन मानव समाजको मूल उदेश्य हो, किनभने बिरालो र कुकुरले त्यस्तो चेतना निकाल्न सक्दैन | उनीहरुको दिमाग बोधो हुन्छ, उनीहरुले बुझ्न सक्दैनन्...