NE/Prabhupada 1020 - हृदय त प्रेमको लागि हो ,तर तिमी किन यस्तो निर्दयी छौ ?



730408 - Lecture SB 01.14.44 - New York


त्यसैले यी पाण्डवहरु ,तिनीहरु पनि कृष्णलाई माया गर्ने स्तरमा छन् | सबै जना एउटै सतहमा छन् ,तर यो कोणको मात्र भिन्नता हो| उही प्रेम| कोहि परिवारलाई प्रेम गर्छन,कोहि श्रीमतीलाई, कोहिचाहिँ समाजलाई वा मित्रतालाई प्रेम गर्छन| तिनीहरु विभाजित छन्| तर प्रेमको परम बिन्धुचाई जब तपाई कृष्णकहाँ आउनुहुन्छ, सबै पुम्सम परो धर्म (श्री भा १|२|६) |धर्म अर्थात् कर्तव्य|त्यो हो धर्म| अथवा विशेषता| धर्मको अर्थात् धार्मिक कट्टरताचाहिं हैन|हैन| त्यो संस्कृत अर्थचाहिं हैन|धर्म भेनेको वास्तविक विशेषता हो| मैले धेरैपटक व्याख्या गरिसकेकि पानी तरल पदार्थ हो;त्यो पानीको शाश्वत विशेषता हो| जब पानी कडा हुन्छ,त्यो उसको शाश्वत विशेषताचाहिं हैन| पानी प्राकृतिक रुपमानै तरल पदार्थ हो| पानी कडा भयोभने ,त्यो बरफ बन्छ| त्यसको प्रवृत्तिचाहिं पुन तरल बन्नेनै हुन्छ |पुन |पुन तरल | त्येसैले हाम्रो वास्तविक अवस्था ,मौलिक अवस्था भनेको कृष्णलाई प्रेम गर्नु हो | तर हामी अहिलेचाहिं कृष्णलाई प्रेम नगर्ने निर्दयी बनेका छौँ| पानी बरफ बनेजस्तै कडा ,कुनै बिशेष परिश्थिथिका कारण . जब तापक्रम अति कम हुन्छ, तब पानी कडा हुन्छ| त्यसैगरिनै ,यदि हामीले कृष्णलाई प्रेम गरेनौ भने हाम्रो हृदय पनि कडा भन्दा कडा हुनेछ| हृदय प्रेम गर्नको लागि हो ,तर तिमी किन यस्तो निर्दयी? तिमी यति धेरै निर्दयी किन छौ कि तिमीले अरु जीवको हत्या गर्छौ - हामी त्यसको वास्ता गर्दैनौ -मेरो जिब्रोको सन्तुष्टिको लागि ? किनभने हामी निर्दयी बनेका छौ|निर्दयी| कृष्णको प्रेमी नबन्नुको कारण ,हामी सबै निर्दयी| त्यसैले सम्पूर्ण संसारनै दुखि छ| तर तिमी, हृदयन..... त्यसैले भनिएको छ, प्रेष्ठतमेनाथ हृदयेनात्म​-बन्धुना| यदि तिमीले कृष्णलाई प्रेम गरेउ भने, हाम्रो सच्चा मित्र को हुन्छ, कृष्णले भागवत गीतामा भन्नुभए आनुसार ,सुरिदम सर्व भुतानाम(भा गि ५|२९)| त्येसैले तिमी वास्तवमानै कृष्णको भक्त बन्छौ,किनभने कृष्णका गुणहरु तिमीमा छन्, कम मात्रामा भयतापानी, त्येसैले तिमी पनि सूहृदम सर्व भुतानाम| सुहृदम सर्व भुतानाम अर्थात् सबै जिवात्माको साथी| सुहृदम| वैष्णवको कार्य के हो? वैष्णव को कार्य भनेको भौतिक पिडामा रहेका व्यक्तिप्रति करुणामयी हुनु हो| यही नै वैष्णवता हो| त्यसैले वैष्णवको परिभाषा भनेको, वाञ्छा-कल्पतरुभ्यश् च कृपा-सिन्धुभ्य एव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः (श्री वैष्णव प्रणाम​)| पतितानां पावनेभ्यो|पतित अर्थात् "तुच्छ".