NE/Prabhupada 1022 - पहिलो कुरा भनेको हामीले प्रेम गर्न सिक्नुपर्छ । त्यो प्रथम श्रेणीको धर्म हो



730408 - Lecture SB 01.14.44 - New York

पहिलो कुरो भनेको हामीले कसरी प्रेम गर्न सिक्नु पर्छ | स भै पुंसां परो धर्मो (श्री भा १|२|६) | त्यो पहिलो श्रेणीको धर्म हो| धार्मिक सिद्धान्त तिमीले अपनायौ भने, यतो भक्तिर् अधोक्षजे | यदि तिमीले अधोक्षज​लाई कसरी प्रेम गर्ने भनेर जान्यौ भने ... र जब त्यहाँ प्रेम गर्ने भन्ने प्रश्न हुन्छ, अनि अर्को प्रश्न त्यो प्रेम कोसलई गर्ने भन्ने हुन्छ ?" त्यसैले, कृष्णको अर्को नाम अधोक्षज​ हो | अधोक्षज​ भनेको "हाम्रो इन्द्रियले गर्ने अनुभव भन्दा माथि |" यहाँ हामी हाम्रो इन्द्रियको स्तर भित्र रहेर केहि कुरालाई प्रेम गर्छौँ | म केटि अथवा केटा, अथवा कोहि, मेरो देश, मेरो समाज, मेरो कुकुर, सबै, इत्यादीलाई प्रेम गर्छु | तर त्यो हाम्रो इन्द्रियको अवधिभित्र सिमित छ | तर भगवान हाम्रो इन्द्रियको दृस्टी भन्दा पर हुनुहुन्छ | तर पनि तिमीले प्रेम गर्नुपर्छ, र त्यो धर्म हो | भगवान हाम्रो इन्द्रियको दृस्टी भन्दा पर हुनुहुन्छ, तर यदि तिमीले प्रेम गर्छौ, यदि उहाँ हाम्रो इन्द्रियको सोचाईभन्दा पर भएपनि, तिमीले भगवान सात्क्ष्यातकार सक्छौ | सेवोन्मुखे हि जिह्वाद्औ स्वयम् एव स्फुरत् अदः (ब्र संहिता १|२|२३४)| जस्तै हामी यहाँ राधा कृष्णको पुजा गर्दै छौँ | जो कृष्णको प्रेमी छैनन्, तिनीहरु यो सोच्छन् कि "यी मुर्ख व्यक्तिहरु, तिनीहरुले एउटा मार्बलले बनेको पुतली ल्याएका छन् " र तिनीहरु मात्र समयको वर्वाद गरिरहेका छन् | " हेर त ? किनकि उसँग प्रेम छैन | उसँग प्रेम छैन ; त्यसैले उसले कृष्णलाई गरिने प्रेम प्रसंशा गर्दैन, र जो कृष्णको प्रेमी छ, जस्तै चैतन्य महाप्रभु, जब उहाँ जग्गनाथ मन्दिरभित्र छिर्नुभयो : "यहाँ हुनुहुन्छ मेरो परमेश्वर, उहाँ तुरुन्तै बेहोस हुनुभयो | त्यसैले फरक के छ .... त्यो फरक हो ; एउटा भगवान प्रेमीले, सबैतिर भगवान उपस्थित भएको देख्छ | प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन सन्तः सद्ऐव हृदयेषु विलोकयन्ति (ब्र सं ५|३८)| यदि तिमी साच्चैनै भगवानको प्रेमी हौ भने, तिमीले हरेक पहिलामा भगवानलाई देख्छौ | हरेक पहिला | प्रह्लाद महाराज जस्तै | प्रह्लाद महाराज, जब उहाँलाई उहाँको पिताले आक्रमण गरे, उहाँ खम्बा हेर्दै थिए, र उहाँको पिताले सोच्नुभयो कि भगवान त्यो खम्बामा हुनुहुन्छ भनेर , त्यसैले उसले तुरुन्तै, "तेरो भगवान यो खम्बामा छ भन्यो ?" हो, मेरो पिताजी |" "ओहो |"तुरुन्तै त्यो फुट्यो | आफ्नो भक्तको शब्द राख्दिनलाई, भगवान बाहिर आउनुभयो | त्यसैले भगवानको प्रकट र अप्रकट भक्तहरुको लागि हो | परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् (भ गी ४|८) |