NE/Prabhupada 1028 - यी सबै नेताहरुले परिस्थिति बिगार्दैछन्



731129 - Lecture SB 01.15.01 - New York

प्रभुपाद: सबैजनाले गलत सोच्दैछन्, तर ऊ स्वतन्त्र छैन | तर ऊ गलत मंचमा निरभर छ | यो नै भौतिक सभ्यताको गल्ति हो | उनीहरुले कुनै ढलमल हुने मंचबाट सुरक्षा लिने सोच्दैछन्, यो भौतिक दुनिया | त हामीले कृष्णको आश्रय लिन जरुरी छ | कृष्ण हामी सबैमा धेरै मित्रतापूर्ण हुनुहुन्छ | त्यसैले उहाँ वैकुण्ठबाट यहाँसम्म केवल यो सुचित गर्न आउँनुहुन्छ, त्यो भगवाद-गीता हो | र यसलाई वृस्त्रिक रुपमा श्रीमद-भागवतममा वर्णन गरिएको छ | यो नै एकमात्र कुरा हो | त संकट, मानिसहरु धेरै संकटमा परेका हुन्छन् , समस्या | त्यो मैले विमानस्थलमा भनेको थिए | पत्रकारले मलाई सोध्यो" यो आउँदो संकटको समाधान के होला?" त्यस्तो समाधान कृष्ण चेतना हो, यो पहिले देखि नै छ, तर तिमीहरु दुस्टहरुले यसको अनुसरण गर्दैनौ | समाधान पहिले देखि नै छ | यदि यी अरबहरुले तेललाई कृष्णको सम्पत्ति भएर सोचे भने र अरु, ग्राहकहरु, उनीहरुले पनि कृष्णको सम्पत्ति सोचे भने, उनीहरुले त्यसमा सहमत पनि हुनुपर्छ | अमेरिकनहरुले पनि यो अमेरिका कृष्णको सम्पत्ति हो भनेर सहमत हुनुपर्छ | यदि तिमीले अरबको तेल कृष्णको सम्पत्ति हो भनेर सोच्छौ भने, हामीले त्यो बलपूर्वक लिनेछौ | तब किन अरबीहरुलाई मरुभूमिबाट अमेरिकामा बस्न दिनु ? तर उनीहरु मुर्ख छन्, उनीहरु आउँदैनन् , उनीहरुसँग संयुक्त राज्य छ | तर संयुक्त राष्ट्रसंग भनेको केवल गल्ति गर्ने मात्रै हुन्, गल्ति, गल्ति | त्यति हो | त्यो उनीहरुको व्यवसाय हो | किन तिमी संयुत हुन्छौ ? हो, यो अरबी तेल कृष्णको सम्पत्ति हो | त्यसरी नै आस्ट्रेलियन जमिन, अफ्रिकन जमिन, अमेरिकी जमिन, धेरै ठुलो जमिन छ, तर " हुदैन, तिमी यहाँ आउँन पाउँदैनौ एउ एउ |" उनीहरु भन्छन्, अध्यागमन विभाग | तिमी हेर | " एउ, एउ विभाग " त यो बेकार, यी दुस्टहरु, यी सबै राजनीतिज्ञहरु, उनीहरुले अवस्था बिगार्दै छन्, तर उनीहरु ठुला दुस्टहरु हुन्, उनीहरुले समाधान स्वीकार गर्दैनन् | कृष्ण चेतना अनुसरण गर, र सबैकुरा ठिक हुन्छ | त्यो तथ्य हो | मुढ, तर उनीहरु यति दुस्ट छन्, दुष्कृतिन​, र पापमय कार्यले भरिएका छन् | न मां दुष्कृतिन मूढा: प्रपद्यन्ते नराधमा:, र मनुष्यहरुमा सबै भन्दा निच | सधै याद राख हाम्रो प्रचारको कार्य भनेको यस्तै मानिसहरुसँग व्यवहार गर्नुपर्छ | दुष्कृतिन​ भनेको पापकार्यले भरिएका | मूढा, दुस्ट, नराधमा:, मनुष्यहरुमध्ये निच र माययापहृत​-ज्ञाना, र उनीहरु शिक्षामा धेरै प्रगति गरेको सोच्दै छन्, तर पहिलो श्रेणीको मुर्ख : मायाले उनीहरुको वास्तविक ज्ञान लिएकी छिन्, माययापहृत​-ज्ञाना | असुरि भावम आश्रिता: किन यी सबै कुराहरु ? किनकि उनीहरु नास्तिक छन्, एक मात्रै दोष भनेको नास्तिक हुनु हो | असुरि भावम आश्रिता: | किनकि उनीहरुले त्यो स्थान लिएका छन्, " त्यहाँ भगवान हुनुहुन्न |" यी ठुला ठुला विज्ञानिकहरु, उनीहरुले भगवान हुनुहुन्न भनेर सिद्ध गर्न खोज्दै छन्, " यो सृष्टि पदार्थबाट आएको हो जुन रसायनबाट बनेको छ, पानी रासायनिक मेलबाट बनेको हो, हाइड्रोजन, ऑक्सीजन | यी सबै..." मुर्ख सिद्धान्त हुन्, र यिनीहरुले नोबेल पुरस्कार पाएका छन् | उनीहरुले नोबल पुरस्कार पाएका छन् | यो स्थान छ | तसर्थ, यो श्लोकबाट, हामीले बुझ्नुपर्छ.... एवं कृष्ण​-सख​: कृष्णो भ्रात्रा राज्ञा विकल्पित:, नाना-शङ्का.....यी दुस्टहरु.... हाम्रो, उनीहरु भन्छन् हाम्रो दाजु, प्रगति, उनीहरुले सुझाव दिन्छन्, " यो नै यसको कारण हो," " यो नै कारण हो ," " यो नै कारण हो ," " यो नै कारण हो |" तर कृष्ण एक मात्रै कारण हुनुहुन्छ, कृष्णको विस्मृति, त्यो उनीहरुलाई थाहा छैन | एक मात्रै कारण | कृष्ण भुलिय जीव भोग वाञ्छा करे, पाशते माया तारे जापटिया...... यो नै कारण हो | त यो संप्रदायको प्रचार गर्ने कोशिश गर | तर यो हुदैन कि सबै जनाले यो स्वीकार गर्छन् , तर केवल केहि प्रतिशत, पुरै जनसंख्याको एक प्रतिशतले स्वीकार गरे पनि | जसरी आकाश जस्तै, त्यहाँ केवल एउटा चन्द्रमा हुन्छ र अरु लाखौ ताराहरु हुन्छन् | तिनीहरु व्यर्थ छन् | लाखौ ताराहरुको काम के छ ? तर एउटा चन्द्रमा, अह रात्रिको पूर्ण अन्धकार हटाउँन | त्यसरी नै, जसले कृष्ण चेतना स्वीकार गरेका छन्, तिमी, तिमीहरु हरेक जना चन्द्रमा बन र यो दुनियालाई प्रबुद्ध गराऊ | त यी तथा कथित चमक - कृमिहरु उनीहरुले तिमीलाई केहि गर्न सक्दैनन् | त्यो तथ्य हो | चमक - कृमिमात्रै नहोऊ | सुर्य र चन्द्रमा बन | तब तिमी.....मानिसहरु खुसि हुन्छन् , तिमी खुसि हुन्छौ |

धेरै धेरै धन्यवाद |

भक्तहरु : जय प्रभुपद !