NE/Prabhupada 1033 - येशु ख्रिस्ट भगवानका सर्वश्रेष्ठ पुत्र थिए, त्यसैले हामी उहाँलाई धेरै सम्मान गर्छौं



740628 - Lecture at St. Pascal's Franciscan Seminary - Melbourne


पाहुना(३) : कसरी श्राद्धयले येशु ख्रीष्टलाई देख्न सक्नुहुन्छ ? प्रभुपाद: ह ? मधुद्विष​ :येशु ख्रीष्टप्रति हाम्रो धारणा के छ ?

प्रभुपाद : येशु ख्रीष्ट, येशु ख्रीष्ट, उहाँ..... उहाँ भगवानका पुत्र हुनुहुन्छ, भगवानको सर्वोतम पुत्र, त हाम्रो उहाँलाई पूर्ण आदर छ | हो | जसले नि भगवानको चेतनाको बारेमा प्रचार गर्छन्, उनीहरु हाम्रा लागी आदरणीय हुन्छन् | यसले फरक पर्दैन कि उसले कुन देशमा, कुन वातावरणमा छ, उसले प्रचार गर्दै थियो | यसले फरक पर्दैन |

मधुद्विष​ : हो महाशय ?

पाहुना(४) : असीसी को सेन्ट फ्रान्सिसले हाम्रो ( अस्प्रस्ट ) सिद्धान्त ( अस्प्रस्ट), भगवानको भगवानको लागी सामान प्रयोग गर्ने, र सेन्ट फ्रान्सिसले पनि यसको बारेमा कुरा गर्नुहुन्थ्यो " भाई कुकुर" र " बहिनी बिरालो " र " दिदि पानी " र " दाजु हावा |" श्राद्धयले सेन्ट फ्रान्सिसको सिद्धान्तको बारे के सोच्नुहुन्छ ?

मधुद्विष​ : ( प्रश्न दोहोर्याएर )सेन्ट फ्रान्सिस, जो यो ठोस आदेशको संस्थापक हुन् र जसको बारेमा बोल्न हामीले निमन्त्रणा पाएका छौ, उसले भगवानलाई भौतिक दुनियामै पाएका थिए | र उसले भौतिक दुनियाको पक्षहरूलाई " दाजु भाई " र " दिदि बहिनी" भनेर सम्बोधित गर्थे | " दाजु रुख," " दिदि पानी," त्यसरी | तपाईको यसमा के विचार छ ?

प्रभुपाद: हो यो वास्तविक भगवानको चेतना हो | यो वास्तविक भगवानको चेतना हो | यो होइन कि " ममा भगवान चेतना छ र म पक्षु हत्या गर्छु |" त्यो भगवान चेतना होइन| रुख, विरुवा, तल्लो पक्षु, कमिलाहरुलाई दाजुभाई जसरी..... सम​: सर्वेषु भूतेषु | यो भगवाद गीतामा भनिएको छ | ब्रह्म​-भूत: प्रसन्नात्मा न शोचति न काङ्क्षति सम: सर्वेषु भूतेषु ( भ गी १८|५४) | सम: | सम: भनेको सबै प्राणीहरुमा समान भाव, आत्मालाई हेर्न, कोहिपनि...... यसले फरक पर्दैन कि ऊ एक मानिस हो वा बिरालो हो वा रुख हो वा कमिला हो वा ठुलो मानिस | उनीहरु सबै भगवानका अंगहरु हुन् | उनीहरुले केवल फरक वस्त्र लगाएका छन् | एक को रुखको कपडा छ, कसैले राजाको कपडा लागेका छन्, कसैले किराको शरीर पाएका छन् | यो पनि भगवाद-गीतामा व्याख्या गरिएको छ | पण्डिता: सम​-दर्शिन:​ ( भ गी ५|१८): " जो पण्डित छ, उसको दृस्टी बराबर हुन्छ |" त यदि सेन्ट फ्रान्सिसले त्यस्ती सोच्थे भने, त्यो अध्यात्मिक बुझाईको उच्च स्थर हो |