NE/Prabhupada 1042 - मैले देखेको छु कि मरिससमा खाद्यान्न उत्पादन गर्न पर्याप्त जमिन छ



751002 - Lecture SB 07.05.30 - Mauritius


त यी कुराहरु उल्लेख गरिनुपर्छ, उनीहरु कसरी पापमय कार्यमा संलग्न छन् | र त्यसको समाधान भगवाद-गीतामा दिइएको छ, कि " खाद्यान्न उत्पादन गर|" अन्नाद भवन्ति भूतानि ( भ गी ३|१४) | त मैले देखेको छु तिम्रो मॉरीशसमा, तिमीहरुलाई खाद्यान्न उत्पादन गर्न पर्याप्त जमिन छ | त तिमीहरु अन्न उत्पादन गर | म बुझ्छु कि खाद्यान्न उत्पादन गर्नु को साटो तिमीले उखु उत्पादन गरेर निर्यात गर्दै छौ | किन ? र तिमीहरु खाद्यान्न, चामल, गहुँ, दालमा निर्भर छौ | किन ? किन यो प्रयास ? पहिला आफ्नै खाद्यान्य उत्पादन गर | र यदि त्यहाँ समय छ र तिम्रो जनसंख्यासँग पर्याप्त खाद्यान्न छ भने, त्यसपछि तिमीले अरु फल र सब्जी उमारेर निर्यात गर्न सक्छौ | पहिलो आवश्यता भनेको तिमी आत्मनिर्भर हुनुपर्छ | त्यो भगवानको व्यवस्था हो | जहाँ पनि त्यहाँ खाद्यान्न उत्पादन गर्न पर्याप्त जमिन छ | तिम्रो देशमा मात्रै होइन | म विश्वभर यात्रा गरेको छु - अफ्रीका, अष्ट्रेलिया, र अरु, अमेरिकामा पनि | त्यहाँ धेरै जमिन खाली छन्, यदि हामीले खाद्यान्न उब्जनी गर्न सक्यौ भने, तब हामीले अहिलेको जनसंख्याको दश गुना जनसंख्यालाई खुवाउन सक्छन् | त्यहाँ कमिको प्रश्न नै हुदैन | यो पुरै सृष्टि कृष्णले सिर्जना गर्नुभएको हो कि सबैकुरा पूर्णम् छ, पूर्ण | पूर्णम इदं पूर्णम अद​: पूर्णात पूर्णम उदच्यते, पूर्णस्य पूर्णम आदाय पूर्णम एवावशिष्यते ( ई सो मंगलाचरण ) | यदि तिमीले आफुलाई चाहिने खाद्यान्न उत्पादन गरेनौ भने - र अनावश्यक रूपमा मानिसहरुलाई कमीमा राख्यौ भने त्यो पाप हुन्छ | त्यो पाप हो |