NE/Prabhupada 1045 - मैले के भन्न सक्छु ? हरेक बेकार मानिसले बेकार कुरा बोल्नेछ । म यसलाई कसरी रोक्न सक्छु ?



751002 - Interview - Mauritius


पत्रकार (४) : भारतीय दर्शनले सधै सिकाएको छ कि प्रकाश धेरै दीपकबाट आउँछन् | तर तिमीले प्रचार गर्दै छौ.....

प्रभुपाद: त्यो के हो ?

ब्रह्मानन्द : उहाँ भन्नुहुन्छ भारतीय संस्कृतिले सधै हामीलाई प्रकाश धेरै दीपकबाट आउँछन् भनेर सिकाईएको छ |

पत्रकार (४) : तपाईको प्रचार सधै गीताबाट मात्रै हुन्छ |

प्रभुपाद : हो | त्यो परम प्रकाश हो | त्यहाँ प्रकाशको स्तर हुन्छन् | त्यहाँ सुर्यको प्रकाश छ, र त्यहाँ प्रकाश छ | तिमीले यो प्रकाशलाई सुर्यसँग तुलना गर्न सकिदैन | (हाँसो) प्रकाश जहाँबाट पनि आउँछ, तर त्यसलाई सुर्यको प्रकाश मानिदैन र त्यो प्रकाश एकै हो |

पत्रकार (४) : होइन, मैले....प्रभुपाद : पहिला सुरु तिमीले यो बुझ्नुपर्छ कि | तिमीले प्रकाशको बारेमा प्रश्न गर्दैछौ | पहिला तिमीले बुझ्नुपर्छ त्यहाँ प्रकाशको स्तरहरु छन् | तिमीले यो प्रकाश र सुर्यको प्रकाशलाई एकै भन्न सक्दैनौ |

पत्रकार (४) : यसको, तिमी भन्न चहान्छौ जसले प्रकाशलाई अनुसरण गर्छन् जुन कुरान वा बाईबलको शिक्षाबाट आउँछ तिनीहरु थोरै प्रकाशको हुन्छ....

प्रभुपाद : त्यो तिम्रो.....त्यो तिम्रो पढ्ने व्यापार हो | तर हामीले तिमीलाई विचार दिन्छौ कि प्रकाश जहाँबाट पनि आउँछ | त्यहाँ एउटा जुनकिरी छ | त्यो प्रकाश पनि प्रकाश हो, र सुर्यको प्रकाश पनि प्रकाश हो | तिमी सोच्छौ जुनकिरी को प्रकाश र सुर्यको प्रकाश एकै हुन् भनेर सोच्न सक्दैनौ | अब यो तिम्रो कार्य हो जुनकिरीको प्रकाश र सुर्यको प्रकाशबीचको भिन्नता पत्ता लगाउँने | त्यो तिम्रो कार्य हो |

पत्रकार (६) (भारतीय मानिस) : यसको पर्याप्त तर्क हरु छन्, विशेष गरि तेस्रो विश्व देशहरूमा, कि तपाई अभियान एक निश्चित साम्राज्यवादी देशको खण्ड अन्तर्गत छ | के तपाई....?

ब्रह्मानन्द : उसले भन्यो कि हाम्रो अभियान कुनै साम्राज्यवादी देश सँग जोडिएको छ भनेर कुनै आरोप लागेको छ |

प्रभुपाद : उनीहरुलाई त्यो बकवास गर्न देऊ | म के भन्न सक्छु ? कुनै बकवासले केहि बकवास नै बोल्छ | मैले कसरी जाँच गर्न सक्छु ? त्यहाँ धेरै बकवासहरु छन् ; तसर्थ हामीले यी सबै बकवासहरुलाई मनुष्य बनाउँन खोजेका छौ | त्यो हाम्रो कार्यक्रम हो | जब सम्म ऊ बकवास छ, उसले बकवास कुरा गर्न छोड्दैन | म के गरौ ?

पत्रकार (४) : स्वामीजी, एउटा कुरा म बुझ्न चहान्छु | यो श्लोक तपैले कहाँबाट पाउँनु भयो, लावण्यं केश​-धारणम्? यो श्लोक, लावण्यं केश​-धारणम् |

प्रभुपाद : हो | यो बाह्रौ स्कन्दको तेस्रो अध्यायमा यो कुरा लेखिएको छ | ( भित्र:) के तिमीसँग सबै भागवतमहरु छन्, बाह्रौ स्कन्द ?

पुष्ट​ कृष्ण : त्यो हामीसँग छैन |

प्रभुपाद : त तिमीले टिपोट गरे हुन्छ |