NE/Prabhupada 1062 - भौतिक प्रकृतिमाथि नियन्त्रण गर्ने मनसाय हामी सबैको हुँदछ

From Vanipedia
Jump to: navigation, search
Go-previous.png Previous Page - Video 1061
Next Page - Video 1063 Go-next.png

भौतिक प्रकृतिमाथि नियन्त्रण गर्ने मनसाय हामी सबैको हुँदछ - Prabhupāda 1062


660219-20 - Lecture BG Introduction - New York

यस कारण हामीहरू हलत गरिरहेका हुन्छौ। जब हामीले प्रकृतिमा बिचित्र घटनाहरू भईरहेको देख्छौ, हामीहरुलाई यो थाहा हुँनु पर्दछ कि यि सबै बिचित्र श्रृजनाहरूको एक नियन्त्रक अवस्य छ भनेर। केहि पनि नियन्त्रक बिना बनिएको हुँदैन। यस्तो नियन्त्रकको बिषयमा वास्ता नगर्नु मुर्खता हो। जस्तै भनु, एउटा राम्रो चाडो कुद्ने मोटर गाडी, जस्को प्राबिदिक ब्यावस्था राम्रो भएको हुँदा सडकमा दौडीरहेको हुन्छ। यो देखेर सानो बच्चाले सोच्दछ कि यो मोटर गाडी कसैले नतानि कन या घोडाले तान्ने सहायता नगरिकन चलिरहेको भनेर। तर यस्मा कोहि सज्जन या अनुभवी मानिसले त, त्यो मोटर गाडीमा भएको बिभिन्न ईन्जीनियरिङ प्रबन्ध हुदाँ हुँदै पनि चालक नभएसम्म चल्दैन भनेर जान्दछन। गाडीको यस्तो प्राविदिक प्रबन्ध अथवा बिजुलीको पावरहाउस जस्तै---- आजकलको समय पनि मशीनकरणको समय हो, तर हामीले मशीनको अतिरिक्त, मशीन बिचित्र प्रकारले चल्नुको अतिरिक्त त्याहाँ चालक हुन्छ भन्ने जान्नु पर्छ। यसरिनै भगवान पुरुषोत्तम सबैथोकको चालक हुनुहुन्छ, अध्याक्ष । वहाँ पुरुषोत्तम हुनुँहुन्छ जस्को अध्याक्षतामा सबै चालु रहेका छन। जीव या जीवित प्राणीहरू भगवानले भगवत गीतामा आफ्नो अंशको रुपमा स्वीकारनु भएको छ, यो जानकारि त अघिल्ला अध्यायहरूमा थाहा हुन्छ। मामैवाम्सो जीवभुत (गीता १५-७) अंश भनेको भागीदार कण। जस्तै सुनको एक टुक्रा पनि सुननै हो। समुद्रको पानीको एक थोपा उस्तै नुनीलो हुन्छ। यसै गरी हामी जीवहरू पनि पुरुषोत्तम भगवानको अंश भएकाले ईश्वर, भगवान या श्रीकृष्ण, हामीहरूमा पनि, मेरो भनाई के भने, गुणस्तरको आधारमा भगवानका सबै गुणहरू छन केहि थोरै मात्रमा। हामीहरू सानो ईश्वर, या ईश्वरको कण भएकाले हो हामीहरूले पनि नियन्त्रण गर्न खोजेको। हामी मानिसहरूले प्रकृतिमाथि नियन्त्रण गर्न खोजीरहेका हुन्छौ। हालैको समयमा तिमीहरूले बायुमण्डलमाथि नियन्त्रण जमाउन खोजीरहेका छौ। तिमीहरूले कृतीम ग्रहहरू बनाएर चलाउन खोजिरहेका छौ। यस्तो नियन्त्रण या सृजना गर्ने मनसाय सबैकामा हुन्छ। किनभने, त्यस्तो नियन्त्रण गर्ने चाहना केहि मात्रमा हामीले पाएका हौं। तर माहीले यो चाहना मात्रले पुग्ने छैन भनेर बुझ्नु पर्दछ। हामीहरूमा यप भौतिक प्रकृतिलाई नियन्त्रण गर्ने या फायदा उठाउने बिचार हुन्छ तर हामीहरू जसै पनि सर्वोच्च नियन्त्रक बन्न सक्दैनौ। यहि कुरा भगवत गीतामा बिस्तृत जानकारी दिईएको छ। यसो भए यो भौतिक प्रकृति के हो? यो प्रकृतिको बारेमा पनि बताईएको छ। प्रकृति, भौतिक प्रकृति, को व्याख्या भगवद गीतामा अपरा, अपरा प्रकृति को रूपमा बताईएको छ। अपरा प्रकृति, अथवा जीवलाई परा प्रकृति ( उत्कृष्‌ट प्रकृति ) भनिएको छ। प्रकृति को अर्थ हुन्छ जो सदा नियंत्रिणमा रहिरहने अवस्था।.... प्रकृति स्त्री स्वरूप हुनँ। जस प्रकारले एक पतिले आफ्नो पत्नीको कार्यकलापको नियंत्रित गर्दछ, सोही तरह, प्रकृति पनि अधीनस्थ भई रहन्छिन। प्रभु, भगवान अध्यक्ष हुनुहुन्छ। अनि यो प्रकृति, दुवै जीव र भौतिक प्रकृति, भिन्न भिन्न प्रकृति हो, नियंत्रित, भगवान द्वारा अधिशासित भईरहनछ। यसरि भगवद्-गीताको अनुसार, यद्यपि सवै जीव परमेश्वर को अंश-रूप हो, तै पनि ऊ प्रकृतिनै मानिन्छ। इसकाोउल्लेख भगवद्-गीता को सातौं अध्यायमा गरिएको छ। अपरेयमितस्त्वन्यां विद्धि अपरा ( भगवत गीता ७-५) । यो भौतिक प्रकृति अपराइयम हो । यो देखि पनि पर अर्को प्रकृति अवस्थित छ। त्यो केहो? जीव भूत। यो प्रकृतो तीन गुणबाट निर्माण भएको छ। सतोगुण, रजोगुण र तमोगुण । अनि यी तीनै गुणहरू देखि पर तीन प्रकारका गुण, सतोगुण, रजोगुण र, मेरो भन्नुको मतलब, तमो गुण, नित्य काल हो नित्य काल हो । अनि यहि प्रकृतिको यस्ता तीन गुणहरूको संयोग बाट अथवा नित्य कालको नियंत्रणको अन्तरगत, कार्यकलाप हुदँछ। यहि कार्यकलाप लाई कर्म भनिन्छ। यो कार्यकलाप अनादि काल देखो चलिरहेको छ। अनि हामी सबै आफ्नो कार्यकलाप (कर्म) को फलस्वरुप सुखः या दुखः भोगिरहेका छौं।