NE/Prabhupada 0626 - यदि तपाई वास्तवमा जान्न चाहनुहुन्छ भने तपाई आचार्य समक्ष जानुपर्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0626 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Pittsburgh]]
[[Category:NE-Quotes - in USA, Pittsburgh]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0625 - जीवनका आवश्यकताहरु परम-शाश्वत, भगवानले पूरा गर्नुहुन्छ|0625|NE/Prabhupada 0627 - ताजापन बिना, कसैले पनि यो दिव्य विषय बुझ्न सक्दैन|0627}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|ttKfr-3K6xs|यदि तपाई वास्तवमा जान्न चाहनुहुन्छ भने तपाई आचार्य समक्ष जानुपर्छ<br />- Prabhupāda 0626}}
{{youtube_right|v3klXubOgFQ|यदि तपाई वास्तवमा जान्न चाहनुहुन्छ भने तपाई आचार्य समक्ष जानुपर्छ<br />- Prabhupāda 0626}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/720908BG-PIT_clip04.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/720908BG-PIT_clip04.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:02, 29 January 2021



Lecture on BG 2.13 -- Pittsburgh, September 8, 1972


त्यसैले श्रवण विधि धेरै महत्वपूर्ण छ | त्यसैले हाम्रो कृष्ण भावनामृत अभियान यो प्रचार गर्न हो "तपाई अधिकारी, कृष्णबाट सुन्नुहोस् |" कृष्ण सर्वोच्च पुरुषोत्तम भगवान हुनुहुन्छ | यो वर्तमान युगमा र भूतपूर्व युगमा स्वीकारिएको छ | भूतपूर्व युगमा महान साधु जस्तै नारद, व्यास, असित, देवल, धेरै, धेरै महान विद्वानहरु र साधुहरु, उनीहरुले स्वीकारे | मध्य युगमा, भनौं १,५०० वर्ष अघि, सबै आचार्य जस्तै शङ्कराचार्य​, रामानुजाचार्य​, मध्वाचार्य​, निम्बार्क​....... व्यवहारिक रुपमा, भारतीय वैदिक सभ्यता, यसको अस्तित्व अझै पनि यी आचार्यहरुको अधिकारमा छ | र भगवद गीतामा सिफारिश गरिएको छ: आचार्योपासनम् | यदि तपाई वास्तवमा कुराहरु जान्न चाहनुहुन्छ, तब तपाई आचार्य समक्ष जानुपर्छ | आचार्यवान् पुरुषो वेद​,"जसले आचार्य स्वीकारेको छ, उसलाई कुराहरु यथारूपमा थाहा हुन्छ |" आचार्यवान् पुरुषो वेद​ | त्यसैले हामी ज्ञान आचार्यको मध्यमबाट प्राप्त गर्दैछौं | कृष्णले अर्जुनलाई भन्नुभयो, अर्जुनले व्यासदेवलाई | अर्जुनले वास्तवमा व्यासदेवलाई भनेका होइनन्, तर व्यासदेवले यो सुने, कृष्ण बोल्दै हुनुहुन्थ्यो र उनले आफ्नो पुस्तक महाभारतमा लेखे | यस भगवद गीता महाभारतमा पाइन्छ | त्यसैले हामी व्यासको अधिकार स्वीकार्छौं | र व्यासबाट, मध्वाचार्य; मध्वाचार्यबाट, धेरै गुरु-शिष्य परम्परा, माधवेन्द्र पुरी | अनि माधवेन्द्र पुरी बाट ईश्वर पुरी; ईश्वर पुरीबाट चैतन्य महाप्रभु; चैतन्य महाप्रभुबाट छ गोस्वामी; छ गोस्वामीबाट कृष्णदास कविराज; उहाँबाट श्रीनिवास आचार्य; उहाँबाट विश्वनाथ चक्रवर्ती; उहाँबाट, जगन्नाथ दास बाबाजी; अनि गौर किशोर दास बाबाजी; भक्तिविनोद ठाकुर; मेरो गुरु महाराज | उही कुरा, हामी प्रचार गर्दैछौं | त्यो हो कृष्ण भावमामृत अभियान | यो केहि नयाँ होइन | यो मूल वक्ता, कृष्णबाट गुरु-शिष्य परम्पराबाट आउँदैछ | त्यसैले हामी यस भगवद गीता पढ्दैछौं | यो होइन कि मैले केहि पुस्तक उत्पादन गरें र म प्रचार गर्दैछु | होइन | म भगवद गीता प्रचार गर्दैछु | उही भगवद गीता जुन चार करोड वर्ष अघि सुर्य-देवलाई भामिएको थियो र फेरी पाँच हजार वर्ष अघि अर्जुनलाई दोहोर्याइएको थियो | उही कुरा गुरु-शिष्य परम्पराबाट आउँदैछ, र उही कुरा तपाई समक्ष प्रस्तुत हुँदैछ | कुनै परिवर्तन छैन | त्यसैले अधिकारीले भन्नुहुन्छ, देहिनो ऽस्मिन् यथा देहे, कौमारं यौवनं जरा, तथा देहान्तर​-प्राप्तिर्, धीरस् तत्र न मुह्यति (भ गी २।१३) त्यसैले हामी केवल मानिसलाई अनुरोध गर्छौं कि तपाई यो आधिकारिक ज्ञान स्विकार्नुहोस्, र यसलाई आफ्नो बुद्धिद्वारा आत्मसात गर्ने प्रयास गर्नुहोस् | यो होइन कि तपाई आफ्नो तर्क र बुद्धि रोक्नुहोस्, केवल अन्धो रुपमा केहि स्वीकार्नुहोस् | होइन | हामी मानव हौँ, हामीसँग बुद्धि छ | हामी पशु होइनौं कि हामीलाई केहि स्वीकार्न बाध्य बनाइन्छ | होइन | तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया (भ गी ४|३४) | यस भगवद गीतामा तपाईले पाउनुहुनेछ | तपाई बुझ्ने प्रयास गर्नुहोस्, तद् विद्धि | विद्धि भनेको बुझ्ने प्रयास गर्नुहोस् | प्रणिपात | प्रणिपातेन भनेको शरणागत हुनु, चुनौतीले होइन | एउटा विद्यार्थी अध्यात्मिक गुरु समक्ष धेरै विनम्र हुनुपर्छ | अन्यथा, ऊ भ्रमित हुनेछ | विनम्र ग्रहण | हाम्रो विधि.... तस्माद् गुरुं प्रपद्येत​, जिज्ञासुः श्रेय उत्तमम्, शाब्दे परे च निष्णातं, ब्रह्मण्य् उपशमाश्रयम् (श्री भा ११|३|२१) यो वैदिक उपदेश छ | यदि तपाई कुराहरु जान्न चाहनुहुन्छ जुन तपाईको अवाधराणा भन्दा पर छ, तपाइको इन्द्रियातित अनुभूति भन्दा पर छ, तब तपाई आधिकारिक अध्यात्मिक गुरु समक्ष जानुपर्छ |