NE/Prabhupada 0639 - पृथक अात्मा हरेक शरीरमा छ र परमात्मा वास्तविक मालिक हुनुहुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0639 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 6: Line 6:
[[Category:NE-Quotes - in United Kingdom]]
[[Category:NE-Quotes - in United Kingdom]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0638 - ती प्रथम श्रेणीका योगी हुन्, जो सधैं कृष्णको बारेमा सोच्छन्|0638|NE/Prabhupada 0640 - तिमीले आफुलाई भगवान् घोषणा गर्ने धूर्त भेटाउन सक्छौ-उसको मुखमा लात हान|0640}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 14: Line 17:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|LVLfrKvEr_Q|पृथक अात्मा हरेक शरीरमा छ र परमात्मा वास्तविक मालिक हुनुहुन्छ<br />- Prabhupāda 0639}}
{{youtube_right|TWtdIRBhwck|पृथक अात्मा हरेक शरीरमा छ र परमात्मा वास्तविक मालिक हुनुहुन्छ<br />- Prabhupāda 0639}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>http://vaniquotes.org/w/images/730831BG-LON_clip_05.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/730831BG-LON_clip_05.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:04, 29 January 2021



Lecture on BG 2.30 -- London, August 31, 1973


त्यसैले पशु जीवनको निच स्तरमा, कृष्ण हुनुहुन्छ | जसरी उहाँले भन्नुहुन्छ, देहे सर्वस्य भारत​ | अर्को स्थानमा, कृष्णले भन्नुहुन्छ कि यो देही वा क्षेत्र-ज्ञ, शरीरको मालिक त्यहाँ छ, र त्यहाँ अर्को क्षेत्र-ज्ञ पनि छ, अर्को मालिक | ती हुनुहुन्छ कृष्ण | क्षेत्र​-ज्ञं चापि मां विद्धि सर्व​-क्षेत्रेषु भारत (भ गी १३|३) | जसरी आत्मा शरीरभित्र छ, त्यसैगरी, परमात्मा, कृष्ण पनि त्यहाँ हुनुहुन्छ | दुवै त्यहाँ छन् | दुवै त्यहाँ छन् | उहाँ सम्पूर्ण शरीरको मालिक हुनुहुन्छ | सम्पूर्ण शरीर | कहिलेकाही कृष्णलाई धुर्तहरुले आरोप लगाउँछन्, कि "किन उहना अरुको पत्नीसँग नाच्नुभयो ?" तर वास्तवमा उहाँ मालिक हुनुहुन्छ | देहे सर्वस्य भारत | म मालिक होइन, उहाँ मालिक हुनुहुन्छ | त्यसैले यदि मैलिक आफ्ना, मेरो मतलब, दासी, वा भक्तहरुसँग नाच्नुहुन्छ, त्यसमा के गलत छ ? के गलत छ ? उहाँ उनीहरुको मालिक हुनुहुन्छ | तपाई मालिक हुनुहुन्न | देहे सर्वस्य भारत | उहाँ..... आत्मा हरेक शरीरमा छ र परमात्मा वास्तविक मालिक हुनुहुन्छ | कृष्ण भन्नुहुन्छ कि भोक्तारं यज्ञ​-तपसां सर्व​ लोक​-महेश्वरम् (भ गी ५|२९) | महेश्वरम्, उहाँ परम मालिक हुनुहुन्छ | सुहृदं सर्व​-भूतानाम् | उहाँ वास्तविक मित्र हुनुहुन्छ | यदि मेरी कुनै प्रेमिका छुँ, म मित्र हुन्छु, म मित्र होइन | वास्तविक मित्र कृष्ण हुनुहुन्छ | सुहृदं सर्व​-भूतानाम् | जसरी भनिएको छ, तस्माद् सर्वाणि भूतानि | कृष्ण वास्तविक मित्र हुनुहुन्छ | त्यसैले यदि गोपीहरु वास्तविक मित्रसँग नाच्छन्, त्यहाँ के गलत छ ? त्यहाँ के गलत छ ? तर जो धुर्त छन्, जो कृष्णलाई जाँदैनन्, तिनीहरु यसलाई अनैतिक सोच्छन् | यो अनैतिक होइन | त्यो ठिक कुरा हो | ठिक कुरा | कृष्ण वास्तविक पति हुनुहुन्छ | तसर्थ उहाँले १६,१०८ पत्नीसँग विवाह गर्नुभयो | किन १६,००० ? यदि उहाँले सोह्र खर्ब, अर्ब पत्नीसँग विवाह गर्नुभए पनि त्यहाँ के गलत छ ? किनकि उहाँ वास्तविक पति हुनुहुन्छ | सर्व लोक​-महेश्वरम् (भ गी ५|२९) | त्यसैले जो कृष्णलाई जान्दैनन्, धुर्तहरु, तिन्हारी कृष्णलाई अनैतिक वा स्त्रीलम्पट, त्यस्तै भनेर आरोप लगाउँछन् | र तिनीहरु यसमा आनन्द लिन्छन् | तसर्थ तिनीहरु कृष्णको चित्र बनाउँछन्, उहाँको गोपीहरुसँगको सम्बन्धको | तर तिनीहरु उहाँले कंस​लाई कसरी मार्नुहुन्छ, कसरी उहाँ दानवलाई मार्नुहुन्छ, त्यसको चित्र बनाउँदैनन् | तिनीहरु यो मन पराउँदैनन् | त्यो सहजिया हो | तिनीहरु, आफ्नो व्यभिचारिताको लागि, तिनीहरुको व्यभिचारिताको व्यापारको लागि, तिनीहरु कृष्णद्वारा समर्थित हुन चाहन्छन् | "कृष्णले यो गर्नुभएको छ |" "कृष्ण अनैतिक हुनुभयो | तसर्थ हामी पनि अनैतिक हुन्छौं | हामी कृष्णका महान भक्त हौँ, किनकि हामी अनैतिक छौं |" यो चल्दै छ | तसर्थ, कृष्णलि बुझ्न, थोरै राम्रो बिद्धि चाहिन्छ | राम्रो बुद्धि | बहूनां जन्मनाम् अन्ते ज्ञानवान् (भ गी ७|१९) | ज्ञानवान् भनेको पहिलो श्रेणीको बुद्धिमान चतुर | मां प्रपद्यते | उसले बुझ्छ कि कृष्ण के हुनुहुन्छ | वासुदेवः सर्वम् इति स महात्मा सुदुर्लभः | त्यस्तो प्रकारको बुद्धिमान महात्मा...... तपाईले धुर्त महात्मा पट्ट लगाउन सक्नुहुन्छ, केवल वस्त्र परिवर्तन गरेर, कृष्ण भावना बिना, आफुलाई भगवान वा कृष्ण घोषणा गर्दै | उनीहरुको मुखमा लात हान्नुहोस् | कृष्ण यी सब धुर्तहरु भन्दा भिन्न हुनुहुन्छ | तर यदि तपाईले कृष्णलाई बुझ्नुहुन्छ, यदि तपाई भाग्यमानी हुनुहुन्छ- एइ रूपे ब्रह्माण्ड भ्रमिते कोन भाग्यवान् जीव (चै च मध्य १९|१५१) | केवल सबभन्दा भाग्यमानी मानिसले कृष्णलाई, कृष्ण के हुनुहुन्छ बुझ्न सक्छन् |