NE/Prabhupada 0317 - हामी कृष्णमा शरणागत छैनौं, यो रोग हो

Revision as of 06:40, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0317 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 4.7 -- Bombay, March 27, 1974


धर्म भनेको के हो भन्ने कुरा बुझ्न खोज | त्यसैले भगवान एक हुनुहुन्छ | भगवानले "यो धर्म हो, यो धर्म होइन" भनेर भन्न सक्नु हुन्न भगवान भन्नुहुन्छ, भगवान कृष्ण भागवद गीतामा भन्नुहुन्छ ... यहाँ भनिएको छ यदा यदा हि धर्मस्य ग्लानिर् भवति (भा गि ४|७), परित्राणाय साधू... अर्को श्लोकमा उँहाले भन्नुभयो, परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् धर्म​-संस्थापनार्थाय सम्भवामि युगे युगे (भा गि ४|८)| यी दुई काम, कृष्णको | किनकि उँहाले वर्णन गरिसक्नु भैसक्यो, भूतानाम् ईश्वरः "म सबै जीवको नियन्त्रणकर्ता हुँ |" त्यसैले जहिले त्यहाँ धर्मको विसंगतियों हुन्छ, ऊ दण्डित अथवा पुरस्कृत हुनुपर्छ | परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् | दुइ कुराहरु | जस्तै त्यो सरकारको कर्तव्य हो कि रक्षा गर्ने जोसले कानून मान्छन् र अपराधीहरुलाई दण्ड दिने | यी दुइ कर्तव्य हो सरकारको | र सर्वच्चो सरकार, कृष्ण किनकि जहाँबाट यो सोचाई आयो ? सरकारले कानून मान्ने व्यक्तिलाई पुरस्कृत गर्छ अथवा, सुरक्ष्या गर्छ, र कानून नमान्ने व्यक्तिहरु, त्यहाँ पनि सुरक्ष्या हुन्छ, तर दण्डित भएर | त्यसैले धर्म भनेको, जुन कृष्णले भागवद गीतामा भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भा गि १८|६६)| यो हो धर्म | यो हो धर्म | र हाम्रो धर्म, हाम्रो गुण पनि त्यस्तै छ | किनकि हामि सबै जना, हामी कोहीको शरण परेका छौँ | सबैलाई नियाल | ऊ भन्दा ठुलो व्यक्ति कोहि छ त्यसैले ऊ शरण पर्यो | त्यो उसको परिवार, श्रीमती, सरकार, समाज, उसको राजनीतिक पार्टी हुनसक्छ | जहाँ तिमी जान्छौ, तिम्रो गुण भनेको शरण पर्नु हो | त्यो तिमीले नकार्न सक्दैनौ | त्यो प्रोफेसर कोटोव्सकी संग लन्डनमा गरिएको कुराकानी थियो | मैले उसलाई सोधेँ, "अब तिमीले तिम्रो साम्यवादी सिद्धान्त पायौ | " हामीसंग हाम्रो कृष्ण शिद्धान्त छ | सिद्धान्त कहाँ फरक छ ? तिमी लेनिनको शरण परेका छौ, र हामी कृष्णको शरण परेका छौँ | के फरक छ ?" सबैलाई शरण पर्नै पर्छ | कहाँ शरण परिरहेको छ त्यसले केहि फरक पार्दैन | यदि शरण परेको ठिक छ भने, सबै कुरा ठिक छ | यदि शरण परेको ठिक छैन भने केहि कुरा नि ठिक हुँदैन | यो हो सिद्धान्त | हामी शरण परिरहेका छौँ | श्री चैतन्य महाप्रभुले यो वर्णन गर्नुभएको छ | जीवेर स्वरूप हय नित्य​-कृष्ण​-दास (चै च अध्य २०|१०८|१०९) | हामी शरण परिरहेका छौँ, तर हामी कृष्णको शरण परिरहेका छैनौ | यो रोग हो | यो रोग हो | र कृष्ण चेतनाको यो अभियान भनेको यहि रोग निवारण गर्ने हो | यो रोग निको बनाउ | कृष्ण पनि आउनुहुन्छ | उँहा भन्नुहुन्छ यदा यदा हि धर्मस्य (भा गि ४|७)| धर्मस्य ग्लानिः धर्मको नाममा विसंगति भयो भने, जब त्यहाँ हानि हुन्छ, कृष्ण भन्नुहुन्छ, तदात्मानं सृजाम्य् अहम् | र अभ्युत्थानम् अधर्मस्य​ | दुईटा कुरा छन् त्यहाँ | जब मानिस कृष्णको शरण पर्दैनन्, तब तिनीहरुले धेरै कृष्णको आविस्कार गर्छन् | धेरै मुर्खको शरण पर्नुपर्ने | त्यो हो अधर्मस्य | धर्म भनेको कृष्णको शरण पर्ने, तर कृष्णको शरण पर्नुभन्दा पनि, तिनीहरु कुकुर, बिरालो, यो, त्यो, धेरै कुराहरु | त्यो हो अधर्म | कृष्ण यहाँ हिन्दु, मुस्लिम, क्रिस्टेन धर्म स्थापना गर्न आउनुभएको होइन | होइन | उँहा साँचो धर्म स्थापना गर्न आउनुभएको हो | साँचो धर्म भनेको हामीले बुझाउनुपर्छ, वास्तविक व्यक्तिको शरण पार्नुपर्छ | त्यो हो साँचो धर्म | हामी शरण पर्दै छौँ | सबैको केहि सोचाई हुन्छ | ऊ त्यहाँ शरण परेको छ | कि त राजनीति, सामाजिक, आर्थिक, धार्मिक,जेपनि | सबैको केहि सिद्धता हुन्छ | र त्यस सिद्धान्तको अगुवा पनि त्यहाँ हुन्छ | त्यसैले हाम्रो काम भनेको शरण पर्ने हो | यो वास्तविक हो | तर हामीलाई थाहा छैन कि कहाँ शरण पर्ने भनेर | त्यो गाह्रो छ | किनकि शरण पर्ने तरिका गलत छ, त्यसैले सारा संसार अराजक स्थितिमा छ | हामी एउटा बाट अर्कोमा शरण गर्दै छौँ | कांग्रेस पार्टी धेरै भयो, अब साम्यवादी पार्टी |" फेरी, "साम्यवादी पार्टी धेरै भयो | यो ... यो पार्टी, त्यो पार्टी |" पार्टी परिवर्तन गर्नुको के अर्थ छ र ? किनकि यो पार्टी र त्यो पार्टी, तिनीहरु कृष्णको शरण परेका छैनन् | त्यसैले कृष्णको शरण नपरेसम्म, त्यहाँ शान्ति हुन सक्दैन | त्यो हो कुरा | मात्रै ताप्के देखि आगो सम्म परिवर्तन भएर कोसैले तिमीलाई बचाउन सक्दैन |