NE/Prabhupada 0058 - आध्यात्मिक शरीरको अर्थ शाश्वत जीवन

Revision as of 08:33, 26 November 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0058 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 2.14 -- Mexico, February 14, 1975

वास्तवमा अध्यात्मिक शरीर भनेको आनन्द र ज्ञानको शाश्वत शरीर | हामीसंग भएको अहिलेको शरीर, भौतिक शरीर, यो न शाश्वत छ, न आनन्दमय छ, न ज्ञानले पूर्ण छ | हामी सबैजना, हामीलाई थाहा छ कि यो भौतिक शरीर नाशवान छ | र यो अज्ञानताले पूर्ण छ | हामी यो पर्खालभन्दा उता के छ भन्न सक्दैनौं | हामी केहि भन्न सक्दैनौं तर यी सबै सिमित छन्, अपूर्ण छन् | कहिलेकाहीं हामी यी आँखामा धेरै गर्व गर्छौं र चुनौती दिन्छौं "के तिमी मलाई भगवान देखाउन सक्छौ?" तर हामी बिर्सन्छौं कि उज्यालो जाने बित्तिकै मेरो आँखाक शक्ति जान्छन | तसर्थ मेरो पुरै शरीर अपूर्ण र अज्ञानताले भरिएको छ |

अध्यात्मिक शरीर भनेको ज्ञानले भरिपुर्ण, ठ्याक्क उल्टो | हामीले त्यस्तो शरीर अर्को जन्ममा पाउन सक्छौं, र हामीले त्यस्तो शरीर पाउन विकास गर्नुपर्छ | हामीले अर्को शरीर उच्च लोकमा पाउन विकास गर्न सक्छौं | या हामीले अर्को शरीर कुकुर बिरालो जस्तो पाउन विकास गर्न सक्छौं , र हामीले सत्-चिद-आनन्दमय शरीर विकास गर्न सक्छौं | तसर्थ विशिष्ट बुद्धिमान मानिसले अर्को शरीर पूर्ण आनन्दमय, ज्ञानमय र शाश्वत चाहन्छ | यो भगवाद गित मा व्याख्या गरिएको छ | यद गत्वा न निवर्तन्ते तद धाम परमं मम (भ गी १५।६ ) | त्यो ठाउं, त्यो लोक, या त्यो आकाश, जहाँ तपाईं जानुहुन्छ र फेरी यो भौतिक जगतमा फर्कनुहुन्न | भौतिक जगतमा, तपाई उच्च लोक, ब्रह्मलोकमा पुग्नुभए पनि, फेरी, तपाई फर्कनुपर्छ | र यदि तपाईंले आफ्नो पुरा क्षमताका साथ अध्यात्मिक जगत, आफ्नो घर, भगवाद धाम जान खोज्नु भयो भने, तपाईंले फेरी यो भौतिक शरीर ग्रहण गर्न आउनु पर्दैन |