NE/Prabhupada 0060 - जीवन भौतिक पदार्थबाट आउन सक्दैन

Revision as of 14:33, 27 November 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0060 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Co...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Room Conversation with Svarupa Damodara -- February 28, 1975, Atlanta

प्रभुपाद: हामी भन्छौं कि जब जीव विर्यमा हुन्छ, र स्त्रीको गर्भमा हालिन्छ, शरीरको विकास हुन्छ | यो सुरुवात जीवन हो | यो व्यवहारिक छ | र यो जीवन परमजीवनको अंश हो | त्यसैले सुरुवात भगवान हुनुहुन्छ | जन्माद्यस्य यत: (श्री भा १।१।१ ) । अथातो ब्रह्म जिज्ञासा । त्यसैले हामीले यो सिद्धान्त यस पथभ्रष्ट संसारमा स्थापित गर्नुपर्छ..... र त्यसबाहेक, तिनीहरुले किन पदार्थबाट जीवन उत्पन्न गर्न सक्दैनन् ? तिनीहरुको बयानको के मूल्य ? त्यो तिनीहरुले गर्न सकेका छैनन | प्रमाण कहाँ छ कि पदार्थबाट जीवन आउँछ ? तिमी त्यो गर |

स्वरुप दामोदर: प्रमाणको खोज गरिदै छ |

प्रभुपाद: हँ? त्यो बकवास हो | त्यो बक्वास हो | यो प्रमाण, कि जीवनबाट, जीवन आइरहेछ, यसको प्रमाण छ, धेरै प्रमाण | एक मानिस, जनावर, रुखहरु- सबै कुरा जीवनबाट आइरहेछन | अहिलेसम्म, कसैले पनि एउटा मानिस ढुंगाबाट जन्मिएको देखेको छैन | कसैले देखेको छैन | कहिले काहि यसलाई वृश्चिक-तण्दूल-न्याय भनिन्छ | तिमीलाई थाहा छ? वृश्चिक-तण्दूल-न्याय | वृश्चिक भनेको बिच्छु र तण्दूल भनेको चामल | कहिलेकाही हामी चामलको थुप्रोबाट एउटा बिच्छु आएको देख्छौं | तय यो होइन कि चामलले बिच्छुलाई जन्म दियो | तिमीले आफ्नो देशमा देखेको छैनौ ? हामीले देखेका छौं | चामलबाट, चामलको थुप्रोबाट, एउटा बिच्छु, सानो बिच्छु, आइरहेको छ | तथ्य यो हो कि बिच्छुको माता, तिनले आफ्नो अन्दा चामलमा राख्छिन, र विक्षोभ भएपछि, त्यो बिच्छु बाहिर आउँछ, यो होइन कि चामलबाट बिच्छु आएको हो | त्यसैले यसलाई वृश्चिक-तण्दूल-न्याय भनिन्छ | वृश्चिक भनेको बिच्छु र तण्दूल भनेको चामल |

त्यसैले "जीवन पदार्थबाट आएको हो"- यसलाई वृश्चिक-तण्दूल-न्याय भनिन्छ | जीवन पदार्थबाट आउन सक्दैन | यो भन्दा बाहेक.... जस्तै जब जीव हुन्छ, शरीर बढ्छ, शरीर बदलिन्छ या बढ्छ, तिमी जे भन्छौ | तर यदि बच्चा मर्छ या मरेर निस्कन्छ, तब शरीर बढ्न सक्दैन | त्यसैले पदार्थ जीवनमा बढिरहेछ |