NE/Prabhupada 0060 - जीवन भौतिक पदार्थबाट आउन सक्दैन



Room Conversation with Svarupa Damodara -- February 28, 1975, Atlanta


प्रभुपाद: हामी भन्छौं कि जब जीव विर्यमा हुन्छ, र यसलाई स्त्रीको गर्भमा हालिन्छ, शरीरको विकास हुन्छ | यो जीवन सुरुवात हो | यो व्यवहारिक छ | र यो जीवन परमजीवनको अंश हो | त्यसैले सुरुवात भनेको भगवान् हुनुहुन्छ | जन्माद्यस्य यत: (श्री भा १।१।१ । अथातो ब्रह्म जिज्ञासा । हामीले यस पथभ्रष्ट संसारमा यो सिद्धान्त स्थापित गर्नुपर्छ..... र त्यसबाहेक, तिनीहरुले किन पदार्थबाट जीवन उत्पन्न गर्न सक्दैनन् ? तिनीहरुको बयानको के अर्थ रहन्छ? त्यो तिनीहरुले गर्न सकेका छैनन् | प्रमाण कहाँ छ कि पदार्थबाट जीवन आउँछ ? तिमी त्यो गर |

स्वरुप दामोदर: प्रमाणको खोज गरिंदैछ |

प्रभुपाद: हँ? त्यो नचाहिने कुरा हो | यो प्रमाण, कि जीवनबाट जीवन आइरहेछ, यसको प्रमाण छ, धेरै प्रमाण | एक मानिस, जनावर, रुखहरु- सबै कुरा जीवनबाट आइरहेछन् | अहिलेसम्म कसैले पनि एउटा मानिस ढुंगाबाट जन्मिएको देखेको छैन | कसैले देखेको छैन | कहिलेकहीं यसलाई वृश्चिक-तण्दूल-न्याय भनिन्छ | तिमीलाई थाहा छ? वृश्चिक-तण्दूल-न्याय | वृश्चिक भनेको बिच्छु र तण्दूल भनेको चामल | कहिलेकहीं हामी चामलको थुप्रोबाट एउटा बिच्छु आएको देख्छौं | तर यो होइन कि चामलले बिच्छुलाई जन्म दियो | तिमीले आफ्नो देशमा देखेको छैनौ ? हामीले देखेका छौं | चामलको थुप्रोबाट, एउटा सानो बिच्छु, आइरहेको हुन्छ | तथ्य यो हो कि बिच्छुको आमा, तिनले आफ्नो अण्डा चामलमा राख्छिन्, र विक्षोभ भएपछि, त्यो बिच्छु बाहिर आउँछ, यो होइन कि चामलबाट बिच्छु आएको हो | त्यसैले यसलाई वृश्चिक-तण्दूल-न्याय भनिन्छ | वृश्चिक भनेको बिच्छु र तण्दूल भनेको चामल |

"जीवन पदार्थबाट आएको हो"- यसलाई वृश्चिक-तण्दूल-न्याय भनिन्छ | जीवन पदार्थबाट आउन सक्दैन | यो भन्दा बाहेक.... जस्तै जब जीव हुन्छ, शरीर बढ्छ, शरीर परिवर्तन हुन्छ वा बढ्छ, तिमी जे भन्छौ | तर यदि बच्चा मर्छ वा मरेर निस्कन्छ, तब शरीर बढ्न सक्दैन | त्यसैले पदार्थ जीवनको कारणले गर्दा बढिरहेछ |