NE/Prabhupada 0095 - हाम्रो कार्य आत्मसमर्पण हो

Revision as of 11:52, 2 December 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Hindi Pages with Videos Category:Prabhupada 0095 - in all Languages Category:HI-Quotes - 1974 Category:HI-Quotes - Lec...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 4.7 -- Bombay, March 27, 1974

हामी आत्मसमर्पण गरिरहेका छौं, तर हामी कृष्णमा आत्मसमर्पण गरिरेह छैनौं | यो रोग छ | यो रोग छ | र कृष्ण भावनामृत आन्दोलन यो रोगलाई निको पार्नलाई हो | यो रोग निको पार्ने | कृष्ण पनि आउनुहुन्छ | उहाँ भन्नुहुन्छ, यदा यदा हि धर्मस्य ( भ गी ४|७) | धर्मस्य ग्लानी:, धर्म निभाउने कुरामा त्रुटीहरु, जब त्रुटीहरु हुन्छन, कृष्ण भन्नुहुन्छ, तदात्मानं सृजामी अहं ( भ गी ४|७)| र अभ्युत्थानम् अधर्मस्य | त्यहाँ दुई कुराहरु छन् | जब मानिसहरु कृष्णमा आत्मसमर्पण गर्दैनन्, तिनीहरु धेरै "कृष्णहरु" उत्पादन गर्छन, धेरै धुर्तहरु, आत्मसमर्पण गर्नको लागि | त्यो अधर्मस्य हो | धर्म भनेको कृष्णमा आत्मसमर्पण गर्नु हो, तर कृष्णमा आत्मसमर्पण गर्नुको साटो, तिनीहरु बिरालो, कुकुर, यो, त्यो, धेरै कुरामा आत्मसमर्पण गर्न चाहन्छन | त्यो अधर्म हो |

कृष्ण तथाकथित हिन्दु धर्म, ईस्लाम धर्म या इशाई धर्म स्थापना गर्न आउनुभएन | होइन | उहाँ साँचो धर्म स्थापना गर्न आउनुभयो | साचो धर्म भनेको हामीले झुक्नुपर्छ, साँचो व्यक्ति प्रति आत्मसमर्पण गर्नुपर्छ | त्यो हो साँचो धर्म | हामीहरु आत्मसमर्पण गरिरहेका छौं | सबैको केहि विचार छ | उसले त्यहि आत्मसमर्पण गरेको छ | राजनैतिक, सामाजिक, आर्थिक, धार्मिक, जे पनि | सबैको केहि विचार छ | र त्यो आदर्शको नेता पनि छ | हाम्रो कर्तव्य भनेको आत्मसमर्पण गर्नु हो | यो तथ्य हो | तर हामीलाई थाहा छैन कि कहाँ आत्मसमर्पण गर्ने | त्यो कठिनाई छ | र किनकि हाम्रो आत्मसमर्पण गलत हुन्छ, तसर्थ पुरै संसार अराजक स्थितिमा छ |

हामी यो आत्मसमर्पणबाट त्यो आत्मसमर्पण परिवर्तन गरिरहेका छौं | "पुग्यो कांग्रेस पार्टी, अब कम्युनिस्ट पार्टी |" फेरी,"पुग्यो कम्युनिस्ट पार्टी | यो...यो पार्टी, त्यो पार्टी |" पार्टी परिवर्तन गरेर के काम ? किनकि यो पार्टी या त्यो पार्टी, तिनीहरु कृष्णमा आत्मसमर्पण गरेका छैनन् | त्यसैले जबसम्म तपाई कृष्णमा आत्मसमर्पण गर्नुहुदैन, तबसम्म शान्ति हुन सक्दैन | त्यो तथ्य हो | केवल कराईबाट आगोमा परिवर्तन गरेर तपाई बच्नुहुन्न | तसर्थ कृष्णको अन्तिम उपदेश छ

सर्व धर्मान् परित्यज्य
माम् एकं शरणं व्रज
अहं त्वां सर्व पापेभ्यो

मोक्षयीष्यामि....

(भ गी १८|६६)

त्यसैले धर्ममा त्रुटी भनेको... यो श्रीमद भागवतममा पनि उल्लेख गरिएको छ | स वै पुंसां परो धर्म: | प्रथम श्रेणीको या सर्वोच्च धर्म | पर: भनेको सर्वोच्च, दिव्य | स वै पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे (श्री भा १|२|६) जब हामी अधोक्षजमा आत्मसमर्पण गर्छौं.... अधोक्षज भनेको परम अलौकिकता, अथवा कृष्ण | कृष्णको अर्को नाम अधोक्षज हो | अहैतुकी अप्रतिहता | अहैतुकी भनेको बिना कुनै कारण | बिना कुनै कारण | यो होइन कि "कृष्ण यस्तो हुनुहुन्छ, तसर्थ म आत्मसमर्पण गर्छु |" होइन | बिना कुनै कारण | अहैतुकी अप्रतिहता | र यो रोकिन सक्दैन | कसैले रोक्न सक्दैन | यदि तपाई कृष्णमा आत्मसमर्पण गर्न चाहनुहुन्छ भने, त्यहाँ कुनै बाधा हुदैन, त्यहाँ कुनै अड्चन हुदैन | तपाईले कुनै पनि स्थितिमा गर्न सक्नुहुन्छ | तपाईले गर्न सक्नुहुन्छ | अहैतुकी अप्रतिहता ययात्मा सुप्रसिदती (श्री भा १|२|६)| तब तपाई, आत्मा, तपाईको आत्मा, तपाईको मन, तपाईको शरीर सन्तुष्ट हुनेछ | यो विधि हो |