NE/Prabhupada 0095 - हाम्रो कार्य आत्मसमर्पण हो



Lecture on BG 4.7 -- Bombay, March 27, 1974

हामी आत्मसमर्पण गर्दैछौं, तर हामी कृष्णमा आत्मसमर्पण गर्दैनौं | यो रोग छ | यो रोग छ | र कृष्ण भावनामृत अभियान यो रोगलाई निको पार्नको लागि हो | यो रोग निको पार्ने | कृष्ण पनि आउनुहुन्छ | उहाँ भन्नुहुन्छ, यदा यदा हि धर्मस्य ( भ गी ४|७) | धर्मस्य ग्लानी:, धर्म पालन गर्ने कार्य त्रुटीहरु, जब त्रुटीहरु हुन्छन्, कृष्ण भन्नुहुन्छ, तदात्मानं सृजामी अहं ( भ गी ४|७) | र अभ्युत्थानम् अधर्मस्य | दुई कुराहरु छन् | जब मानिसहरु कृष्णमा आत्मसमर्पण हुँदैनन्, तिनीहरु धेरै "कृष्णहरु" उत्पादन गर्छन्, धेरै धुर्तहरु, आत्मसमर्पण गर्नको लागि | त्यो अधर्मस्य हो | धर्म भनेको कृष्णमा आत्मसमर्पण गर्नु हो, तर कृष्णमा आत्मसमर्पण गर्नुको साटो, तिनीहरु बिरालो, कुकुर, यो, त्यो, धेरै कुरामा आत्मसमर्पण गर्न चाहन्छन् | त्यो अधर्म हो |

कृष्ण तथाकथित हिन्दु धर्म, ईस्लाम धर्म वा इसाई धर्म स्थापना गर्न आउनुभएको होइन | होइन | उहाँ वास्तविक धर्म स्थापना गर्न आउनुभएको हो | वास्तविक धर्म भनेको हामी झुक्नुपर्छ, वास्तविक व्यक्ति प्रति आत्मसमर्पण गर्नुपर्छ | त्यो हो वास्तविक धर्म | हामीहरु आत्मसमर्पण गरिरहेका छौं | सबैको केहि विचार छ | उसले त्यहीं आत्मसमर्पण गरेको छ | राजनैतिक, सामाजिक, आर्थिक, धार्मिक, जे पनि | सबैको केहि विचार छ | र त्यो आदर्शको नेता पनि हुन्छ | हाम्रो कर्तव्य भनेको आत्मसमर्पण गर्नु हो | यो तथ्य हो | तर हामीलाई थाहा छैन कि कहाँ आत्मसमर्पण गर्ने | त्यो कठिनाइ छ | र हाम्रो आत्मसमर्पण गलत स्थानमा भएको कारण सारा संसार अराजक स्थितिमा छ |

हामी यो आत्मसमर्पणबाट त्यो आत्मसमर्पण परिवर्तन गर्दैछौं | "पुग्यो कांग्रेस पार्टी, अब कम्युनिस्ट पार्टी |" फेरी,"पुग्यो कम्युनिस्ट पार्टी | यो...यो पार्टी, त्यो पार्टी |" पार्टी परिवर्तन गरेर के काम ? किनकि यो पार्टी वा त्यो पार्टी, तिनीहरु कृष्णमा आत्मसमर्पण गरेका छैनन् | त्यसैले जबसम्म तपाई कृष्णमा आत्मसमर्पण गर्नुहुँदैन, तबसम्म शान्ति प्राप्त गर्न सकिंदैन | त्यो तथ्य हो | केवल कराईबाट आगोमा परिवर्तन गरेर तपाई बच्नुहुन्न | तसर्थ कृष्णको अन्तिम उपदेश छ,

सर्व​-धर्मान् परित्यज्य
माम् एकं शरणं व्रज
अहं त्वां सर्व​-पापेभ्यो
मोक्षयिष्यामि...
(भ गी १८|६६)

धर्ममा त्रुटी भनेको... श्रीमद् भागवतममा पनि उल्लेख गरिएको छ | स वै पुंसां परो धर्म: | प्रथम श्रेणीको वा सर्वोच्च धर्म | पर: भनेको सर्वोच्च, दिव्य | स वै पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे (श्री भा १|२|६) जब हामी अधोक्षजमा आत्मसमर्पण गर्छौं.... अधोक्षज भनेको परम अलौकिक, अथवा कृष्ण | कृष्णको अर्को नाम अधोक्षज हो | अहैतुक्य् अप्रतिहता | अहैतुक्य् भनेको बिना कुनै कारण | बिना कुनै कारण | यो होइन कि "कृष्ण यस्तो हुनुहुन्छ, तसर्थ म आत्मसमर्पण गर्छु |" होइन | बिना कुनै कारण | अहैतुक्य् अप्रतिहता | र यसलाई रोक्न सकिंदैन | कसैले रोक्न सक्दैन | यदि तपाई कृष्णमा आत्मसमर्पण गर्न चाहनुहुन्छ भने यसमा कुनै बाधा हुँदैन, यसमा कुनै अड्चन हुँदैन | तपाईले कुनै पनि स्थितिमा गर्न सक्नुहुन्छ | तपाईले गर्न सक्नुहुन्छ | अहैतुक्य् अप्रतिहता ययात्मा सुप्रसीदति (श्री भा १|२|६) | तब तपाई, आत्मा, तपाईको आत्मा, तपाईको मन, तपाईको शरीर सन्तुष्ट हुनेछ | यो विधि हो |