NE/Prabhupada 0111 - उपदेश पालन गर, तब तिमी जहाँपनि सुरक्षित हुनेछौ

Revision as of 05:20, 20 December 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0111 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Mo...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Morning Walk -- February 3, 1975, Hawaii


भक्त (१): श्रील प्रभुपाद, कसैले आफ्नो अधिकार कसरि प्राप्त गर्छ?

प्रभुपाद: गुरु अधिकार हुनुहुन्छ |

भक्त (१): होइन, मलाई थाहा छ, तर केवल चार नियमको पालना गर्ने र १६ मल जप गर्ने बाहेकका उसको क्रियाकालापको लागि | उसले दिनभरीमा अरु धेरै कार्य गर्छ | उसले आफ्नो अधिकार कहाँबाट प्राप्त गर्छ | उसले आफ्नो अधिकार कहाँबाट प्राप्त गर्छ यदि उहाँ, मानौं, मन्दिरमा बस्नुहुन्न ?

प्रभुपाद: मैले बुझिन | अधिकार गुरु हुनुहुन्छ | तिमीले स्वीकारेका छौ |

बलि मर्दन: सबैको लागि | जयतिर्थ: भनौं मेरो बाहिर कुनै काम छ, मा बाहिर बसिरहेको छु, तर मैले आफ्नो आम्दानीको ५०% दिइरहेको छैन | तब के त्यो कार्य जुन मैले गैरहेको छु, के त्यो वास्तवमा गुरुको अधिकारमा हुन्छ ?

प्रभुपाद: तब तिमीले गुरुको उपदेश पालन गरिरहेका छैनौ | त्यो सामान्य तथ्य हो |

जयतिर्थ: त्यसको मतलब दिनभरिको सम्पूर्ण क्रियाकलाप, काम, त्यो भनेको मैले गुरुको उपदेश पालन गरिरहेको छैन | त्यो अनाधिकारिक गतिविधि भयो |

प्रभुपाद: हो | यदि तिमीले गुरुको उपदेश पालन गर्दैनौ भने तिमी तत्काल खसिहाल्छौ | त्यो तरिका हो | अन्यथा किन तिमी यस्य प्रसादाद् भगवत्-प्रसादो गाउँछौ ? गुरुलाई सन्तुष्ट पार्नु मेरो कर्तव्य हो | अन्यथा म कहीं पनि हुन्न | त्यसैले यदि तिमी कहीं पनि नहुन रुचाउछौ भने, तिमी आफुले चाहे जसरी अवज्ञ गर | तर यदि तिमी आफ्नो स्थितिमा स्थिर हुन चाहन्छु भने तिमीले कडा गरि गुरुको उपदेश पालन गर्नुपर्छ |

भक्त (१): हामीले केवल हजुरको पुस्तक पढेर हजुरको उपदेश बुझ्न सक्छौं |

प्रभुपाद: हो | जसरी पनि, उपदेश पालन गर | त्यो जरुरि छ | उपदेश पालन गर | तिमी जहाँ हुन्छौ, त्यसले फरक पर्दैन | तिमी सुरक्षित छौ | उपदेश पालन गर | तब तिमी जहाँ पनि सुरक्षित हुन्छौ | त्यसले फरक पर्दैन | जस्तै मैले तिमीहरुलाई भनेको थिएँ कि मैले मेरो गुरु महाराजलाई मेरो जीवनको दश दिन भन्दा बढी देखिँन, तर मैले उहाँको उपदेश पालन गरें | म गृहस्थ थिएँ, म कहिल्यै मठमा, मन्दिरमा बसिन | यो व्यवहारिक छ | धेरै गुरुभाईले सिफारिश गर्नुभयो कि "उनी बम्बई मन्दिरको कार्यभार सम्हाल्नुपर्छ, यो, त्यो......" गुरु महाराजले भन्नुभयो,"हो, ऊ बाहिर बसेको ठिक हुन्छ | त्यो राम्रो हुन्छ, र उसले चाहिएको काम समय आएपछि गर्नेछ |"

भक्तहरु: जय ! हरिबोल !

प्रभुपाद: उहाँले त्यस्तो भन्नुभयो | मैले त्यतिखेर बुझ्न सक्दिन थिएँ कि उहाँले के चाहनुहुन्थ्यो | अवस्य पनि, मलाई थाहा थियो कि उहाँ मैले प्रचार गरेको चाहनुहुन्थ्यो | यशोदनन्दन: मलाई लाग्छ कि हजुरले यो शानदार ढंगमा गर्नुभएको छ |

भक्तहरु: जय, प्रभुपाद ! हरिबोल !

प्रभुपाद: हो, शानदार ढंगमा गरें किनकि मैले कडा रुपमा मेरो गुरु महाराजको उपदेशको पालन गरें, त्यति हो | अन्यथा मसंग केहि शक्ति छैन | मैले कुनै जादु गरिंन | गरें र? कुनै सुनको उत्पादन? (हाँसो चल्छ) तब पनि, मसंग सुन उत्पादन गर्ने गुरुभन्दा राम्रा शिष्यहरु छन् |