NE/Prabhupada 0111 - उपदेश पालन गर, तब तिमी जहाँपनि सुरक्षित हुनेछौ



Morning Walk -- February 3, 1975, Hawaii


भक्त (१): श्रील प्रभुपाद, कसैले आफ्नो अधिकार कसरी प्राप्त गर्छ?

प्रभुपाद: गुरु अधिकारी हुनुहुन्छ |

भक्त (१): होइन, मलाई थाहा छ, तर केवल चार नियमको पालना गर्ने र १६ मल जप गर्ने बाहेकका क्रियाकालापको लागि | उसले दिउँसो अरु धेरै कार्य गर्छ | उसले आफ्नो अधिकार कहाँबाट प्राप्त गर्छ | उसले आफ्नो अधिकार कहाँबाट प्राप्त गर्छ यदि ऊ, मानौं, मन्दिरमा बस्दैन ?

प्रभुपाद: मैले बुझिनँ | गुरु अधिकारी हुनुहुन्छ | तिमीले स्वीकारेका छौ |

बलि मर्दन: सबैको लागि |

जयतिर्थ: मानौं, बाहिर मेरो कुनै काम छ, म बाहिर बस्दैछु, तर मैले आफ्नो आम्दानीको ५०% दिइरहेको छैन | तब के मैले गरिरहेको कार्य वास्तवमा गुरुको अधिकारमा हुन्छ ?

प्रभुपाद: तब तिमीले गुरुको उपदेश पालन गरिरहेका छैनौ | त्यो सामान्य तथ्य हो |

जयतिर्थ: त्यसको मतलब दिउँसोको सम्पूर्ण क्रियाकलापमा मैले गुरुको उपदेश पालन गरेकोछैन | त्यो अनाधिकारिक गतिविधि हुन्छ |

प्रभुपाद: हो | यदि तिमीले गुरुको उपदेश पालन गर्दैनौ भने तिमी तत्काल पतित हुन्छौ | त्यो विधि हो | अन्यथा किन तिमी यस्य प्रसादाद् भगवत्-प्रसादो गाउँछौ ? गुरुलाई सन्तुष्ट पार्नु मेरो कर्तव्य हो | अन्यथा म कहीं पनि हुन्न | त्यसैले यदि तिमी कहीं पनि नहुन रुचाउँछौ भने तिमी आफुले चाहे जसरी अवज्ञा गर | तर यदि तिमी आफ्नो अवस्थामा स्थिर हुन चाहन्छौ भने तिमीले कडा रुपमा गुरुको उपदेश पालन गर्नुपर्छ |

भक्त (१): हामीले केवल हजुरको पुस्तक पढेर हजुरको उपदेश बुझ्न सक्छौं |

प्रभुपाद: हो | जसरी पनि, उपदेश पालन गर | त्यो जरुरि छ | उपदेश पालन गर | तिमी जहाँ हुन्छौ, त्यसले फरक पर्दैन | तिमी सुरक्षित हुन्छौ | उपदेश पालन गर | तब तिमी जहाँ पनि सुरक्षित हुन्छौ | त्यसले फरक पर्दैन | जस्तै मैले तिमीहरुलाई भनेको थिएँ कि मैले मेरो गुरु महाराजलाई आफ्नो जीवनको दश दिन भन्दा बढी देखिनँ, तर मैले उहाँको उपदेश पालन गरें | म गृहस्थ थिएँ, म कहिल्यै मठमा, मन्दिरमा बसिनँ | यो व्यवहारिक छ | धेरै गुरुभाईले सिफारिश गर्नुभयो कि "उनले बम्बई मन्दिरको कार्यभार सम्हाल्नुपर्छ, यो, त्यो......" गुरु महाराजले भन्नुभयो,"ऊ बाहिर बसेको नै ठिक हुन्छ | त्यो राम्रो हुन्छ र उसले आवश्कय कार्य समय आएपछि पुरा गर्नेछ |"

भक्तहरु: जय ! हरिबोल !

प्रभुपाद: उहाँले त्यस्तो भन्नुभयो | मैले त्यतिबेला बुझ्न सकिनँ कि उहाँले के चाहनुहुन्थ्यो | अवश्य पनि, मलाई थाहा थियो कि उहाँ मैले प्रचार गरेको चाहनुहुन्थ्यो |

यशोदानन्दन: मलाई लाग्छ कि हजुरले यो शानदार ढंगमा पुरा गर्नुभएको छ |

भक्तहरु: जय, प्रभुपाद ! हरिबोल !

प्रभुपाद: हो, शानदार ढंगमा गरें किनकि मैले कडा रुपमा आफ्नो गुरु महाराजको उपदेशको पालन गरें, त्यति हो | अन्यथा मसँग केहि शक्ति छैन | मैले कुनै जादु गरिनँ | गरें र? कुनै सुनको उत्पादन? (हाँसो चल्छ) तब पनि, मसँग सुन उत्पादन गर्ने गुरुभन्दा राम्रा शिष्यहरु छन् |