NE/Prabhupada 0151 - हामीले आचार्यबाट सिक्नुपर्छ

The printable version is no longer supported and may have rendering errors. Please update your browser bookmarks and please use the default browser print function instead.


Lecture on SB 7.6.1 -- Madras, January 2, 1976


हामीले विभिन्न योजनाहरु बनाउँदैछौं तर यो सफल हुनेछैन | त्यो कुरा मैले हिजो राति व्याख्या गरेको थिएँ, कि हामी स्वतन्त्रतापूर्वक सोच्दैछौं र हामीले खुसी हुन स्वतन्त्र रुपमा धेरै योजनाहरु बनाउँदैछौं | यो सम्भव छैन | त्यो मायाको भ्रामिक खेल हो | दैवी ह्य् एषा गुण​-मयी मम माया दुरत्यया | तपाईले पार गर्न सक्नुहुन्न | तब अन्तिम समाधान के हो त ? माम् एव ये प्रपद्यन्ते मायाम् एतां तरन्ति ते (भ गी ७|१४) | यदि हामी कृष्णमा शरणागत हुन्छौं भने हामीले आफ्नो मौलिक अवस्था पुनर्जागृत गर्न सक्छौं | कृष्ण भावना भनेको चेतनामा धेरै कुराहरु नराखी........ तिनीहरु सबै दुषित चेतना हुन् | वास्तविक चेतना...... हामीसँग चेतना छ, यो तथ्य हो, तर हाम्रो चेतना दुषित छ | त्यसैले हामीले आफ्नो चेतनाको शुद्धिकरण गर्नुपर्छ | चेतनाको शुद्धिकरण भनेको भक्ति | भक्ति, नारद पञ्चरात्र​मा व्याख्या दिइएको छ......रूप गोस्वामीले भन्नुहुन्छ,

अन्याभिलाषिता-शून्यं ज्ञान​-कर्माद्य्-अनावृतम्
आनुकूल्येन कृष्णानु- शीलनं भक्तिर् उत्तमा
(भ र सि १|१|११)

यो प्रथम श्रेणीको भक्ति हो कि अरु कुनै ध्येय हुँदैन | अन्याभिला...... किनकि यो भौतिक जगतमा हामी भौतिक प्रकृतिको नियन्त्रणमा छौं | प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः, अहङ्कार​-विमूढात्मा कर्ता... (भ गी ३।२७) | हामी भौतिक प्रकृतिको पूर्ण नियन्त्रणमा छौं | तर हामी मूर्ख भएको कारण हामीले आफ्नो अवस्था बिर्सिएका छौं, त्यसैले झुटो अहङ्कार​ | यो झुटो अहङ्कार​; "म भारतीय हुँ," "म अमेरिकी हुँ," "म ब्राह्मण हुँ," "म क्षत्रिय हुँ |" यो झुटो अहङ्कार​ हो | तसर्थ नारद पञ्चरात्र​मा भनिएको छ, सर्वोपाधि-विनिर्मुक्तं (चै च मध्य १९।१७०) | मानिस यी सम्पूर्ण उपाधिहरुबाट मुक्त हुनुपर्छ, "म भारतीय हुँ," "म अमेरिकी हुँ," "म यो हुँ," "म त्यो हुँ |" "म......." सर्वोपाधि विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् | जब ऊ शुद्ध हुन्छ, निर्मलम्, उपाधिबाट मुक्त हुन्छ, तब उसले बुझ्छ "म भगवानको अंश हुँ |" अहं ब्रह्मास्मि | यो अहं ब्रह्मास्मि हो |

कृष्ण पर-ब्रह्म हुनुहुन्छ | उहाँको वर्णन श्रीमद्-भगवद्-गीतामा छ | अर्जुन........परं ब्रह्म परं धाम पवित्रं परमं भवान् पुरुषं शाश्वतम् आद्यम् (भ गी १०।१२) | अर्जुनले चिने र उनले भने,"हजुरलाई सबै अधिकारीहरुले चिन्छन् |" प्रह्लाद महाराज एक अधिकारी हुन् | मैले अधिकारीहरुको वर्णन गरिसकें | ब्रह्मा अधिकारी हुन् , शिवजी अधिकारी हुन् र कपिल अधिकारी हुन् , चार कुमारहरु अधिकारी हुन् र मनु अधिकारी हुन् | त्यसैगरी प्रह्लाद महाराज अधिकारी हुन् | जनक महाराज अधिकारी हुन् | बाह्र अधिकारी | अर्जुनले पुष्टि गरे कि "हजुरले स्वयं भन्दै हुनुहुन्छ कि हजुर भगवान् हुनुहुन्छ," मत्तः परतरं नान्यत् (भ गी ७।७), "र भगवद् गीताको छलफलबाट मैले पनि हजुरलाई पर-ब्रह्मको रुपमा स्वीकार्छु | र त्यति मात्र होइन, सबै अधिकारीहरुले हजुरलाई स्वीकार्नुहुन्छ |" हालसालै, हाम्रो समयमा, रामानुजाचार्य, मध्वाचार्य, सबै आचार्यहरुले पनि कृष्णलाई स्वीकारे | शङ्कराचर्याले पनि कृष्णलाई स्वीकारे | स भगवान् स्वयं कृष्णः | कृष्णलाई सबै आचार्यहरुद्वारा परम पुरुषोत्तम भगवानको रुपमा स्वीकारिएको छ |

त्यसैले हामीले आचार्यहरुबाट सिक्नुपर्छ, कुनै सामान्य मानिस वा कुनै स्व-घोषित आचार्यबाट होइन | होइन | त्यो चाहिंदैन | जस्तै हामी....... कहिलेकहीं, आदलतमा हामीले अर्को आदलतको केहि निर्णय दिन्छौं र त्यसलाई गम्भिरतापूर्वक लिइन्छ किनकि त्यो आधिकारिक हुन्छ | हामीले निर्णय उत्पादन गर्न सक्दैनौं | त्यसैगरी, आचार्योपासनं, भगवद् गीतामा यो सिफारिश गरिएको छ | हामी आचार्यहरु समक्ष जानुपर्छ | आचार्यवान् पुरुषो वेद​: "जसले गुरु शिष्य परम्पराका आचार्यलाई स्वीकार्छ, उसलाई यथार्थ कुरा थाहा हुन्छ |" सबै आचार्यहरुले कृष्णलाई परम पुरुषोत्तम भगवानको रुपमा स्वीकार्छन् | नारदले स्वीकार्छन्, व्यासदेवले स्वीकार्छन् र अर्जुनले पनि स्वीकार्छन्, जसले व्यक्तिगत रुपमा कृष्णबाट भगवद् गीता सुने | र ब्रह्माजी | हिजो कसैले प्रश्न सोधे कि "द्वापर युगभन्दा अगाडि कृष्णको नाम थियो कि थिएन ?" होइन, थियो | शास्त्रमा कृष्ण हुनुहुन्छ | वेदहरुमा, अथर्व वेदमा र अरु शास्त्रमा कृष्णको नाम छ | र ब्रह्म-संहितामा- ब्रह्माजीले ब्रह्म-संहिता लेख्नुभएको हो- त्यहाँ स्पष्ट व्याख्या छ, ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द​-विग्रहः (ब्र स ५|१), अनादिर् आदिः | अनादिर् आदिर् गोविन्दः सर्व​-कारण​-कारणम् (ब्र स ५|१) | र कृष्णले पनि भन्नुहुन्छ, मत्तः परतरं नान्यत् किञ्चिद् अस्ति धनञ्जय (भ गी ७।७)| अहं सर्वस्य प्रभावो (भ गी १०।८) | सर्वस्य भनेको सबै देवताहरु सहित, सबै जीवहरु, सबै | र वेदान्तमा भनिएको छ, जन्माद्य् अस्य यतः (श्री भा १।१।१) | कृष्ण परमपुरुष हुनुहुन्छ, ईश्वरः परमम्, ब्रह्माजीले भनेका हुन् | उनी वैदिक ज्ञानका वितरक हुन् र कृष्णले पनि भन्नुहुन्छ, वेदैश् च सर्वैर् अहम् एव वेद्यम् (भ गी १५।१५) | यो अन्तिम लक्ष्य हो |