NE/Prabhupada 0150 - हामीले जप त्याग्नुहुँदैन



Lecture on SB 6.1.15 -- Denver, June 28, 1975


अथापि ते देव पदाम्बुज​-द्वयं प्रसाद​-लेशानुगृहीत एव हि
जानाति तत्त्वं न चान्य एको ऽपि चिरम् विचिन्वन्
(श्री भा १०|१४|२९)

जसलाई कृष्णको अहैतुकी कृपा परेको छ, तिनीहरुले कृष्णलाई बुझ्नसक्छन् | अरु, न चान्य एको ऽपि चिरम् विचिन्वन् | चिरम् भनेको धेरै समयसम्म, धेरै वर्षसम्म , यदि तिनीहरु कल्पना गर्छन् कि भगवान् को हुनुहुन्छ, वा कृष्ण को हुनुहुन्छ, त्यो प्रक्रियाले हामीलाई मदत गर्नेछैन | त्यस्ता धेरै वैदिक संस्करण छन् :

अतः श्री-कृष्ण​-नामादि न भवेद् ग्राह्यम् इन्द्रियै:
सेवोन्मुखे हि जिह्वादौ स्वयम् एव स्फुरत्य् अदः
(चै च मध्य १७|१३६)

कृष्ण, उहाँको नाम, उहाँको कीर्ति, गुण, उहाँको क्रियाकलाप ... श्री-कृष्ण​-नामादि न भवेद्... नामादि भनेको "पवित्र नामको सुरुवातबाट |" त्यसैले सम्भव छैन ... यदि हामी आफुलाई भौतिक स्तरमा राख्छौं भने हजारौँ वर्ष जप गरेपनि यो गाह्रो हुन्छ | त्यसलाई नामापराध भनिन्छ | अवश्य पनि, पवित्र नाम यति शक्तिशाली छ कि अपराध सहित जप गरे पनि क्रमिक रुपमा ऊ शुद्ध हुन्छ | तसर्थ हामीले जप त्याग्नुहुँदैन | कुनै पनि परिस्थितिमा हामीले निरन्तर हरे कृष्ण जप्नुपर्छ | तर चेतावनी यो छ कि यदि हामीले आफुलाई भौतिक स्तरमा राख्छौं भने कृष्णलाई बुझ्न सम्भव छैन, उहाँको पवित्र नाम, उहाँको गुण, उहाँको रूप, उहाँको लिला बुझ्न सकिंदैन | यो सम्भव छैन |

त्यसैले यसको प्रक्रिया भक्ति हो | र जब तपाई कृष्णलाई बुझ्ने स्तरमा आउनुहुन्छ, तब तपाई तत्काल आध्यात्मिक जगतमा स्थानान्तरित हुन योग्य हुनुहुन्छ | कृष्णले पनि भगवद् गीतामा भन्नुहुन्छ, त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति (भ गी ४|९) |