NE/Prabhupada 0156 - म त्यो सिकाउन खोजिरहेको छु जुन तपाईले बिर्सनुभएको छ

Revision as of 14:34, 1 December 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Hindi Pages with Videos Category:Prabhupada 0156 - in all Languages Category:HI-Quotes - 1969 Category:HI-Quotes - Arr...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Arrival Address -- London, September 11, 1969

रिपोर्टर: तपाईले के सिकाउन खोज्दै हुनुहुन्छ, महासय ?

प्रभुपाद: म त्यो सिकाउन खोजिरहेको छु जुन तपाईले बिर्सनुभएको छ |

भक्तहरु: हरि बोल ! हरे कृष्ण ! (हाँसो चल्छ)

रिपोर्टर: जुन के हो ?

प्रभुपाद: त्यो हो भगवान | तपाईहरु मध्ये कोहि भन्नुहुन्छ कि त्यहाँ भगवान हुनुहुन्न, कोहि भन्नुहुन्छ भगवान मर्नुभयो, र कोहि भन्नुहुन्छ कि भगवान निराकार वा शुन्य हुनुहुन्छ | यी सब बेकार हुन् | म यी सब बेकारलाई सिकाउन चाहन्छु कि भगवान हुनुहुन्छ | त्यो मेरो उद्देश्य हो | कोहि बेकार म कहाँ आउन सक्छन, र म प्रमाणित गर्नेछु कि भगवान हुनुहुन्छ | त्यो हो मेरो कृष्ण भावनामृत आन्दोलन | यो नास्तिक मानिसहरुलाई चुनौती हो | भगवान हुनुहुन्छ | जसरि हामी यहाँ आमने-सामने बसिरहेका छौं, तपाईले भगवानलाई आमने-सामने देख्न सक्नुहुन्छ | यदि तपाई इमान्दार हुनुहुन्छ र यदि तपाई गम्भीर हुनुहुन्छ, त्यो सम्भव छ | दुर्भाग्यवास, हामी भगवानलाई बिर्सन खोजिरहेका छौं; तसर्थ हामी जीवनका धेरै दु:खहरुलाई अंगालिरहेका छौं | त्यसैले म केवल यो प्रचार गरिरहेको छु कि तपाईसंग कृष्ण भावनामृत छ र खुसी हुनुहोस | माया या भ्रमका यी बेकार तरंगबाट नबहकिनुहोस | त्यो मेरो अनुरोध हो |

भक्तहरु: हरि बोल !