NE/Prabhupada 0156 - म त्यो सिकाउन खोजिरहेको छु जुन तपाईले बिर्सनुभएको छ



Arrival Address -- London, September 11, 1969

पत्रकार: तपाईले के सिकाउन खोज्दै हुनुहुन्छ, महासय ?

प्रभुपाद: म त्यो सिकाउन खोजिरहेको छु जुन तपाईले बिर्सनुभएको छ |

भक्तहरु: हरि बोल ! हरे कृष्ण ! (हाँसो चल्छ)

पत्रकार: जुन के हो ?

प्रभुपाद: त्यो हो भगवान् | तपाईहरु मध्ये कोहि भन्नुहुन्छ कि त्यहाँ भगवान हुनुहुन्न, कोहि भन्नुहुन्छ भगवान मर्नुभयो, र कोहि भन्नुहुन्छ कि भगवान निराकार वा शुन्य हुनुहुन्छ | यी सब बेकार हुन् | म यी सब बेकार मानिसलाई सिकाउन चाहन्छु कि भगवान् हुनुहुन्छ | त्यो मेरो उद्देश्य हो | कोहि पनि बेकार मानिस म कहाँ आउन सक्छन र म प्रमाणित गर्नेछु कि भगवान् हुनुहुन्छ | त्यो हो मेरो कृष्ण भावनामृत अभियान | यो नास्तिक मानिसहरुलाई चुनौती हो | भगवान् हुनुहुन्छ | जसरी हामी यहाँ आमने-सामने बसिरहेका छौं, तपाईले भगवानलाई आमने-सामने देख्न सक्नुहुन्छ | यदि तपाई इमान्दार हुनुहुन्छ र यदि तपाई गम्भीर हुनुहुन्छ भने त्यो सम्भव छ | दुर्भाग्यवश, हामी भगवानलाई बिर्सन खोज्दैछौं; तसर्थ हामी जीवनका धेरै दु:खहरुलाई अंगाल्दैछौं | म केवल यो प्रचार गर्दैछु कि तपाई कृष्ण भावना ग्रहण गर्नुहोस् र खुसी हुनुहोस् | माया या भ्रमका यी बेकार तरंगबाट नबहकिनुहोस् | त्यो मेरो अनुरोध हो |

भक्तहरु: हरि बोल !