NE/Prabhupada 0319 - भगवानलाई स्वीकार, आफुलाई भगवानको दास भनेर सम्झिऊ, र भगवानको सेवा गर

Revision as of 06:44, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0319 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Co...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Room Conversation with Sanskrit Professor, other Guests and Disciples -- February 12, 1975, Mexico


पाउना (४): त्यसैले धर्म भनेको धार्मिक विस्वास अथवा कर्तव्य हो ?

प्रभुपाद : होइन, धर्म भनेको कर्तव्य हो, वर्णाश्रम-धर्म | त्यो पनि छोडीसके | त्यो भनेको कर्ताव्य मात्र कृष्ण चेतना प्रति हुन्छ | उँहाले भन्नु भयो सर्व-धर्मान परितज्य | सुरुमा उँहाले भन्नुभयो धर्म​-संस्थापनार्थाय​ | हो | युगे युगे सम्भवामि | अब, उँहाले भन्नुभयो कि "म धर्म पुनर्स्थापना गर्न आउँछु |" त्यसैले अन्तिम क्षणमा उँहाले भन्नुभयो सर्व​-धर्मान् परित्यज्य​ | त्यो भनेको तथाकथित धर्म, जुन यो संसारमा छ, त्यो साँचो होइन | र भागवत गीता भन्छ, धर्मः प्रोज्झित​-क्ऐतवो ऽत्र (श्री भा १|१|२), कि "सबै खालको तथाकथित धर्म अस्विकार गरिनुपर्छ |" धर्मको नाटक गर्छन, के हो त्यो ? नाटक .... जस्तै सुन | सुन सुननै हुन्छ | यदि सुन कोहि हिन्दुको हातमा भयो भने त्यो हिन्दु सुन हुन्छ ? त्यसैगरी, धर्म भनेको भगवानको आज्ञा पालन गर्ने हो | त्यसैले कहाँ छ हिन्दु धर्म ? कहाँ छ क्रिस्टेन धर्म ? कहाँ छ मुस्लिम धर्म ? भगवान सर्वत्र हुनुहुन्छ, र हामी मात्रै भगवानको आज्ञा पालना गर्नु पर्छ | त्यो एउटा धर्म हो, आज्ञा पालना गर्ने | किन तिनीहरुले हिन्दु धर्म, मुस्लिम धर्म, क्रिस्टेन धर्म इत्यादी धर्म आविस्कार गरे ...? त्यसैले तिनीहरु सबै धर्मको नाटक गरिरहेका छन् | धर्म भनेको आज्ञाकारी हो .... धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६|३|१९)| जस्तै कानून | कानून राज्यले बनाउँछ | त्यो कानून हिन्दु कानून, मुस्लिम कानून, क्रिस्टेन कानून हुन सक्दैन | कानून सबैको लागि बनाइएको हुन्छ | राज्यको नियम पालना गर्ने, त्यो हो कानून | त्यसैगरी, धर्म भनेको भगवानको आज्ञा पालना गर्ने हो | नत्र ऊ संग भगवानको केहि ज्ञानन छैन, कहाँ छ धर्म ? त्यो नाटक धर्म हो | त्यसैले भागवतमा तिमीले पाउन सक्छौ, धर्मः प्रोज्झित​-क्ऐतवो ऽत्र​: (श्री भा १|१|२) "सबै तथाकथित धर्म अस्वीकृत हुनुपर्छ |" र कृष्णले पनि त्यही कुरा भन्नुभएको छ, सर्व-धर्मान परितज्य : (भा गि १८|६६)" तिमी यो तथाकथित धर्म त्यागदेऊ | तिमी मात्र मेरो शरण पर | त्यो हो धर्म |" तथाकथित धर्मको बारेमा सोचेर के फाइदा | त्यो धर्म होइन | जस्तै कानुनको नाटक गरेजस्तो | कानूनको नाटक गर्न सकिदैन | कानून भनेको कानून हो, राज्यले दिएको | त्यसैगरी, धर्म भनेको भगवानले दिनुभएको आज्ञा हो | त्यो हो धर्म | यदि तिमीले आज्ञा पालना गर्यौ भने तिमी धार्मिक हुन्छौ | यदि तिमीले पालना गरेनौ भने, तिमी राक्षेस हुन्छौ | कुराहरु सजिलो बनाउ | अनि यो सबैको लागि चित्त बुज्दो हुन्छ | त्यसैले यो कृष्णभावनाको अभियान वास्तवमा कुराहरु सहज बनाउनको लागि हो | भगवानको आज्ञा पालना गर, आफुलाई भगवानको दास भनेर सम्झिउ, र भगवानको सेवा गर | त्यत्ति हो, तिन सब्द |