NE/Prabhupada 0337 - यो तथाकथित सुख र दुःखबाट विचलित भएर आफ्नो समय नाश नगर

Revision as of 07:25, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0337 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on CC Madhya-lila 20.103 -- Washington, D.C., July 8, 1976


त्यहाँ धेरै चिज छन् जुन हामीले कस्ट गर्नुपर्छ | यसलाई जीवनको लागि कस्ट भनिन्छ | आधुनिक वैज्ञानिक पनि त्यहि भन्छन् ... यो धेरै शान्त अवस्था होइन | त्यहि प्रश्न सनातन गोस्वमिले प्रस्तुत गर्नुभएको थियो | कि किन त्यहाँ जीवनको लागि संघर्ष गर्नु पर्ने भनेर ? किन सजिलो र शान्त जीवन जिउन सकिदैन ? किन केहि बाहिरी तत्व, तिनीहरुले हामीलाई उल्टो दिशा धकेल्छ ? म खुसि हुन चाहन्छु, तर त्यहाँ उल्टो छ | त्यो जीवनको लागि संघर्ष हो | यो प्रश्न त्यहाँ हुनुपर्छ : किन ? एउटा झिंगाकोसँग हामीले झगडा गर्नुपर्छ | म बसिरहेछु, झिंगालाई केहि नगरिकन, तर त्यसले मलाई आक्रमाण गर्छ, मलाई दिक्क बनाउँछ | त्यहाँ धेरै छ | यदि तिमी कुनै अपराध बिना बसिरहेका छौ भने ... जस्तै तिमी बाटोमा हिँड्दै छौ, त्यहाँ कुनै अपराध छैन, तर एउटा घरबाट सबै कुकुर कराउन थाले : "तिमी किन यहाँ आयौ? तिमी किन यहाँ आयौ ? " त्यहाँ त्यो कुकुरलाई भुक्ने केहि कारण थिएन , तर त्यो कुकुर हो, त्यसको काम भनेको "किन तिमी आयौ, किन तिमी आयौ ?" त्यसैगरी, हामीलाई एउटा ठाउँ बाट अर्को ठाउँ जान स्वतन्त्रता छैन | त्यहाँ आप्रवास विभाग छ : "तिमी किन आयौ ? तिमी किन आयौ ?" धेरै ठाउँमा हामीलाई प्रवेश निषेध गरिएको थियो | हामीलाई प्लेनमा रोकिएको थियो | "होइन, तिमी जान सक्दैनौ, पछाडी जाउ |" त्यसैले मलाई पछि हट्नु पर्यो| त्यसैले, धेरै वेफाइदाहरु | पदं पदं यद् विपदां न तेषाम् (श्री भा १०|१४|५८)| यो भौतिक संसारमा तिमी शान्तसँग बस्न सक्दैनौ | धेरै शान्तसँग सुत्न सक्दैनौ | त्यहाँ धेरै बाधा छन् | शास्त्र भन्छ पदं पदं यद् विपदाम्: हरेक पाईलामा खतरा छ | तल्लो स्तरको जनावरदेखि, मानव समाजसम्म प्राकृतिक रुपमा, जुनमा हाम्रो नियन्त्रण छैन | त्यसैले हाम्रो जीवन यो भौतिक संसारमा खुसि छैन, र हामीले यसको बारेमा जिज्ञासा गर्नुपर्छ, र त्यहाँ किन धेरै वाधा छन् | त्यो मानव जीवन हो | त्यो हो मानव जीवन | त्यसैले कसरी जिज्ञासा राख्ने ? कसरी खुसि हुने ? जीवनको लक्ष्य के हो ? सनातन गोस्वामी ... सनातन गोस्वामी मात्रै होइन, उहाँ हाम्रो लागी प्रतिनिधित्व गर्दै हुनुहुन्छ | हामीलाई थाहा छैन, हामीलाई थाहा छैन | त्यसैले चैतन्य महाप्रभुको कृपाले अथवा उहाँको शिष्यहरुको कृपाले, कोहि प्रबुद्ध हुन सक्छ ... जीवनको लक्ष के हो , किन त्यहाँ जीवनको लागि संघर्ष गर्नुपर्छ, किन त्यहाँ मृत्यु हुन्छ | म मर्न चाहन्न; किन त्यहाँ जन्म हुन्छ ? म आमाको गर्भमा गएर धेरै दिनसम डल्लो पर्न चाहन्न | म बुढो हुन चाहन्न; तर यी कुराहरु मलाई आइपर्छन् | त्यसैले हाम्रो काम भनेको, वास्तविक काम, कसरी यी प्रश्नहरुको समाधान गर्ने, यो होइनकी आर्थिक विकासको लागि वन्दोवस्त गर्ने | आर्थिक विकाश, हामीलाई जे जे पाउन लेखिएको छ, हामीले त्यो पाउनेछौँ | कि खुसी कि दुख, हामीले त्यो पाउँछौँ | जस्तै हामी दुख चाहदैँनौ, तर त्यो आइपर्छ | त्यो हामिमा आइपर्छ | त्यसैगरी, थोरै खुसि जुन हामीले पाउनको लागि लेखिएको छ, त्यो नी आउँछ | यो शास्त्रको सुझाव हो | तिम्रो कित्रिम तरिका खर्च गरेरे केहि खुसि पाउन समय खर्च नगर | जे कुराले तिमीलाई खुसि बनाउन लेखिएको छ, त्यो आफैँ आउँछ | त्यो कसरी आउँछ ? यथा दुःखम् अयत्नतःत्यस्तै तरिकाले | जस्तै तिमी समस्याको लागि प्रयाश गर्दैनौ, तर यो तिमी माथि आइपर्छ | त्यसैगरी, यदि तिमी खुसीको लागि प्रयास नगरे पनि, जे कुरा तिम्रो भाग्यमा लेखिएको छ, तिमीले त्यो पाउँछौ | त्यसैले यो तथाकथित खुसि र दुखि भन्दै आफ्नो समय वर्वाद नगर | बरु आफ्नो अमुल्य समय जीवनको लक्ष्य के हो भन्ने कुरामा व्यतित गराए उत्तम हुन्छ, किन त्यहाँ धेरै समस्या छन्, किन तिमीले जीवनको लागि संघर्ष गर्नुपर्छ | यो तिम्रो काम हो ... यो हो कृष्णभावनामृत अभियान, कि हामी मानिसहरुलाई समस्या बुझ्नको लागि प्रेरित गरिरहेका छौँ | यो सांप्रदायिक अभियान होइन अथवा कुनै धार्मिक अभियान होइन | यो शैक्षिक सांगीतिक अभियान हो | सबै मानिसले जीवनको लक्ष्य बुझ्नुपर्छ | सबै मानिसले बुझ्नुपर्छ कि , जीवनको लागि किन संघर्ष गरिनुपर्छ, यदि त्यहाँ कुनै उपाय छ भने, यदि त्यहाँ कुनै तरिका छ भने हामी शान्त सँग बस्न सक्छौँ, कुनै अशान्ति बिना ... यी वास्तुहरुनै मानवजीवनमा जान्नुपर्ने विषय हो, र उसले त्यो अपनाउनु पर्छ ... जस्तै सनातन गोस्वामी, उहाँ मन्त्रि हुनुहुन्थ्यो, धेरै विद्द्वान, तर उहाँ चैतन्य महाप्रभुको शरण पर्नुभयो | त्यसिले हामी चैतन्य महाप्रभुको शरण पर्नुपर्छ अथवा उहाँको पार्षदको शरण पर्नुपर्छ | तद् विद्धि प्रणिपातेन (भा गी ४|३४) | चुनौति दिएर गरिने, त्यो तरिका होइन "तिमी मलाई भगवान देखाउन सक्छौ ?" यी चुनौती हुन् | यो तरिका होइन | भगवान सर्वत्र हुनुहुन्छ, सर्वप्रथम भगवान देख्ने आँखा बनाऊ, अनि चुनौती देउ, "मलाई भगवान देखाउन सक्छौ ?" भनेर यस्तो खालको मनोभावले हामीलाई सहायता गर्दैन | विनम्र | तद् विद्धि प्रणिपातेन | यो शास्त्रको आदेश हो | यदि तिमीलाई विज्ञान जान्न मन छ भने, दिव्य विज्ञान, तद् विद्धि - बुझ्न कोशिस गर - तर प्रणिपातेन, ज्यादै विनम्र भएर | जस्तै सनातन गोस्वामी एकदम विनम्र भएर प्रस्तुत गर्नुहुन्छ |