NE/Prabhupada 0343 - हामी मुढहरुलाई शिक्षा दिन प्रयासरत छौं

Revision as of 07:40, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0343 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 3.27 -- Madras, January 1, 1976


"कृष्ण, जब उहाँ यो धर्तिमा आउनुभयो, उहाँले व्यावहारिक रुपमा प्रस्तुत गर्नुभयो कि, उहाँले सबैलाई अधिनमा राख्नुभयो तर कसैको अधिनमा रहनुभएन | त्यो हो ईश्वर | त्यो परमेश्वर हो | ईश्वर जोपनि हुनसक्छ | भगवान जोपनी हुनसक्छ | तर परम पुरुषोत्तम भगवान कृष्ण हुनुहुन्छ | नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठो ऊपनिषद् २|२|१३) | त्यसैले हामीले राम्रोसँग बुझ्नुपर्छ कि , यो धेरै गार्हो छैन | त्यहि परम नियन्त्रक हाम्रो अगाडी आउनुभएको छ, मान्छेको शरीरमा | तर हामीले उहाँलाई स्वीकार गर्दैनौ | त्यो गाह्रो छ | आवजानन्ति मां मूढा मानुषीं तनुम् आश्रितम् (भा गी ९|११)| त्यो धेरै खिन्न लाग्दो कुरा हो | कृष्ण भन्नुहुन्छ "म, परम नियन्त्रक को हो भनेर आएर देखाउन चाहन्छु " र म मानव भएर भूमिका निर्वाह गर्दै छु कि सबैले यो बुझुन भनेर | म भागवत गीतामा ज्ञान दिईरहेको छु , तैपनि, यी मुर्खहरु, यी दुस्ट हरु, तिनीहरु बुझ्न सक्दैनन् |" त्यसैले भगवान त्यहाँ हुनुहुन्छ | हामीले भगवानको नाम प्रचार गरिरहेका छौँ, कृष्ण, भगवान बस्ने ठाउँ, वृन्दावन, भगवानको नाम, माताको नाम | त्यसैले किन ... भगवानलाई पाउन कहाँ गाह्रो छ ? तर तिनीहरु यो मान्दैनन् | तिनीहरु त्यो स्वीकार गर्दैनन् | तिनीहरुलाई मुढा भनेर सम्बोधन गरिएको छ | त्यसैले यो बिहान ति प्रेसका अधिकारीहरुले मलाई सोध्दै थिए, "तिम्रो अभियानको उदेश्य के हो ?" त्यसैले मैले भने,"मुढाहरुलाई ज्ञान दिने, त्यत्ति हो |" यो नै कृष्ण चेतना अभियानको सार हो,हामी त्यहि कुरा सिकाउन खोजिरहेका छौँ | र दुस्ट को हो ? त्यो कृष्णले वर्णन गर्नुहुन्छ | न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः (भा गी ७|१५)| किन ? मयायापहृत​-ज्ञानाः किन मायाले यी ज्ञान लगिदियो ? आसुरं भावम् आश्रिता | हामीले धेरै सजिलो परिक्षा पाएका छौँ, जस्तै यो रसायनशास्त्रको ज्ञान भएको मान्छे टेस्टटिउबमा के पदार्थ छ भन्ने कुरा थाहा पाउन सक्छ | त्यसैले हामी धेरै बुद्धिमान छौँ | हामी पनि एक मुढा हौँ, तर हामीसँग टेस्टटिउब छ | कृष्ण भन्नुहुन्छ ... हामीलाई मुढा भएर बस्न मन छ, र कृष्ण बाट ज्ञान लिन मन छ | यो कृष्ण चेतना हो | हामी आफुलाई धेरै पढेलेखेको विद्द्वान सम्झिदैनौ -"हामीलाई सबै थाहा छ भनेर |" होइन | हामी ... चैतन्य महाप्रभु, उहाँ पनि मुढा भएर रहन खोज्नु भयो | उहाँ, जब प्रकाशानन्द शरस्वतीसँग कुरा गर्नुभयो ... उहाँ मायावादी सन्यासी हुनुहुन्थ्यो | चैतन्य महाप्रभु नाच्दै किर्तन गर्दै हुनुहुन्थ्यो | त्यसैले यी मायावादी सन्यासिले उहाँको कुरा काट्नु हुँदै थियो "ऊ त सन्यास हो, र ऊ मात्र किर्तन गर्दै नाच्दै भावात्मक व्यक्तिजस्तै गर्दै छ | के हो यो ? त्यसैले प्रकाशानन्द शरस्वती र चैतन्य महाप्रभुबिच एउटा भेटवार्ता राखियो | त्यो भेटवार्तामा चैतन्य महाप्रभुले एक ईमान्दार सन्यासीको भूमिकामा प्रस्तुत हुनुभयो | त्यसैले प्रकाशानन्द शरस्वतीले उहाँलाई प्रश्न गर्नुभयो,"हजुर सन्यासी हुनहुन्छ |" हजुरको कर्तव्य भनेको सधैँ वेदान्त अध्यन गर्ने हो | त्यसैले कसरी हो त्यो कि, तपाई किर्तन गर्दै नाच्दै हुनुहुन्छ ? हजुर वेदान्त अध्यन गर्दै हुनुहुन्न |" चैतन्य महाप्रभुले भन्नुभयो, "हो, गुरु, त्यो सत्य हो | म यो गर्दै छु किनकि मलाई मेरो गुरुमहाराजले मुढा देख्नुभएको, दुस्ट |" "कसरी भयो त्यो ? " "उहाँले भन्नुभयो, गुरु मोरे मूर्ख देखिऽ करिल शासन (चै च आदि ७|७१)| मेरो गुरु महाराजले मलाई ज्यादै मुर्ख देख्नुभयो, र उहाँले मलाई गालि गर्नुभयो |" "कसरी उहाँले तपाइँलाई गालि गर्नुभयो ? " तिमीलाई वेदान्त पढ्ने अधिकार छैन | तिमीलाई त्यो सम्भव छैन | तिमी मुढा छौ | तिमी हरे कृष्ण जप, त्यहि उत्तम हुनेछ |" त्यसैले उहाँको धारणा के थियो ? त्यो धारणा भनेको, वर्तमान समयमा, यी मुढाहरु, तिनीहरुले कसरी वेदान्त बुझ्न सक्छन् ? हरे कृष्ण जप गर्दै उत्तम हुन्छ | अनि तिमीले सबै ज्ञान पाउँछौ | हरेर् नाम हरेर् नाम हरेर् नाम्ऐव केवलम् कल्औ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा (चै च आदि १७|२१) यो युगमा मान्छेहरु यति तल गिरेका छन् कि तिनीहरुले कसरी वेदान्त बुझ्छन् र कोसले वेदान्त अध्यान गर्ने समय पाएका छन् ? त्यसैले उत्तम मार्ग भनेको, कृष्णले भन्नुभएजस्तो गरि वेदान्तको अध्यन गर वेद्ऐश् च सर्व्ऐर् अहम् एव वेद्यः (भा गी १५|१५)| त्यसैले वेदान्त ज्ञान भनेको शब्दाद् अनावृत्ति | जप गरेर शब्द-ब्रह्म, हामी मुक्त हुन सक्छौँ | त्यसैले यो, यो शास्त्रमा उल्लेख गरिएकको छ : हरेर् नाम हरेर् नाम हरेर् नाम्ऐव केवलम् कल्औ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा (चै च आदि १७|२१) त्यसैले कोहीलाई यो भौतिक आशक्तिबाट मुक्त हुन मन छ भने, जन्म​-मृत्यु-जरा-व्याधि (भा गी १३|९) - यी समया हुन् - त्यसैले शास्त्र अनुसार, महाजन अनुसार, हामीले हरेकृष्ण महामन्त्रको जप गर्नुपर्छ | यो हाम्रो, मैले भन्न खोजेको, हाम्रो उदेश्य हो |