NE/Prabhupada 0368 - तिमी मूर्खतापूर्वक सोच्दैछौ कि तिमी शाश्वत छैनौ

Revision as of 08:57, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0368 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Mo...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Morning Walk -- January 3, 1976, Nellore


प्रभुपाद: म सोच्छु यो ब्रह्मविद्याको समाज हो ? त्यो व्यापार-चिह्न हो वा रामक्रिश्न​ मिशन हो |

अच्युतानन्द : हैन, मोक्षको सेना |

प्रभुपाद : मोक्षको सेना, ओह |

हरिकेश​ : वास्तवमा हामी एकमात्रै मोक्षको सेना हौ | ( विराम)

अच्युतानन्द​:......अधिकारीको अधिकारी | हामीले उहाँको अधिकार स्वीकार गर्दैछौ, तर यो अनुभव उहाँको प्रत्यक्ष अनुभूतिबाट आउँछ, जुन, फिर्ता आउँछ.....

प्रभुपाद : हामीले त्यस्तो अधिकारी लिदैनौ, जसले अरुबाट अनुभूति लिन्छन् | हामीले अधिकार केशवलाल् त्रिवेदीबाट लिन्छौ | अनुभवी |

प्रभुपाद: स्वतः | परास्य भक्तिर विविधैव श्रुयते स्वभाविकी ज्ञान​-बल​-क्रिया च​ | स्वभाव​, तिमीले.....जसरि तिमीले सोध्न सक्छौ कसरि कुनै कार्य गर्ने, यदि म भन्छु, " हो, तिमीलाई यो मनपर्छ, " स्वभाविकी | मसँग स्वाभाविक ज्ञान छ जसले मैले पूर्ण तरिकाले गर्नसक्छु | त्यो चल्दै छ | मयाध्यक्षेण प्रकृति: सूयते स​-चराचरम (भ गी ९|१०) | कृष्णले भन्नु भएको छ " तिमीलाई यो मन पर्छ |" त, तिमीले हेर्ने छौ, सबैकुरा पूर्णरुपमा एउटा निमको बिऊबाट निमको रुख पलाउछ | यो कृष्णले धेरै राम्ररी बनेको छ : बीजो ऽहं सर्व​-भूतानाम् ( भ गी ७|१०), त्यो निमको रुख आउँछ, आँपको आउदैन | रसायनहरु यसरि मिस्सियेका छन् | तिमीलाई त्यहाँ के छ थाहा छैन, बट वृक्ष​ | र एक ठुलो वरको रुख त्यहाँबाट आउँछ, अरु रुख हैन | त्यो ज्ञान हो | उहाँले सम्पूर्ण ज्ञान सानो स्थानमा दिनुभएको छ | त्यसैके कृष्ण भन्नुहुन्छ, बीजो ऽहं सर्व​-भूतानाम् | त्यहाँ कुनै गल्ति छैन | तिमि केवल त्यसलाई लिऊ र पालन गर | तिमीले नतिजा पाउँछौ |

अच्युतानन्द​ : त यो सिद्धान्तमा, जसले कुराहरुलाई उमार्छ, सबैकुरा, इशोपनिषदले भन्छ, सो ऽहम अस्मि: " म त्यो सिद्धान्त हु |" इशोपनिषदले आफ्नो परम श्लोकमा भन्छ, सो ऽहम अस्मि: " म त्यो हु |"

प्रभुपाद: अस्मि भनेको " यो मेरो शक्ति हो | यो मेरो शक्ति हो |"

अच्युतानन्द​ : होइन, यसले भन्छ......

प्रभुपाद: यदि म भन्छ " म इस्कोन हु ," त्यहाँ के गल्ति छ ? किनकि मैले यो सिर्जना गरेको हु, त्यसैले म भन्छु, " इस्कोन भनेको म | म इस्कोन हु |" तब त्यहाँ गल्ति के छ ? यो त्यस्तो छ | कृष्णको शक्तिबाट, सबैकुरा आएको छ | त्यसैले भनिएको छ ," म यो हु, म यो हु, म यो हु, म यो हु |" विभूति-भिन्नम् | किनकि सबैकुरा......जन्माद्य अस्य यत​: ( श्री भ १|१|१) | सबैकुरा कृष्णबाट आएको छ |

अच्युतानन्द​ : होइन, इशोपनिषदले भन्छ तिमि त्यो सिद्धान्त हौ | इशोपनिषदले भन्छ जुन सिद्धान्तले सुर्यलाई प्रकाश गर्दै छ, त्यो सिद्धान्त म हु |

प्रभुपाद: हो, एउटा भक्तले स्वीकार गर्छ.....त्यो हामी स्वीकार गर्छौ |

अच्युतानन्द​ : सुर्यलाई प्रकाश गर्ने प्राणी म हु |"

प्रभुपाद: मैले तिमीलाई बुझ्न सकिन |

अच्युतानन्द​ : सो ऽहम अस्मि | त्यो सोह्रौं.......

हरिकेश​ : " जसरि सुर्य मा जस्तै, रुपमा मैले गरिरहेको छु |" प्रभुपाद : हो, सो ऽहम अस्मि - किनकि म अंश हु |

च्युतानन्द​ : हैन , तर यसले भन्छ " म त्यो हु ," त्यो हैनकी " म त्यसको अंश हु " "म त्यो हु |"

प्रभुपाद: हैन, यदि त्यहाँ भनिएको छ भने, यसलाई स्वीकार गर्न सकिन्छ, किनकि गुणात्मक हिसाबले एकै हुन् |

केशवलाल त्रिवेदि : मात्रा, धेरै फरक |

प्रभुपाद : हो |

प्रभुपाद : यदि म भन्छु, " म भारतीय हु ," त्यहाँ गल्ति के छ, यदि म भन्छु भने, " म भारतीय हु "?

अच्युतानन्द​ : त्यो कुनै छुट्टै कुरा हो |

प्रभुपाद: हो | अरु केहि हैन |

अच्युतानन्द​ : तर श्रुतिलाई स्वीकार गर्ने, तिमि त्यहि सिद्धान्त हौ |

प्रभुपाद: त्यसैले तिमीले गुरुबाट सिक्नुपर्छ | र यदि तिमीले सिधै लियौ भने, तिमि मुर्खनै बस्ने छौ | त्यसैले तिमीलाई गुरु चाहिन्छ | त्यो नै श्रुतिको अनुदेश हो | तद्-विज्ञानार्थं स गुरुम एवाभिगच्छेत् ( मू ऊ १|२|१२) | तिमीले श्रुति पढ्नुपर्छ | तिमि गुरु हुनुपर्छ | अच्युतानन्द​ : होइन, तर यो त्यसपछि हुन्छ | उपनिषद्को परम निष्कर्ष हो, श्रुति, अधिकारी, तिमि त्यहि सिद्धान्त हौ |

प्रभुपाद: हो, म त्यहि सिद्धान्त हु | नित्यो नित्यानाम् |

अच्युतानन्द​ : ठिक छ, केहि कुरापनि अरु शास्वत भन्दा शास्वत हुन सक्दिन |

प्रभुपाद : सबैजना अनन्त छन् |

अच्युतानन्द​ : तब यो विरोधात्मक छ | नित्यो नित्यनाना: | तिमीले एउटा कुरालाई अर्को भन्दा धेरै शास्वत छ भनेर भन्न सक्दैनौ |

प्रभुपाद: हैन, हैन | त्यो बिन्दु हैन | सबैजना शास्वत छन् |

अच्युतानन्द​ : त एक अर्को भन्दा अर्को कसरि शास्वत हुन सक्छ....

प्रभुपाद : जसरि भगवान शास्वत हुनुहुन्छ, त्यसैले तिमि पनि शास्वत छौ | किनकी तिमीले यो भौतिक शरीर स्वीकार गरेका छौ, तिमीले मुर्खता पूर्ण तरिकाले सोच्छौ तिमि शास्वत छैनौ | अन्यथा, जसरि भगवान शास्वत हुनुहुन्छ, तिमिपानी शास्वत छौ |

अच्युतानन्द​ : यदि दुवै शास्वत हुन् भने, एक अर्कोसँग किन फरक हुन्छन् ?

प्रभुपाद: जसरि सुर्य प्रकाशबाट भिन्न छ , तर गुणात्मक ताप र प्रकाश एकै छन् | तर त्यहाँ प्रकाश छ, तिमीले सुर्य त्यहि छ भन्न सक्दैनौ | त्यो तिमीले भन्न सक्दैनौ | मत्-स्थानि सर्व​-भूतानि नाहं तेष्व अवस्थित​: ( भ गी ९|४) | स्पष्ट रूपमा भनिएको छ |

केशवलाल त्रिवेदि : स्वामीजी, तपाईले यो बुझाउनु भयो, र मैले यो बाट तार्किक कुरा पाउँदै छु, कि " म ईश​ हु, तर म सर्वेश​ हैन | म आत्मन हु तर परमात्मन् हैन |" म अंश​ हु तर परमांश​ होइन |"

प्रभुपाद : हो, त्यो अर्कोमा व्याख्या गरिएको छ.....तिमीले सन्दर्भ लिनुपर्छ | ईश्वर​: परम: कृष्ण​: ( ब्र स ५|१) | मपनि ईश्वर हु | त्यो धेरै पटक बव्याख्या गरिएको छ | तर त्यो भनेको म परमेश्वर हु भन्ने हैन | परमेश्वर कृष्ण हुनुहुन्छ | यो भवन के हो ?

केशवलाल त्रिवेदि : अहम: ब्रह्मास्मि | जब मैले स्वामीजीलाई पहिलो दिन राजेश्वर, मदनपुरमा सुनेको थिए म व्याख्या गर्ने सकिरहेको थिइन त्यो यहाँ ठिक हुन्छ | अन्यथा, मायावादीहरु भन्छन्, " सब ठिक छ, तर सङ्कराचार्यले भनेका छन्, अहं ब्रह्मास्मि | किन तिमि नाइँ भन्छौ ?" किनकि धेरैजनाले मलाई प्रश्न गर्छन् | र जब मैले सामना गर्नुपर्यो, मैले भन्न सकिन | तर मुक्तिको बाटो भनिएको छ, मुक्ति, हो, र उपदेशमा, र ईष​, सर्वेश, त्यो सबै कुराहरु- आत्मा, परमात्मा, अंश​, परमांश - यहाँ मैले पाए त्यो व्याख्या गर्नसकिन्छ | किनकि धेरै मानिसहरु, उनिहरुले सार्वजनिक गोष्ठीमा, कहाँबाट हामीले यी शिर्षक लिएका छौ | तब हामीले हाम्रो बुद्धिको अन्त्य पाउँछौ | तर अब मा सोच्छु मैले त्यो व्याख्या गर्नसक्छु |

प्रभुपाद : त मेरो ब्याख्या ठिक थियो ?

केशवलाल त्रिवेदि : हो, मलाई त्यो लागिरहेको छ | र म सोच्छु त्यो नै अच्युतानन्द स्वामीको प्रश्नलाई पनि समावेश हुन्छ |

अच्युतानन्द : हैन, मैले केवल सार प्रस्तुत गर्दैछु |

केशवलाल त्रिवेदि: हैन, हैन त्यो ठिक छ, मलाई थाहा छ |

अच्युतनन्द : त दुर्गा विष्णुभन्दा महान छिन्, किनकि विष्णुलाई उहाँको योग - निन्द्राबाट जगाउन दुर्गाको आवश्यकता पर्छ मधु र कैतभ​लाई मर्न | त उनले भगवानलाई नियन्त्रणमा राखेकी छिन् |

प्रभुपाद : हो, यदि मैले आफ्नो सेवकलाई सोध्छु " तिमि मलाई सात बजे उठ भन्छौ, " त्यो भनेको .....( हाँसो )