NE/Prabhupada 0368 - तिमी मूर्खतापूर्वक सोच्दैछौ कि तिमी शाश्वत छैनौ

From Vanipedia
Jump to: navigation, search
Go-previous.png Previous Page - Video 0367
Next Page - Video 0369 Go-next.png

तिमी मूर्खतापूर्वक सोच्दैछौ कि तिमी शाश्वत छैनौ
- Prabhupāda 0368


Morning Walk -- January 3, 1976, Nellore


प्रभुपाद: म लाग्छ कि यो ब्रह्मविद्याको समाज हो | हँ ? त्यो व्यापार-चिह्न | वा रामकृष्ण​ मिशन हो |

अच्युतानन्द : होइन, मोक्षको सेना |

प्रभुपाद : मोक्षको सेना, ओहो |

हरिकेश​ : वास्तवमा केवल हामी मात्रै मोक्षको सेना हौँ | (विराम)

अच्युतानन्द​:......अधिकारीको अधिकारी | हामीले उहाँको अधिकार स्वीकार गर्दैछौं, तर यो अनुभव उहाँको प्रत्यक्ष अनुभूतिबाट आउँछ, जुन पुनः.....

प्रभुपाद : हामीले त्यस्तो अधिकारी स्वीकार गर्दैनौं, जसले अरुबाट अनुभूति शिक्षा लिन्छन् | हामीले त्यस्ता अधिकारीलाई स्वीकार गर्छौं जो......

केशवलाल त्रिवेदी: अनुभवी हुन्छन् |

प्रभुपाद: स्वतः | परास्य भक्तिर विविधैव श्रुयते स्वभाविकी ज्ञान​-बल​-क्रिया च​ | स्वभाव​, तिमीले.....जस्तै, तिमीले मलाई कुनै कार्य कसरी गर्ने भनेर सोध्न सक्छौ, यदि मैले " हो, तिमी यसरी गर" भनेर जवाफ दिएँ भने स्वाभाविकी | मसँग कुनै पनि कार्य पूर्ण तरिकाले कसरी गर्न सकिन्छ भनेर स्वभाविक ज्ञान छ | यहि चलिरहेको छ | मयाध्यक्षेण प्रकृति: सूयते स​-चराचरम (भ गी ९|१०) | कृष्णले भन्नुहुन्छ कि " तिमीले यसो गर |" त, तिमीले देखिरहेका छौ सबैकुरा पूर्ण भइरहेको छ | एउटा निमको बिऊबाट निमको रुख पलाउँछ | कृष्णले यसलाई धेरै राम्ररी बनाउनुभएको छ : बीजो ऽहं सर्व​-भूतानाम् (भ गी ७|१०), कि निमको बिजबाट निमको रुख आउँछ, आँपको आउँदैन | रसायनहरु यसरी मिसिएका छन् | तिमीलाई बट वृक्षभित्र के छ भनेर थाहा छैन​ | र त्यसबाट एउटा ठुलो वरको रुख पलाउँछ, अरु रुख पलाउँदैन | त्यो वास्तवमा ज्ञान हो | उहाँले सम्पूर्ण व्यवस्था सानो बिउभित्र दिनुभएको छ | त्यसैले कृष्ण भन्नुहुन्छ, बीजो ऽहं सर्व​-भूतानाम् | त्यसमा कुनै गल्ति छैन | तिमी केवल त्यसलाई लिऊ र रोप | तिमीले अवश्य नतिजा पाउनेछौ |

अच्युतानन्द: यो सिद्धान्त, जसको मद्दतले सम्पूर्ण वस्तुहरु हुर्किन्छ्न्, इशोपनिषदमा भनिएको छ, सो ऽहम अस्मि: " म त्यो सिद्धान्त हुँ |" इशोपनिषदको अन्तिम श्लोकमा भनिएको छ, सो ऽहम अस्मि: "म त्यो शक्ति हुँ |"

प्रभुपाद: अस्मि अर्थात् "यो मेरो शक्ति हो |"

अच्युतानन्द​ : होइन, यसले भन्छ......

प्रभुपाद: यदि मैले "म इस्कोन हुँ" भनेर बताउँछु भने यसमा के गल्ति हुन्छ ? मैले यो सिर्जना गरेकाले मैले भन्न सक्छु, "इस्कोन भनेको म हो | म इस्कोन हुँ |" यसमा के गल्ति छ ? यो त्यस्तै हो | कृष्णको शक्तिबाट सबैकुरा उत्पन्न भएको छ | त्यसैले यहाँ भनिएको छ ," म यो हुँ, म यो हुँ, म यो हुँ, म यो हुँ |" विभूति-भिन्नम् | किनकि सबैकुरा......जन्माद्य अस्य यत​: (श्री भा १|१|१) | सबैकुरा कृष्णबाट सिर्जना भएको हो |

अच्युतानन्द​ : होइन, इशोपनिषदमा भनिएको छ कि हामी त्यहि सिद्धान्त हौँ | इशोपनिषदमा भनिएको छ कि जुन सिद्धान्तले सूर्यलाई प्रकाश प्रदान गरेको छ, त्यो सिद्धान्त म हुँ |

प्रभुपाद: हो, एउटा भक्तले स्वीकार गर्छ.....त्यो हामी स्वीकार गर्छौं |

अच्युतानन्द​ : सूर्यलाई प्रकाश प्रदान गर्ने प्राणी म हुँ |

प्रभुपाद: मैले तिमीलाई बुझ्न सकिनँ |

अच्युतानन्द​ : सो ऽहम अस्मि | त्यो सोह्रौं.......

हरिकेश​: "सूर्यजस्तै म पनि त्यहि हुँ |"

प्रभुपाद : हो, सो ऽहम अस्मि - किनकि म अंश हुँ |

अच्युतानन्द​ : होइन, तर यसमा भनिएको छ " म त्यो हुँ," "म त्यसको अंश हुँ" भनेर भनिएको छैन | "म त्यो हुँ |"

प्रभुपाद: होइन, यदि त्यहाँ भनिएको छ भने त्यसलाई स्वीकार गर्न सकिन्छ, किनकि गुणात्मक हिसाबले एकै हुन् |

केशवलाल त्रिवेदि : मात्रामा धेरै फरक पाउन सकिन्छ |

प्रभुपाद : हो |

प्रभुपाद : यदि म, " म भारतीय हुँ" भनेर बताउँछु भने त्यसमा के गल्ति हुन्छ ?

अच्युतानन्द​ : त्यो छुट्टै कुरा हो |

प्रभुपाद: हो | छुट्टै कुरा होइन |

अच्युतानन्द​ : तर श्रुतिलाई प्रत्यक्ष स्वीकार गर्ने हो भने त्यसमा भनिएको छ कि हामी त्यहि सिद्धान्त हौँ |

प्रभुपाद: त्यसैले तिमीले गुरुबाट सिक्नुपर्छ | र यदि तिमीले सिधै लिन खोज्यौ भने तिमी सधैं मूर्ख रहनेछौ | त्यसैले तिमीलाई गुरुको आवश्यकता पर्छ | त्यो नै श्रुतिको उपदेश हो | तद्-विज्ञानार्थं स गुरुम एवाभिगच्छेत् ( मू उ १|२|१२) | तिमीले श्रुति सिक्नुपर्छ | तिमी गुरुकहाँ जानुपर्छ |

अच्युतानन्द​ : होइन, तर यो त्यसपछिको कुरा हो | उक्त उपनिषद्को परम निष्कर्ष, श्रुतिको परम निष्कर्ष यो छ कि हामी त्यहि सिद्धान्त हौँ |

प्रभुपाद: हो, म त्यहि सिद्धान्त हुँ | नित्यो नित्यानाम् |

अच्युतानन्द​ : ठिक छ, कुनै पनि कुरा अर्को शाश्वत भन्दा बढी शाश्वत हुन सक्दैन |

प्रभुपाद : सबैजना शाश्वत छन् |

अच्युतानन्द​ : तब यो विरोधात्मक हुन्छ | नित्यो नित्यनानां: | हजुरले एउटा कुरा अर्को शाश्वत भन्दा बढी शाश्वत छ भनेर भन्न सक्नुहुन्न |

प्रभुपाद: होइन, होइन | त्यो मेरो निष्कर्ष होइन | सबैजना शाश्वत छन् |

अच्युतानन्द​ : त्यसोभए एकभन्दा अर्को कसरी बढी शाश्वत हुन सक्छ....

प्रभुपाद : जसरी भगवान् शास्वत हुनुहुन्छ, त्यसैगरी तिमी पनि शाश्वत छौ | तिमीले यो भौतिक शरीर स्वीकार गरेकाले तिमीले मूर्खतापूर्वक सोच्दैछौ कि तिमी शाश्वत छैनौ | अन्यथा, जसरि भगवान शाश्वत हुनुहुन्छ, तिमी पनि शाश्वत छौ |

अच्युतानन्द​ : यदि दुवै शाश्वत हुन् भने एक अर्कोलाई किन भिन्न भन्नुपर्‍यो ?

प्रभुपाद: जसरी सूर्य त्यसको प्रकाशभन्दा भिन्न हुन्छ, तर गुणात्मक रुपमा ताप र प्रकाश एकै हुन्छन् | तर सूर्यको प्रकाश देखिने स्थानमा तिमीले त्यसलाई सूर्य भन्न सक्दैनौ | तिमीले त्यसो भन्न सक्दैनौ | मत्-स्थानि सर्व​-भूतानि नाहं तेष्व अवस्थित​: (भ गी ९|४) | स्पष्ट रूपमा भनिएको छ |

केशवलाल त्रिवेदि : स्वामीजी, तपाईले बताउनुभएको कुराबाट मैले तार्किक रुपमा के बुझें भने, "म ईश​ हुँ, तर म सर्वेश​ होइन | म आत्मा हुँ तर परमात्मा होइन |" म अंश​ हुँ तर परमांश​ होइन |"

प्रभुपाद : हो, त्यो अर्कोमा व्याख्या गरिएको छ.....तिमीले सन्दर्भ लिनुपर्छ | ईश्वर​: परम: कृष्ण​: ( ब्र स ५|१) | म पनि ईश्वर हु | यो कुरा मैले धेरै पटक बताइसकेको छु | तर त्यसको अर्थ यो होइन कि म परमेश्वर हुँ | परमेश्वर त कृष्ण हुनुहुन्छ | यो भवन के हो ?

केशवलाल त्रिवेदि: अहम: ब्रह्मास्मि | मैले स्वामीजीलाई पहिलो दिन राजेश्वर, मदनपुरमा सुन्नुअघिसम्म मैले व्याख्या गर्न सकिरहेको थिइनँ | अब मैले बुझें | अन्यथा, मायावादीहरुले भन्छन्, "सबै ठिक छ, तर शङ्कराचार्यले भन्नुभएको छ, अहं ब्रह्मास्मि | किन तिमीले होइन भन्छौ ?" मलाई धेरैजनाले उक्त प्रश्न गर्छन् | र जब मैले त्यसको सामना गर्नुपर्थ्यो, तब मैले भन्न सकेको थिइनँ | तर जसरी प्रवचनमा मुक्तिको व्याख्या गरिएको छ, र ईष​, सर्वेश, यी सबै कुराहरु- आत्मा, परमात्मा, अंश​, परमांश - तब मैले थाहा पाएँ कि यी सबै कुराहरुको व्यख्या गर्न सकिन्छ | लायन्स क्लब जस्ता सार्वजनिक वैठकमा यी विषयमा चर्चा हुनासाथ धेरै मानिसले सोध्ने गर्छन् | तब हामीले आफ्नो बुद्धिको सिमितता देख्न सक्थ्यौं | तर अब मलाई लाग्छ कि मैले उनीहरुलाई बताउन सक्छु |

प्रभुपाद : त्यसोभए मेरो व्याख्या ठिक थियो ?

केशवलाल त्रिवेदि : हो, मलाई यहि लागिरहेको छ | र मलाई लाग्छ कि हजुरको व्याख्याले अच्युतानन्द स्वामीको प्रश्नलाई पनि समेटेको छ |

अच्युतानन्द : होइन, मैले त नक्कल गरेको मात्र हो |

केशवलाल त्रिवेदि: होइन, होइन, ठिकै छ..... मलाई थाहा छ |

अच्युतानन्द : दुर्गा विष्णुभन्दा महान छिन्, किनकि विष्णुलाई योग-निद्राबाट उठ्नका लागि दुर्गाको आवश्यकता पर्छ, मधु र कैटभ​लाई मार्नका लागि | त्यसैले उनले विष्णुलाई नियन्त्रणमा राखेकी छिन् |

प्रभुपाद : हो, यदि मैले आफ्नो सेवकलाई "तिमी मलाई सात बजे उठाइदेऊ" भन्छु भने त्यसको अर्थ .....( हाँसो )