NE/Prabhupada 0369 - मेरा शिष्यहरु मेरा अंश हुन्

Revision as of 08:59, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0369 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Co...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Room Conversation with Life Member, Mr. Malhotra -- December 22, 1976, Poona


श्री मल्होत्र​ : यो कसरि हुन्छ कि त्यति धेरै ऋषिहरुले पहिले अहम: ब्रह्मस्मी घोषित गर्नुभएको छ |

प्रभुपाद: ( hindi) तिमि एउटा ब्राह्मण हौ | किनकि तिमि परब्राह्मणको अंश हौ | त्यो मैले तिमीलाई पहिले नि भनेको छु, कि....... सुन, ठुलो सुन र सानो कण, त्यो पनि सुन हो | त्यसरी नै, भगवान परब्रह्म, हामीहरु उहाँको अंश हौ | त्यसैले म ब्राह्म हु | तर म परब्रह्म हैन | कृष्णलाई परब्रह्म भनेर अर्जुनले स्विकार्नु भएको छ : परं ब्रह्म परं धाम पवित्रं परमं भवान् ( भ गी १०|१२) | परब्रह्म | त परम, यो शब्दको प्रयोग, परमात्मा, परब्रह्मन्, परमेश्वर​मा गरिएको छ | किन ? यो फरक हो | एक सर्वोच्च र अर्को अधिनमा भएको | अधिनमा भएको ब्राह्म | तिमि ब्रह्म हौ, त्यहाँ कुनै अन्कोच छैन | तर परब्रह्म हैन | यदि तिमि परब्रह्म हुन्थ्यौ भने, तिमि किन प्ररब्रह्म हुन साधना गर्दै छौ ? किन ? यदि तिमि परब्रह्म हौ भने, तिमि परब्रह्म सधै हुन्छौ | किन तिमि परब्रह्म हुन यो साधना गर्नुपर्ने अवस्थामा पर्यौ त ? त्यो मुर्खता हो | तिमि परब्रह्म हैनौ | तिमि ब्रह्म हौ | तिमि सुन हौ, सानो अणु | तर तिमीले भन्न सक्दैनौ " म सुनको खानी हु |" त्यो तिमीले गर्न सक्दैनौ | परं ब्रह्म परं धाम पवित्रं परमं भवान् ( भ गी १०|१२) | गोपाल कृष्ण : जाने समय भयो कि भनेर उसले हेर्दै छ | के तिमि हामीसँग पनि आउँछौ ? धेरै राम्रो |

प्रभुपाद : थोरै पनि ल्याऊ | यी, मेरा शिष्यहरु यिनीहरु मेरा अंश हुन् | यो पुरै आन्दोलन उनीहरुको सहयोगबाट चल्दै छ | तर यदि उसले म मेरो गुरु महाराज कै स्तरमा छु, त्यो अपराध हो |

श्री मलोत्रा : कहिले कहिँ गुरुले इच्छा गर्नुहुन्छ कि मेरा शिस्यहरु म भन्दा माथि उठुन् भनेर |

प्रभुपाद: त्यो भनेको ऊ तल्लो स्तरमा छ | त्यो तिमीले पहिला स्विकार्नु पर्छ |

श्री मलोत्रा : जसरि हरेक पिताले आफ्नो बच्चा बढेको हेर्न सक्छ |

प्रभुपाद: हो, तर नि पिता पितानै हुनुहुन्छ, र बच्चा कहिले नि पिता हुनसक्दैन |

श्री मलोत्रा : पिता पितानै रहन्छ तर उसले सोच्छ, उसले प्रगति गर्छ....

प्रभुपाद : हैन, हैन | पिताले आफ्नो छोरा त्यहि स्तरमा योग्य हुनुपर्छ भनेर सोच्छ, तर पिता पिता नै हुन्छ, र बच्चा बच्चा | त्यो नित्य हुन्छ | त्यसरी नै, भगवानको अंश पनि शक्तिशाली हुनसक्छ, तर त्यसको मतलब ऊ भगवान हुन्छ भन्ने हुदैन |

श्री मलोत्रा: अरु सम्प्रदाय, गुरु शिष्य, तब शिष्य गुरु हुन्छ | गुरु परिवर्तन हुन सक्छ |

प्रभुपाद: त्यो परिवर्तन हुन सक्दैन | यदि त्यहाँ गुरुको परिवर्तन हुन्छ भने, शिष्यको कार्य, तर उसले कहिले पनि म आफ्नो गुरु को स्तरमा छु भन्दैन | त्यस्तो हुदैन |

श्री मलहोत्रा : म यो सोच्दौ छु, तपाइको गुरु महाराज, तपाईद्वारा प्रचार गर्दै हुनुहुन्छ, र तपाईले उनीहरु द्वारा प्रचार गर्नुहुन्छ |

प्रभुपाद : हो |

श्री मलहोत्रा : त शिष्य उसका शिस्यद्वारा गुरु हुन्छन् |

प्रभुपाद : त्यो ठिकै छ | एवं परम्परा प्राप्तम् ( भ गी ४|२)| तर त्यसो हुदैन..... ऊ एउटा गुरुको प्रतिनिधि हुनसक्छ, भगवानको प्रतिनिधि, तर यसको मतलब ऊ भगवान भयो भन्ने हुदैन |

श्री मलहोत्रा : तर ऊ आफ्ना शिष्यसँग गुरु हुन्छ |

प्रभुपाद : त्यो ठिक छ |

श्री मलहोत्रा: आफ्नो गुरु बराबर हुदैनन् |

प्रभुपाद: बराबर हुदैनन्, प्रतिनिधि | बराबर होइन | मैले यो मानिसको एउटा प्रतिनिधि पठाउछु, र ऊ धेरै विशेषज्ञ छ, धेरै राम्रो काम गर्दै छ, त्यहि पनि ऊ मेरो स्तरमा आउदैन | ऊ मेरो प्रतिनिधि जसरि कार्य गर्दै छ, त्यो अर्को कुरा हो | तर त्यो हैन कि ऊ वास्तविक मालिक होइन |

श्री मलोत्रा : तर तपाइको शिष्यको हिसाबमा, तपाइलाई गुरु मानिन्छ |

प्रभुपाद : तर उनीहरुले कहिले पनि उनीहरु मेरो स्तरमा छन् भन्दैनन् | उनिहरुले कहिले पनि "म धेरै प्रगति गरेर आफ्नै गुरु हुन्छु|" भन्दैनन् | जसरि यो केटा, उसले दण्डवत गर्दैछ | ऊ प्रचारमा म भन्दा नि विशेषज्ञ हुनसक्छ, तर उसलाई थाहा हुन्छ " म अधीनमा छु |" अन्यथा उसले कसरि दण्डवत गर्थ्यो ? उसले सोच्न सक्छ, " अह, अब म यति ज्ञानी भए | म धेरै उन्नति गर्दै छु | म किन उसलाई वरिष्ठ मानु ?" होइन | त्यो चल्दै हुन्छ | मेरो मृत्यु पश्चात पनि, उसले मेरो तर्विरमा दण्डवत गर्छ |

श्री मलहोत्रा : तर उसको शिष्य मध्ये ऊ पुजनीय हुन्छ .....

प्रभुपाद: ठिकै छ, तर ऊ आफ्नो गुरुको शिष्य नै रहन्छ | उसले कहिले नि भन्दैन " अब म गुरु भए, म आफ्नो गुरुको वास्ता गर्दिन |" उसले कहिले नि भन्दैन | जसरि मैले गर्दैछु, तर मैले आफ्नो गुरुको अझै नि पुजा गर्दैछु | त्यसैले म आफ्नो गुरुको अधिनमा हुन्छु, सधै | चाहे म गुरुनै किन नबनु, अझै पनि म आफ्नो गुरुको अधिनमा हुन्छु |