NE/Prabhupada 0369 - मेरा शिष्यहरु मेरा अंश हुन्



Room Conversation with Life Member, Mr. Malhotra -- December 22, 1976, Poona


श्री मल्होत्रा​ : यो कसरि हुन सक्छ कि प्राचिन कालका धेरै ऋषिहरुले अहम्: ब्रह्मस्मी भनेर घोषित गरेका थिए |

प्रभुपाद: (हिन्दि) तिमी ब्रह्म हौ | किनकि तिमी परब्रह्मको अंश हौ | त्यो मैले पहिले नै भनिसकें कि.... सुन, ठुलो सुन र सानो कण, ती दुवै सुन हुन् | त्यसैगरी, भगवान् परब्रह्म हुनुहुन्छ र हामीहरु उहाँका अंश हौँ | तसर्थ म ब्रह्म हुँ | तर म परब्रह्म होइन | कृष्णलाई परब्रह्म भनेर अर्जुनले स्वीकार गर्नुभएको छ : परं ब्रह्म परं धाम पवित्रं परमं भवान् (भ गी १०|१२) | परब्रह्म | परम, यो शब्द प्रयोग गरिएको छ, परमात्मा, परब्रह्मन्, परमेश्वर​ | किन ? यहि भिन्नता छ | एकजना सर्वोच्च हुनुहुन्छ भने अर्को अधिनमा छन् | अधिनस्थ ब्राह्म | तिमी ब्रह्म हौ, त्ययसमा कुनै सङ्कोच छैन | तर परब्रह्म होइन | यदि तिमी परब्रह्म हुन्थ्यौ भने किन परब्रह्म हुनका लागि साधना गर्दैछौ ? किन ? यदि तिमी परब्रह्म हौ भने तिमी सदैव परब्रह्म हुनुपर्छ | किन तिमि यति पतित भएका छौ कि परब्रह्म हुनका लागि तिमीले साधना गर्नुपर्छ | त्यो मूर्खता हो | तिमी परब्रह्म होइनौ | तिमी ब्रह्म हौ | तिमी सुनको सानो अणु हौ | तर तिमीले भन्न सक्दैनौ कि " म सुनको खानी हुँ |" तिमीले त्यसो गर्न सक्दैनौ | परं ब्रह्म परं धाम पवित्रं परमं भवान् (भ गी १०|१२) |

गोपाल कृष्ण : उनले जाने समय भयो कि भनेर हेर्दैछन् | के तिमी हामीसँगै आउँछौ ? धेरै राम्रो |

प्रभुपाद : थोरै पनि ल्याऊ | यी मेरा शिष्यहरु मेरा अंश हुन् | सारा अभियान नै उनीहरुको सहयोगबाट चल्दैछ | तर यदि उसले म आफ्नो गुरु महाराजको स्तरमा छु भनेर दाबी गर्छ भने त्यो अपराध हो |

श्री मल्होत्रा : कहिलेकाहिँ गुरुले मेरा शिष्यहरु मभन्दा माथि उठुन् भनेर इच्छा गर्नुहुन्छ |

प्रभुपाद: त्यसको अर्थ यो हुन्छ कि ऊ तल्लो स्तरमा छ | सर्वप्रथम तिमीले यो कुरा स्वीकार गर्नुपर्छ |

श्री मल्होत्रा : जसरी हरेक पिताले आफ्नो बच्चा बढेको हेर्न चाहन्छन् |

प्रभुपाद: हो, तर पिता भने पितानै रहन्छन्, र बच्चा कहिले पनि पिताको स्तरमा पुग्न सक्दैन |

श्री मल्होत्रा : पिता त पिता नै रहन्छन् तर उनले सोच्छन् कि बच्चाले प्रगति....

प्रभुपाद : होइन, होइन | पिताले आफ्ना छोरा समान स्तरमा योग्य हुनुपर्छ भनेर सोच्छन्, तर पिता भने पिता नै रहन्छन्, र बच्चा पनि बच्चा नै रहन्छन् | त्यो सम्बन्ध नित्य हुन्छ | त्यसैगरी, भगवान्‌को अंश पनि शक्तिशाली हुन सक्छ, तर त्यसको अर्थ ऊ भगवान् हुन्छ भन्ने हुँदैन |

श्री मल्होत्रा: अरु सम्प्रदायमा, गुरुले शिष्य बनाउँछन्, त्यसपछि शिष्य गुरु बन्छन् | गुरुहरु परिवर्तन हुन सक्छन् |

प्रभुपाद: उनीहरु परिवर्तन हुन सक्दैनन् | यदि त्यहाँ गुरुको परिवर्तन हुन्छ भने शिष्यले कार्यभार सम्हाल्छन्, तर उनले कहिले पनि आफुलाई गुरुसमान वा उहाँभन्दा ठुलो भएको दाबी गर्दैनन् | त्यस्तो हुँदैन |

श्री मल्होत्रा : मेरो विचारमा, हजुरको गुरु महाराजले हजुर मार्फत प्रचार गर्दै हुनुहुन्छ, र हजुरले उनीहरु मार्फत प्रचार गर्दै हुनुहुन्छ |

प्रभुपाद : हो |

श्री मल्होत्रा : त्यसोभए शिष्य आफ्ना शिस्य मार्फत गुरु हुन्छन् |

प्रभुपाद : त्यो ठिकै छ | एवं परम्परा प्राप्तम् (भ गी ४|२) | तर तिनीहरु..... ऊ गुरुको प्रतिनिधि हुन सक्छ, भगवान्‌को प्रतिनिधि हुन सक्छ, तर त्यसको अर्थ ऊ भगवान् भयो भन्ने हुदैन |

श्री मल्होत्रा : तर ऊ आफ्ना शिष्य मार्फत गुरु बन्छ |

प्रभुपाद : त्यो ठिकै छ |

श्री मल्होत्रा: आफ्नो गुरु बराबर हुँदैन |

प्रभुपाद: बराबर हुँदैन, प्रतिनिधि | बराबर होइन | मैले यो मानिसको एउटा प्रतिनिधि पठाउँछु, र ऊ धेरै विज्ञ हुन सक्छ, राम्रो व्यापार गर्न सक्छ, तर ऊ मेरो बराबर भने हुन सक्दैन | ऊ मेरो प्रतिनिधि हुन सक्छ, त्यो अर्को कुरा हो | तर ऊ वास्तविक मालिक बन्न सक्दैन |

श्री मल्होत्रा : तर हजुरका शिष्यले हजुरलाई गुरु मानेका छन् |

प्रभुपाद : तर उनीहरुले कहिल्यै पनि आफुलाई मेरो बराबर भएको भनेर भन्दैनन् | "मैले प्रगति गरेर आफ्नै गुरु बनेको छु |" कहिल्यै भन्दैनन् | जस्तै यी युवाले दण्डवत गर्दैछन् | उनी प्रचारमा मभन्दा दक्ष हुन सक्छन्, तर उनलाई थाहा छ कि "म अधिनस्थ छु |" अन्यथा उसले किन दण्डवत गर्थ्यो ? उसले सोच्न सक्छ, "ओहो, म अहिले यति धेरै ज्ञानी भएको छु | मैले धेरै उन्नति गरेको छु | म किन उहाँलाई वरिष्ठ मान्नुपर्‍यो ?" होइन | त्यो चलिरहेको हुन्छ | मेरो मृत्यु पश्चात पनि उसले मेरो तस्वीरमा दण्डवत गर्छ |

श्री मल्होत्रा : तर उसको शिष्यको माझमा ऊ पुजनीय हुन्छ .....

प्रभुपाद: त्यो ठिकै छ, तर ऊ आफ्नो गुरुको शिष्य नै रहन्छ | उसले कहिल्यै भन्दैन कि " म अब गुरु भएँ, त्यसैले मलाई आफ्नो गुरुको मतलब छैन |" उसले कहिल्यै भन्दैन | मैले पनि त्यस्तै गर्दैछु, तर मैले आफ्नो अझै पनि गुरुको आराधना गरिरहेको छु | म सधैं आफ्नो गुरुको अधीनमा रहन्छु | म गुरु भएतापनि, म अझै पनि आफ्नो गुरुको अधीनमा रहन्छु |