NE/Prabhupada 1046 - कृष्णसँगै नाच्न , बोल्न र खेल्न सक्ने शरीर पाउने निर्णय लिऊ: Difference between revisions

 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 9: Line 9:
[[Category:Nepali Language]]
[[Category:Nepali Language]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 1045 - मैले के भन्न सक्छु ? हरेक बेकार मानिसले बेकार कुरा बोल्नेछ । म यसलाई कसरी रोक्न सक्छु ?|1045|NE/Prabhupada 1047 - ऊ केहि गलत कर्तव्यमा लागेको छ र त्यसको लागि धेरै मेहेनत गर्दैछ, त्यसैले ऊ एउटा गधा हो|1047}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 17: Line 20:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|H5-kWSFjXZY|कृष्णसँगै नाच्न , बोल्न र खेल्न सक्ने शरीर पाउने निर्णय लिऊ <br/>- Prabhupāda 1046}}
{{youtube_right|_FErSemXZXM|कृष्णसँगै नाच्न , बोल्न र खेल्न सक्ने शरीर पाउने निर्णय लिऊ <br/>- Prabhupāda 1046}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK (from English page -->
<!-- BEGIN AUDIO LINK (from English page -->
<mp3player>File:750712SB-PHILADELPHIA_clip1.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750712SB-PHILADELPHIA_clip1.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 21:57, 29 January 2021



750712 - Lecture SB 06.01.26-27 - Philadelphia


निताई : " जब अजमिलले आफ्नो जीवन छोरासँग अशक्त भएर बितायो उसको मृत्युको समय आयो | त्यो बेलामा उसले अरुकेही नसोचेर आफ्नै छोराको बारेमा सोच्न थाल्यो |"

प्रभुपाद: स एवं वर्तमानो ऽज्ञो मृत्यु-काल उपस्थिते मतिं चकार तनये बाले नारायणाह्वये ( श्री भ ६|१|२७) | त वर्तमान | सबैजना कुनै निश्चित अवस्थामा स्थित हुन्छ | यो भौतिक जीवन हो | म कुनै निश्चित चेतनामा स्थित हुन्छु, तिमी कुनै निश्चित चेतनामा स्थित छौ -सबैजना | प्रकृतिको गुणहरुको कारणले गर्दा, हामीसँग जीवनको विभिन्न धारणा हुन्छ र विभिन्न चेतनाहरु हुन्छन् | यसलाई भौतिक जीवन भनिन्छ | हामी सबैजना, हामी यहाँ बसेका छौ, हामी हरेक सँग विभिन्न चेतनाहरु छन् | सामान्यतया, यो इन्द्रिय तृप्तिको लागी हो | भौतिक जीवन भनेको सबैले योजना बनाउँछन् , " म यसरी बाँच्छु | म यसरी पैसा कमाउँछु | म यसरी रमाइलो गर्छु |" सबैजनासँग कार्यक्रम हुन्छ | त अजामिलसँग पनि कार्यक्रम थियो | उसको कार्यक्रम के थियो त ? उसको कार्यक्रम, ऊ उसको कान्छो छोरासँग धेरै अशक्त थियो, र पूर्ण ध्यान त्यहाँ थियो, कसरी बच्चा हिड्दै छ, कसरी बच्चा खादै छ, कसरी बच्चाले बोल्दै छ , र कहिलेकहिँ उसले बोलाउथ्यो, उसले खुवाउदै थियो, त उसको मन पूर्ण तरिकाले बालकको कार्यमा भिजेको थियो | अघिल्लो श्लोकमा हामीले छलफल गरेका थियौ : भुञ्जान: प्रपिबन खादन बालकं स्नेह​-यन्त्रित​: भोजयन पाययन मूढो न वेदागतम अन्तकम ( श्री भ ६|१२६) | अजमिल मात्रै नभएर, सबैजना, उनीहरु कुनै निश्चित प्रकारको चेतनामा डुबेका छन् | र त्यो कसरी हुन्छ ? कसरी चेतनाको विकाश हुन्छ ? यहाँ भनिएको छ, स्नेह​-यन्त्रित: | स्नेह​ भनेको आशक्ति | " एउटा आशक्ति नामको यन्त्रले प्रभावित हुनु |" त सबैजना यो यन्त्रबाट प्रभावित छन् | यो यन्त्र......यो शरीर यन्त्र हो | र यसको कार्य प्रकृतिले गरेकी छिन् | र आदेश भगवानबाट आएको छ | हामीले कुनै निश्चित तरिकाले रमाइलो गर्न चहान्छौ र कृष्णले हामीलाई त्यहि प्रकारको शरीर दिनुहुन्छ, यन्त्र | यस्तै त्यहाँ गाडीको धेरै उत्पादकहरु छन् | तिमि चहान्छौ....कोहि चहान्छ, " मलाई बुईक कार चाहिन्छ |" कोहि भन्छन् " मलाई शेवरलेट चाहिन्छ," कोहि, " फोर्ड |" उनीहरु तयार छन् | त्यसरी नै, हाम्रो शरीर पनि त्यस्तै छ | कोहि फोर्ड, कोहि शेवरलेट, कोहि बुईक, र कृष्णले हामीलाई मौका दिनुभएको छ, " तिमीलाई यो प्रकारको गाडी, वा शरीर चाहिन्छ | तिमी यहाँ बस र रमाइलो गर |" यो हाम्रो भौतिक स्थान हो | ईश्वर: सर्व​-भूतानां हृद्-देशे अर्जुन तिष्ठति ( भ गी १८|६१) | हामी बिर्सिन्छौ | शरीर परिवर्तन गरेपछि, हामीले बिर्सिन्छौ मैले के इच्छा गरेको थिए र किन मैले त्यस्तो शरीर पाएको छु भनेर | तर कृष्ण, उहाँ तिम्रो हृदयमा अवस्थित हुनुहुन्छ | उहाँले बिर्सिनुहुन्न | उहाँले दिनुहुन्छ | ये यथा मां प्रपद्यन्ते ( भ गी ४|११) | तिमीले त्यसप्रकारको शरीरको आकांक्षा गरेका थियौ कृष्ण धेरै दयालु हुनुहुन्छ | कसैले सबैकुरा खाने शरीरको इच्छा गर्छ भने, कृष्णले उसलाई सुँगुरको शरीर दिनुहुन्छ, ताकी उसले विस्टा पनि खान सकोस | र यदि कसैले " म कृष्णसँग नाच्ने छु," भन्छ भने उसले त्यस्तै शरीर पाउँछ | अब, यो तिमीले निधो गर्नुपर्छ , या तिमीले यस्तो शरीर पाउँछौ जसले तिमी कृष्णसँग नाच्न सक्छौ, कृष्णसँग बोल्न सक्छौ, कृष्णसँग खेल्न सक्छौ | तिमीले त्यो पाउँन सक्छौ | र यदि तिमीलाई कसरी विस्टा, मुत्र खाने शरीर चाहिन्छ भने तिमीले त्यो पाउँने छौ |