NE/Prabhupada 0016 - म काम गर्न चाहन्छु



Lecture on BG 7.1 -- San Francisco, March 17, 1968


कृष्णसँग सम्बन्ध स्थापना गर्ने तरिका सबैले थाहा पाउनुपर्छ | कृष्ण सर्वत्र हुनुहुन्छ । यो कृष्ण भावनामृत अभियान हो | यो नै कृष्ण भावना हो | हामीले कृष्णका यी स्वरुपहरुबाट लाभ प्राप्त गर्ने तरिका थाहा पाउनुपर्छ, यी काठ, धातु वा फलामका स्वरुपबाट... यसको कुनै मतलब हुँदैन | कृष्ण सर्वव्यापी हुनुहुन्व्छ | प्रत्येक वस्तुलाई कृष्णसँग जोड्ने कला हामीले सिक्नुपर्छ | त्यसको विवरण यस योग प्रणालीमा दिइनेछ | तपाईले सिक्नुहुनेछ | कृष्ण भावना पनि एउटा योग नै हो, सम्पूर्ण योग प्रणालीमध्ये सर्वोच्च योग | जुनसुकै योगी आएपनि हामी उसलाई चुनौती दिनसक्छौं र हामीले भन्न सक्छौं कि यो प्रथम श्रेणीको योग प्रणाली हो | यो प्रथम श्रेणीको हो र उही समयमा धेरै सजिलो पनि छ | तपाईले शारीरिक कसरत गर्नुपर्दैन | मानौं तपाई कमजोर हुनुहुन्छ र तपाईलाई थकान अनुभव हुन्छ तर कृष्ण भावनामा तपाईलाई त्यस्तो अनुभव हुँदैन |

हाम्रा प्रत्येक विद्यार्थीहरु केवल कृष्ण भावनामृत कार्यका निमित्त चिन्तित हुन्छन् | "स्वामीजी, मैले के गर्नुपर्छ ? मैले के गर्नसक्छु ?" तिनीहरुले वास्तवमा धेरै राम्ररी गर्दैछन् | धेरै राम्रो | तिनीहरुले थकान अनुभव गर्दैनन् | त्यो नै कृष्ण भावना हो | यो भौतिक संसारमा यदि तपाईले केहि समय काम गर्नुभयो भने, तपाईलाई थकान अनुभव हुन्छ | तपाईलाई आरामको आवश्यकता पर्छ | अवश्य पनि मैले बढाएर भनेको होइन | म बहत्तर वर्षीय वृद्ध मानिस हुँ। म बिरामी थिएँ | म फर्केर भारत गएँ | म फेरी फर्केर आएको छु | म कार्य गर्न चाहन्छु ! म काम गर्न चाहन्छु | स्वाभाविक रुपमा म यी सबै गतिविधिहरुबाट सेवानिवृत्त हुनसक्थें , तर मलाई........ जबसम्म म सक्छु, म काम गर्न चाहन्छु | म चाहन्छु... दिन रात | रातमा म डिक्टाफोनसँग काम गर्छु | म क्षमाप्रार्थी छु........यदि मैले काम गर्न सकिनँ भने म क्षमाप्रार्थी छु| यो नै कृष्ण भावना हो | जो पनि काम गर्नका निमित्त धेरै उत्सुक हुनु पर्दछ | यो कुनै प्रकारको निष्क्रिय समाज होइन | होइन | हामीसँग पर्याप्त मात्रामा कामहरु छन् | उनीहरूले पत्रिका सम्पादन गर्दैछन्, उनीहरूले पत्रिका बेच्दैछन् | केवल कृष्ण भावनाको प्रचार-प्रसार गर्ने तरिका सोच्दैछन् | यो व्यवहारिक छ ।