NE/Prabhupada 0017 - आध्यात्मिक शक्ति र भौतिक शक्ति



Lecture on Sri Isopanisad, Mantra 1 -- Los Angeles, May 2, 1970

यो भौतिक संसारमा दुई प्रकारका शक्तिहरुले काम गरिरहेका छन् : आध्यात्मिक शक्ति र भौतिक शक्ति | भौतिक शक्ति अर्थात् आठ प्रकारका भौतिक तत्त्वहरु | भूमिर् आपो ऽनलो वायुः (भ गी ७।४) | पृथ्वी, जल, अग्नि, वायु, आकाश, मन, बुद्धि र अहंकार | यी सबै भौतिक हुन् | त्यसैगरी, यी तत्त्वहरु सुक्ष्म, अझ सुक्ष्म, अझ सुक्ष्म तथा स्थूल, अझ स्थूल, अझ स्थूल हुन्छन् | जस्तै पानी पृथ्वीभन्दा सूक्ष्म छ, आगो पानीभन्दा सूक्ष्म छ | त्यसैगरी वायु आगोभन्दा सुक्ष्म छ, अनि आकाश वा व्योम वायुभन्दा सुक्ष्म छ | त्यसैगरी, बुद्धि आकाशभन्दा सूक्ष्म छ वा मन आकाशभन्दा सूक्ष्म छ | तपाईलाई थाह छ, मैले कैयौं पटक मनको वेगको उदाहरण दिएको छु | केहि क्षणमा नै तपाई हजारौँ मीलसम्म जान सक्नुहुन्छ | त्यसकारण यो जति सूक्ष्म हुन्छ, त्यति नै शक्तिशाली हुन्छ | त्यसैगरी अन्त्यमा जब तपाई आध्यात्मिक तत्त्वतर्फ आउनुहुन्छ, जुन अति सूक्ष्म छ, जहाँबाट हरेक वस्तु उत्पन्न हुन्छ, त्यो अति शक्तिशाली छ | त्यो नै आध्यात्मिक शक्ति हो | यसको वर्णन भगवद्-गीतामा गरिएको छ | त्यो आध्यत्मिक शक्ति के हो त ? त्यो आध्यत्मिक शक्ति भनेको जीव हो |

अपरेयम् इतस् तु विद्धि मे प्रकृतिं परा(भ गी ७।५)| कृष्णले भन्नुहुन्छ, "यी भौतिक शक्ति हुन् | यो भन्दा पर अर्को आध्यात्मिक शक्ति छ"| अपरेयम् | अपरा अर्थात् तुच्छ | अपरेयम | "यी सम्पूर्ण वर्णित भौतिक तत्त्वहरु तुच्छ शक्ति हुन् | यो भन्दा पर उत्कृष्ट शक्ति छ, हे मेरो प्रिय अर्जुन" | त्यो के हो त ? जीव-भूत महा-बाहो :"यी जीवहरु" | तिनीहरु पनि एउटा शक्ति हुन् | हामी जीवहरु पनि शक्ति हौं तर उत्कृष्ट शक्ति हौं | कसरी उत्कृष्ट ? किनभने ययेदं धार्यते जगत् (भ गी ७।५) | श्रेष्ठ शक्तिले निम्न शक्तिलाई नियन्त्रण गर्छ | पदार्थसँग कुनै शक्ति हुँदैन | आकाशमा उडिरहेको एउटा ठूलो विमान भौतिक पदार्थबाट बनेको हो | तर जबसम्म आध्यात्मिक शक्ति पाइलट हुँदैन , त्यो निरर्थक हुन्छ | त्यो निरर्थक हुन्छ | हजारौँ वर्षसम्म त्यो विमान हवाईअड्डामा त्यसै उभिनेछ; जबसम्म सानो आध्यत्मिक शक्ति, पाइलटले त्यसलाई छुँदैन, तबसम्म त्यो विमान चल्दैन | त्यसकारण भगवानलाई बुझ्नमा के कठिनाई छ ? निकै सरल कुरा कि यदि यो विशाल उपकरण... त्यहाँ धेरै विशाल उपकरणहरु छन् तर आध्यात्मिक शक्तिले स्पर्श नगरेसम्म ती चल्न सक्दैनन्, एउटा मानिस वा जीवले स्पर्श नगरेसम्म | तपाईले कसरी आशा गर्न सक्नुहुन्छ कि यो सम्पूर्ण भौतिक शक्तिले स्वतः कार्य गरिरहेको छ वा कुनै नियन्त्रण बिना कार्य गर्दैछ ? तपाईले कुन आधारमा यस्तो तर्क दिन सक्नुहुन्छ ? यो कदापि सम्भव छैन |

त्यसकारण कम बुद्धिमान मानिसहरु, तिनीहरुले यो भौतिक संसार कसरी परम भगवनद्वारा नियन्त्रित छ भन्ने बुझ्न सक्दैनन् |