NE/Prabhupada 0020 - कृष्णलाई बुझ्न त्यति सजिलो छैन



Arrival Lecture -- Miami, February 25, 1975

कृष्णलाइ बुझ्नु कुनै सजिलाे कुरा हाेइन ।

मनुष्याणां सहस्रेषु कश्चिद् यतति सिद्धये
यतताम् अपि सिद्धानां कश्चिद् वेत्ति मां तत्त्वतः
(भ गी ७।३)

हजाराैँ , लाखाैँ मानिसहरूमध्ये , एकजना अाफ्नाे जीवन सफल बनाउन अातुर हुन्छ । काेही पनि इच्छुक छैन । व्यवहारिक रूपमा उनीहरूलाई जीवनकाे सफलता के हाे भन्ने कुरा थाहा छैन । आधुनिक सभ्यतामा हरेक व्यक्ति सोच्दैछ , "यदि मैले राम्री श्रीमती, राम्राे माेटरगाडी र राम्राे घर पाएँ भने त्याे नै सफलता हाे |" याे सफलता हाेइन । याे अस्थायी छ । वास्तविक सफलता भनेकाे मायाकाे बन्धनबाट बाहिर निस्कनु हाे , अर्थात् याे भाैतिक बद्ध जीवन जसमा जन्म , मृत्यु , जरा र व्याधि छ । हामी जीवनका कैयौं विविधताबाट गुज्रिरहेका छाैं र याे मनुष्य जीवन बाहिर निस्कने एउटा राम्राे अवसर हाे, एक पछि अर्काे शरीर परिवर्तन गर्ने यस श्रृङ्खलाबाट । अात्मा शाश्वत र अानन्दमय छ किनभने याे कृष्णकाे अभिन्न अङ्ग हाे , सच्-चिद्-आनन्द​, शाश्वत, अानन्दमय , ज्ञानले पूर्ण । दुर्भाग्यवस्, यस भाैतिक बद्ध जीवनमा हामी विभिन्न शरीर परिवर्तन गर्दैछाैं तर हामी पुनः त्यही अाध्यात्मिक धरातलमा अवस्थित छैनौँ जहाँ न जन्म छ , न मृत्यु छ । यस सम्बन्धि कुनै विज्ञान छैन । एक दिन एउटा मनाेचिकित्सक मलाई भेट्न अाए । अात्मा तथा उसकाे वास्तविक स्थिति बुझ्नको निमित्त तपाईकाे शिक्षा कहाँ छ ? त व्यवहारिक रूपमा सारा जगत् अन्धकारमा छ । उनीहरू जीवनकाे पचास , साठ्ठी वा सय वर्षीय अायुमा रुची राख्दछन् तर उनीहरूलाई थाहा छैन कि हामी शाश्वत, अानन्दमय र ज्ञानवान् छाैँ र यहि भाैतिक शरीरकाे कारणले हामी जन्म , मृत्यु , जरा र व्याधिकाे अधिन छाैँ । याे निरन्तर चलिरहेकाे छ ।

त्यसकारण श्री चैतन्य महाप्रभु अाफ्नाे परम करूणाकाे कारण बद्ध जीवहरूकाे उद्धारकाे लागि प्रकट हुनुभयाे । कृष्ण पनि अाउनुहुन्छ ।

तर कृष्ण त्यति धेरै उदार हुनुहुन्न । कृष्ण सर्त राख्नुहुन्छ कि " पहिले अात्मसमर्पण गर, त्यसपछि मात्र म तिम्रो उत्तरदायित्व लिनेछु । " तर चैतन्य महाप्रभु कृष्णभन्दा पनि दयालु हुनुहुन्छ , यद्यपि कृष्ण र चैतन्य महाप्रभु एउटै व्यक्ति हुनुहुन्छ । त चैतन्य महाप्रभुकाे कृपाबाट हामीले कृष्णलाई सजिलै बुझिरहेका छाैँ । चैतन्य महाप्रभु यहाँ उपस्थित हुनुहुन्छ । तपाई उहाँकाे पुजा गर्नुहाेस् । याे धेरै गाह्राे छैन । यज्ञैः सङ्कीर्तनैः प्रायैर् यजन्ति हि सु-मेधसः | कृष्ण-वर्णं त्विषाकृष्णं साङ्गोपाङ्गास्त्र​-पार्षदम्, यज्ञैः सङ्कीर्तनम् (श्री भा ११।५।३२) | तपाई केवल हरे कृष्ण मन्त्र जप्नुहाेस् र जे सक्नुहुन्छ, चैतन्य महाप्रभुलाई गर्नुहाेस् । उहाँ निकै दयालु हुनुहुन्छ । उहाँ अपराध लिनुहुन्न । राधा-कृष्णकाे आराधना थोरै गाह्राे छ । हामीले उहाँकाे आराधना धेरै भय र सम्मान सहित गर्नुपर्छ । तर चैतन्य महाप्रभु स्वेच्छाले पतित जीवहरूकाे उद्धारकाे लागि अाउनुभएकाे छ । थाेरै सेवाले उहाँ सन्तुष्ट हुनुहुनेछ । उहाँ सन्तुष्ट हुनुहुनेछ । तर उपेक्षा नगर्नुहाेस् । उहाँ निकै कृपालु र दयालु हुनुहुन्छ, यसकाे अर्थ याे हाेइन कि हामीले उहाँकाे स्थिति भुल्नुपर्छ । उहाँ पूर्ण पुरूषाेत्तम भगवान् हुनुहुन्छ । त्यसकारण हामीले उहाँलाई पूर्ण श्रद्धा अर्पण गर्नुपर्छ, जहाँसम्म सम्भव छ ..... तर फाइदा याे छ कि चैतनय महाप्रभुले कुनै अपराध लिनुहुन्न । र उहाँकाे आराधना गर्न, उहाँलाई प्रसन्न पार्न निकै सरल छ । यज्ञैः सङ्कीर्तनैः प्रायैर् यजन्ति हि सु-मेधसः | तपाई केवल हरे कृष्ण महामन्त्रकाे जप गर्नुहाेस् तथा नृत्य गर्नुहाेस् र चैतन्य महाप्रभु निकै नै प्रसन्न हुनुहुनेछ । उहाँले यस नृत्य र किर्तनकाे सुरूवात गर्नुभएकाे थियो र याे भगवद्-साक्षात्कारकाे सरल विधि हाे । त जहाँसम्म सम्भव छ .... यदि सम्भव छ भने चाैबिस घण्टा । यदि त्याे सम्भव छैन भने , कम्तिमा ४ पटक , ६ पटक , चैतन्य महाप्रभुकाे अगाडि हरे कृष्ण मन्त्रकाे किर्तन गर्नुहाेस् र तपाईले अाफ्नाे जीवनमा सफलतत पाउनु हुनेछ । याे तथ्य हाे ।