NE/Prabhupada 0021 - किन यो देशमा यती धेरै सम्बन्धविच्छेद हुन्छ ?

From Vanipedia
Jump to: navigation, search
Go-previous.png Previous Page - Video 0020
Next Page - Video 0022 Go-next.png

किन यो देशमा यती धेरै सम्बन्धविच्छेद हुन्छ ?
Prabhupāda 0021


Lecture on SB 6.1.26 -- Honolulu, May 26, 1976


याे जीवनकाे सरल विधि हाे । प्रत्येक व्यक्ति भाैतिक क्रियाकलापमा संलग्न छन् र याे भाैतिक क्रियाकलापकाे अाधारभूत सिद्धान्त गृहस्थ जीवन हाे , पारिवारिक जीवन । वैदिक सभ्यताका अनुसार अथवा जहाँपनि पारिवारिक जीवनमा मानिस पत्नी, बालबच्चाकाे पालन-पोषणकाे लागि जिम्मेवार हुन्छ । सबजना संलग्न छन् । उनीहरू साेच्छन् कि याे उनीहरूकाे एकमात्र कर्तव्य हाे । "मेराे कर्तव्य अाफ्नाे परिवारकाे पालन-पोषण गर्नु हो । सकेसम्म अारामदायी । याे मेराे कर्तव्य हाे । " कुनै पनि व्यक्तिले साेच्दैन कि यस प्रकारका कर्तव्य त जनावरले पनि पालन गर्दछन् । उनीहरूकाे पनि बच्चा छन् र उनीहरू पनि खुवाउँछन् । फरक के छ ? त्यसकारण यहाँ मुढ शब्दकाे प्रयाेग गरिएको छ । मुढ अर्थात् गधा । जाे त्यस्ता क्रियाकलापमा संलग्न छन् , भुञ्जानः प्रपिबन् खादन्। प्रपिबन् | प्रपिबन् अर्थात् पिउनु र भुञ्जानः अर्थात् खानु । खाँदा, पिउँदा, खादन्, चपाउँदा , चर्व चस्य रज प्रेय (?) |

यी चार प्रकारका खाद्य पदार्थ हुन् । कहिलेकहीं हामी चपाउछाैँ , कहिलेकहीं चाट्छाैँ , (संस्कृत) कहिलेकहीं निल्छाैँ र कहिलेकहीं पिउछाैँ । खाद्य पदार्थ चार प्रकारका हुन्छन् । त्यसकारण हामी गाउँछाैँ चतुः विधा श्री-भगवत्-प्रसादात्। चतुः विधा अर्थात् चार प्रकारका । त हामी अर्च विग्रहलाई यी चार वर्गका विभिन्न खाद्य पदार्थ अर्पण गर्दछाैँ । कुनै वस्तु चपाइन्छ , कुनै वस्तु चाटिन्छ , कुनै निलिन्छ ।

भुञ्जानः प्रपिबन् खादन् बालकं स्नेह​-यन्त्रितः | पिता र माताले बच्चाहरुको हेरचाह गर्छन् कि कसरी उनीहरुलाई खाना दिने । हामीले माता यशाेदाले कृष्णलाई खुवाउनुभएकाे देखेका छौं । कुरा एउटै हाे । अन्तर याे छ कि , हामी कुनै साधारण बालकलाई खुवाइरहेका छाैँ , जुन कार्य कुकुर र बिरालाले पनि गर्छन् तर माता यशाेदा कृष्णलाई खुवाउँदै हुनुहुन्छ । प्रक्रिया एउटै हाे । प्रक्रियामा कुनै अन्तर छैन , तर एउटामा कृष्ण केन्द्र हुनुहुन्छ र अर्काेमा कुनै मनाेमानी केन्द्र छ । फरक यही हाे । जब यो कार्य कृष्ण-केन्द्रित हुन्छ , तब याे अाध्यात्मिक हुन्छ र जब कुनै मनाेमानी केन्द्र हुन्छ , तब याे भाैतिक हुन्छ । भाैतिककाे बिचमा कुनै अन्तर छैन .... याे नै अन्तर हो । जस्तै कामवासना र शुद्ध प्रेम । कामवासना र शुद्ध प्रेममा के अन्तर छ ? यहाँ पुरूष र महिला कामुक भावना सहित मिसिएका छन् र कृष्ण पनि गाेपीहरूकाे साथ मिसिनुहुन्छ । सतही रुपमा हेर्दा याे समान देखिन्छ । तर के अन्तर छ त ? याे अन्तर चैतन्य चरितामृतका लेखकले वर्णन गर्नुभएकाे छ कि काम भावना र प्रेममा के अन्तर छ ? यसकाे वर्णन गरिएको छ । उहाँले भन्नुभएकाे छ , आत्मेन्द्रिय​-प्रीति-वाञ्छा-तारे बलि 'काम​' (चै च आदि ४|१६५), " जब म अाफ्नाे इन्द्रियतृप्ति गर्न चाहन्छु , त्याे काम हाे ।" तर कृष्णेन्द्रिय​-प्रीति-इच्छा धरे 'प्रेम​' नाम​, " र जब म कृष्णका इन्द्रिय तृप्त पार्न चाहन्छु , तब याे प्रेम हाे |" फरक यही हाे ।

यस भाैतिक संसारमा प्रेम छैन किनभने पुरूष र महिलालाई थाहा छैन कि "म ती पुरूषसँग घुलमिल हुनेछु जसले मेरा इच्छाहरूलाई सन्तुष्ट पार्छ । " हाेइन । " म मेरा इच्छाहरू पूर्ति गर्नेछु ।" याे अाधारभुत सिद्धान्त हाे । पुरूषले सोच्दैछ कि " याे महिलासँगकाे सम्बन्धले म आफ्ना इन्द्रियतृप्ति गर्नेछु , " र महिलाले पनि सोच्दैछे कि " यस पुरूषसँगकाे सम्बन्धले , म आफ्ना इच्छा पुरा गर्नेछु । " त्यसकारण याे कुरा पाश्चात्य जगतमा निकै नै प्रसिद्ध भएकाे छ , जब कसैलाई व्यक्तिगत इन्द्रियतृप्तिमा कुनै कठिनाई अाउँछ, तत्काल सम्बन्ध बिच्छेद हुन्छ । यो मनाेवैज्ञानिक कारण हो, किन यो देशमा यति धेरै सम्बन्धविच्छेद हुन्छन् । यसकाे मूल कारण याे हाे कि "जब मैले सन्तुष्टि प्राप्त गर्दिनँ, तब मलाई चाहिंदैन । " यसकाे उल्लेख श्रीमद् भागवतममा गरीएकाे छः दां-पत्यं रतिम् एव हि (श्री भ १२|२|३)| यस युगमा पति र पत्नी भनेको व्यक्तिगत याैन सन्तुष्टि । यस्तो कुनै प्रश्न छैन कि "हामी सँगै बाँच्नेछौं, हामी कृष्णलाई सन्तुष्ट पार्न तालिम लिनेछौं |" याे कृष्ण भावनामृत अभियान हाे ।