NE/Prabhupada 0061 - यो शरीर छाला,हड्डी र रगतको एउटा थैला हो



Northeastern University Lecture -- Boston, April 30, 1969

मेरा प्यारा छात्र तथा छात्राहरु , यस सभामा उपस्थित भएकोमा म तिमीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । हामी कृष्ण भवनामृत अभियान फैलाइरहेका छाैँ किनभने यो अभियान निकै नै अावश्यक छ, सारा संसारमा , र याे प्रक्रिया निकै नै सरल छ । याे नै यसको फाइदा हाे । सर्वप्रथम , आध्यात्मिक धरातल भनेको के हो त्यो बुझ्ने प्रयास गर । जहाँसम्म हाम्रो बाँच्ने अवस्थाको प्रश्न छ , हामी विभिन्न धरातलमा छौं । सर्वप्रथम हामी आध्यात्मिक धरातलमा उभिनुपर्छ। त्यसपछि दिव्य ध्यानको प्रश्न आउछ। भगवद् गीताको तेश्रो अध्यायमा , तिमीले पाउँछौ कि बद्ध जीवनमा पनि विभिन्न स्तर हुन्छन् । पहिलाे हाे इन्द्रियाणि पराण्य् आहुर् .. (भ गी ३।४२ ) संस्कृत, इन्द्रियाणि |

पहिलो कुरा हो जीवनको शारीरिक अवधारणा। यस भौतिक संसारमा हामी सबै जना शारीरिक अवधारणामा छाैँ । म सोच्दछु भारतीय, "म भारतीय हुँ । " तिमी सोच्छौ तिमी अमेरिकी हौ । . कुनै व्यक्ति सोच्दछ "म रुसी हुँ। " कुनै व्यक्ति सोच्दछ "म अरु केहि हुँ। " त सबैजना सोच्छन् कि "म यो शरीर हुँ। " यो एउटा स्तर हो , अथवा एक अवस्था । यस अवस्थालाई कामुक अवस्था भनिन्छ किनकि जबसम्म हामी जीवनको शारीरिक अवधारणामा हुन्छौँ , हामी सोच्दछौं सुख भनेको इन्द्रियतृप्ति हो। त्यति हो । सुख भ्यानको इन्द्रियतृप्ति किनकि शरीर भनेको इन्द्रियहरु । इन्द्रियाणि पराण्य् आहुर् इन्द्रियेभ्यः परं मनः (भ गी ३।४२ ) | भगवान् श्रीकृष्ण भन्नुहुन्छ कि जीवनको भौतिक अवधारणा वा जीवनको शारीरिक अवधारणामा हाम्रा इन्द्रियहरु निकै नै प्रधान हुन्छन् । यहि कुरा वर्तमान समयमा चलिरहेको छ । वर्तमान समयमा मात्र होइन भौतिक संसारको सृष्टिको प्रारम्भदेखि । यो रोग छ कि, "म यो शरीर हुँ। "

श्रीमद्-भागवतमा बताइएको छ कि यस्यात्म​-बुद्धिः कुणपे त्रि-धातुके स्व​-धीः कलत्रादिषु भौम इज्य​-धिः (श्री भा १०।८४।१३ ) कि "जसले यो शारीरिक अवधारणा राखेको छ कि, 'म यो शरीर हुँ ..... '" अात्म बुद्धिः कुणपे त्रि-धातु । अात्म बुद्धिः अर्थात् आफुलाई यस छाला र हड्डीको झोला सम्झिनु । यो झोला हो । यो शरीर छाला , हड्डी , रगत , मुत्र , मल र अन्य राम्रो कुराहरुको झोला हो | तिमीले बुझ्छौ ? तर हामी सोच्दछौं कि "म यो छाला , हड्डी , मुत्र र मलको थैलो हुँ। यो हाम्रो सुन्दरता हो। यो हाम्रो सर्वस्व हो। "

धेरै राम्रा कथा छन् ..... तर हामीसँग समय कम छ। तर पनि, म एउटा कथा सुनाउन चाहन्छु , कि एक मानिस , एक केटा , एउटी सुन्दर केटिसँग आकर्षित थियो। केटिले स्वीकार गरिरहेकी थिइनन् , र त्यो केटा प्रयास गरिरहेको थियो । भारतमा , केटीहरु , उनीहरु पवित्रताको पालन गर्दछन् । यी केटि स्वीकार गरिरहेकी थिईनन् । त्यसकारण उनले भनिन् , "ठिक छ , म स्वीकार गर्छु । एक हप्ता पछि तिमी आऊ । " उनले भनिन् , " यो समयमा तिमी आउनु ।" केटा निकै नै खुसी भयो। र त्यो केटिले सात दिन सम्म केहि औषधि लिइन् र दिनरात मल त्यागिरहेकी थिइन् तथा वमन गरिरहेकी थिइन्, त्यसपछि उनले यी सारा मलमुत्रलाई एक सुन्दर भाँडोमा राखिन् । निर्धारित समय आयो , त्यो केटा आयो र केटि ढोकामा बसिरहेकी थिइन् । र त्यो केटाले सोध्यो , "त्यो केटि कहाँ छे ? " उनले भनिन् , "म नै ती केटि हुँ। " "होइन होइन , तिमी होइन। तिमी निकै नै कुरुप छाै । उनी निकै नै सुन्दर थिइन् । तिमी ती केटी होइनौ। " "होइन , म त्यहि केटि हुँ, तर मैले मेरो सुन्दरता अर्को भाँडोमा अलग गरेर राखेको छु । " "त्यो के हो ?" उनले देखाइन्: "यो हो सुन्दरता, यो मलमुत्र र वमन। यो सुन्दरताको संघटक हो।"

वास्तवमा जो पनि अत्यन्त बलियो वा अत्यन्त सुन्दर हुन सक्छन् - यदि उसले मल निरन्तर तीन वा चार पटक त्याग गर्छ भने , सबथोक बदलिनेछ। मेरो तात्पर्य यो हो कि , जसरी श्रीमद् भागवतममा वर्णन गरिएको छ , कि यो जीवनको शारीरिक अवधारणा आशावादी छैन । यस्यात्म बुद्धिः कुणपे त्रि-धातुके (श्री भा १०।८४।१३ ) |