NE/Prabhupada 0094 - हाम्रो कर्तव्य कृष्णको शब्द दोहोर्याउनु हो



Lecture on BG 1.20 -- London, July 17, 1973

अधर्मी जीवले भगवानको बारेमा जिज्ञासा गर्न वा जान्न सक्दैन हामीले यो श्लोक धेरै पटक दोहोर्याएका छौं,

येषां त्व् अन्त​-गतं पापं
जनानां पुण्य​-कर्मणाम्
ते द्वन्द्व​-मोह​-निर्मुक्ता
भजन्ते मां दृढ​-व्रताः
(भ गी ७|२८) |

पापीहरु, तिनीहरुले बुझ्न सक्दैनन् | तिनीहरुले बुझछन्, केवल सोच्छन् कि "कृष्ण भगवान् हुनुहुन्छ; त्यसैले म पनि भगवान् हुँ | उहाँ एक साधारण मानिस हुनुहुन्छ, हुन सक्छ थोरै शक्तिशाली, ऐतिहासिक हिसाबले धेरै प्रसिद्ध मानिस | उहाँ, आखिरमा, एउटा मानिस | म पनि मानिस हुँ | त्यसैले म किन भगवान् होइन त?" यो अभक्त र पापी मानिसहरुको निष्कर्ष हो |

जसले आफुलाई भगवान् घोषणा गर्छ, तत्काल तपाईले थाहा पाउनुपर्छ कि ऊ महापापी मानिस हो | र यदि तपाईले उसको व्यक्तिगत जीवन बुझ्नुभयो भने तपाईले थाहा पाउनुहुन्छ कि ऊ महा-पापी मानिस हो | त्यो हो परिक्षण | अन्यथा कसैले पनि भन्दैन कि म भगवान् हुँ, यो गलत प्रस्तुति हो | कसैले पनि | कुनै धार्मिक मानिसले गर्दैन | उसलाई थाहा छ, "म के हुँ? म साधारण मानिस हुँ | म कसरी भगवानको स्थानको दावा गर्न सक्छु?" र तिनीहरु धुर्तमध्ये प्रसिद्ध हुन्छन् |

श्रीमद् भागवतममा बताइएको छ, श्व-विद्-वराहोष्ट्र खरैहि (श्री भा २।३।१९) | त्यो श्लोक के थियो? उष्ट्र-खरै:, सम्स्तुत: पुरष: पशु: | तिनीहरु.. यो संसारमा हामीले धेरै महान मानिसहरु देख्छौं, तथाकथित महान मानिसहरु र साधारण मानिसले तिनीहरुको धेरै प्रशंसा गर्छन् | भागवतमा भनिएको छ कि जो भक्त छैन, जसले कहिल्यै हरे कृष्ण मन्त्र जप गर्दैन, ऊ धुर्तहरुको अनुमानमा धेरै ठुलो मानिस हुनसक्छ, तर ऊ ;पशुबाहेक केहि पनि होइन | पशु | श्व-विद्-वराह-उष्ट्र-खरै: | "तपाईले कसरी भन्न सक्नुहुन्छ,त्यस्ता महान मानिस | तपाईले भन्नुहुन्छ कि पशु |" हाम्रो कर्तव्य धेरै अकृतज्ञ कार्य छ | हामी भन्छौं कि जो मानिस भक्त छैन, ऊ धुर्त हो | हामीले साधारणतया भन्छौं | यो धेरै रुखो शब्द हो, तर हामीले प्रयोग गर्नैपर्छ | जब हामी देख्छौं कि ऊ कृष्णको भक्त होइन, ऊ धुर्त हो | हामी कसरी भन्छौं? ऊ मेरो शत्रु होइन, तर हामीले भन्नुपर्छ किनकि यो कृष्णद्वारा वर्णित छ |

यदि हामी वास्तवमा कृष्ण भावानाभावित छौं भने हाम्रो कर्तव्य कृष्णको शब्द दोहोर्याउनु हो | त्यति हो | कृष्णको प्रतिनिधि र अप्रतिनिधि बीच के अन्तर छ? कृष्णको प्रतिनिधिले केवल कृष्णले भन्नुभएको कुरा दोहोर्याउँछन् | त्यति हो | उनी प्रतिनिधि बन्छन् | त्यसलाई त्यति धेरै योग्यता चाहिंदैन | तपाई केवल दृढ विश्वास सहित दोहोर्याउनुहोस् | जसरी कृष्णले भन्नुहुन्छ, सर्व-धर्मान् परित्यज्य माम् एकम् शरणम् व्रज (भ गी १८।६६) | जसले यो तथ्य स्वीकारेको छ कि "यदि म कृष्णमा शरणागत हुन्छु भने, मेरा सम्पूर्ण कर्तव्य सफल हुन्छन्," ऊ कृष्णको प्रतिनिधि हो | त्यति हो |

तपाइलाई धेरै शिक्षित या उन्नत हुनुपर्दैन | यदि तपाईले केवल कृष्णले भन्नुभएको कुरा स्वीकार्नुहुन्छ भने.... जस्तै अर्जुनले भन्नुभयो, सर्वम् एतं ऋतम् मन्ये यद् वदसि केशव​: (भ गी १०।१४) | "मेरो प्रिय कृष्ण, केशव, तपाईले जे भन्दै हुनुहुन्छ, म स्वीकार्छु, कुनै परिवर्तन बिना |" ती हुन् भक्त | त्यसैले अर्जुनलाई भक्तो ऽसि भनेर सम्बोधन गरिएको छ | यो हो भक्तको कर्तव्य | किन मैले कृष्णलाई आफु जस्तै सम्झनु, साधारण मानिस ? भक्त र अभक्त बीच यो भिन्नता छ | भक्तलाई थाहा छ कि "म तुच्छ छु, कृष्णको सानो झिल्को | कृष्ण वैयक्तिक व्यक्ति हुनुहुन्छ | म पनि वैयक्तिक व्यक्ति हुँ | तर जब हामी उहाँको शक्ति र आफ्नो शक्तिको विचार गर्छौं, म अति तुच्छ छु |" यो हो कृष्णको बुझाइ |

केहि गाह्रो छैन | मानिस केवल इमान्दार हुनुपर्छ, पापी होइन | तर एउटा पापी मानिसले उहाँलाई बुझ्न सक्दैन | पापी मानिसले भन्नेछ,"ओहो ! कृष्ण पनि मानिस हुन् | म पनि मानिस हुँ | म किन भगवान् होइन ? केवल उहाँ भगवान् ? होइन, म पनि हुँ | म भगवान् हुँ | तपाई भगवान् हुनुहुन्छ, तपाई भगवान् हुनुहुन्छ, सबै भगवान् |" जस्तै विवेकानन्दले भनेका थिए ," तपाई किन भगवानको खोजीमा हुनुहुन्छ ? तपाईले यति धेरै भगवानहरु सडकमा भट्किरहेको देख्नुहुन्न ?" तपाईले बुझ्नुहुन्छ | यो हो उनको भागवत्-साक्षात्कार | र उनी ठुला मानिस बने ,"ओहो ! उनले सबैलाई भगवान् देख्छन् |"

यो मूर्खता, यो धूर्तता, सारा संसारभरि चलिरहेछ | मानिसलाई थाहा छैन कि भगवान को हुनुहुन्छ, भगवानको शक्ति के हो, भगवान् भनेको के हो | तिनीहरु कोहि धुर्तलाई भगवानको रुपमा स्वीकार्दैछन् | आजकल यहि चलिरहेको छ | अर्को धुर्त आउँछ | उसले पनि आफुलाई भगवान् घोषणा गर्छ | यो साह्रै सस्तो कुरा भएको छ | तर तिनीहरुसँग सोच्नलाई दिमाग छैन कि,"म भगवानको दावा गर्दैछु; मसँग के शक्ति छ?"

यो रहस्य छ | भक्त नबनिकन भगवानलाई बुझ्ने रहस्य जान सम्भव छैन | र कृष्णले भगवाद् गीतामा उहाँलाई जान्ने तरिका भन्नुभएको छ | भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्तवत: (भ गी १८।५५) केवल भक्तिबाट | उहाँले भन्न सक्नुहुन्थ्यो,"उच्च ज्ञानबाट" अथवा "योग विधिबाट" अथवा "काम गरेर, ठुलो कर्मी वा मजदुर बनेर, मलाई मानिसले बुझ्न सक्छ |" छैन, उहाँले कहिल्यै भन्नुभएन, कहिल्यै भन्नुभएन | त्यसैले कर्मी, ज्ञानी,योगी, तिनीहरु सबै धुर्त हुन् | तिनीहरुले कृष्णलाई बुझ्न सक्दैनन् | सबै धुर्तहरु | कर्मीहरु तेस्रो श्रेणीका धुर्तहरू, ज्ञानीहरु दोस्रो श्रेणीका धुर्तहरू, र योगीहरू पहिलो श्रेणीका धुर्तहरू | त्यति हो |