NE/Prabhupada 0097 - म केवल एक हुलाकी सेवक हुँ



His Divine Grace Srila Bhaktisiddhanta Sarasvati Gosvami Prabhupada's Appearance Day, Lecture -- Los Angeles, February 7, 1969


यदि हामीले यो अभियानलाई अगाडि बढाउन मेहेनत गर्दा कुनै अनुयायी बनाउन सकेनौं भने पनि कृष्ण सन्तुष्ट हुनुहुन्छ | र हाम्रो कार्य कृष्णलाई सन्तुष्ट पार्नु हो | त्यो भक्ति हो | हृषिकेन हृषिकेश सेवनं भक्तिर् उच्यते (चै च मध्य १९|१७०) | भक्ति भनेको मानिसले आफ्ना सबै इन्द्रियाहरुलाई सन्तुष्टिको निमित्त संग्लग्न गराउनुपर्छ | भौतिक जीवन भनेको आफ्नै लागि इन्द्रियतृप्ति: "मलाई यो मनपर्छ | म केहि गर्न चाहन्छु | म केहि गाउन चाहन्छु या केहि जप्न चाहन्छु, केहि खान चाहन्छु, या केहि छुन चाहन्छु, या चाख्न चाहन्छु | यो, केहि, भनेको..... त्यो भनेको इन्द्रियको प्रयोग गर्नु | त्यो भौतिक जीवन हो | "मलाई नरम छाला छुने इच्छा छ | मलाई मिठो खानेकुरा चाख्ने इच्छा छ | मेरो गन्ध यस्तो होस् | म यसरी हिंड्न चाहन्छु |" त्यहि कुरा- हिंड्ने, चाख्ने, छुने, या अरु केहि- कृष्णको लागि उपयोग गर्नुपर्छ | त्यति हो | अरु केहिको स्पर्श भन्दा, यदि हामीले भक्तको पवित्र चरणकमलको स्पर्श गर्यौं भने स्पर्शको उपयोग हुन्छ | नचाहिने कुरा खानुभन्दा, यदि हामी कृष्ण प्रसादम् खान्छौं भने त्यो ठिक हुन्छ | केहि अरुको गन्ध लिनुभन्दा यदि हामीले कृष्णलाई अर्पित फुलको गन्ध लिन्छौं भने..... त्यसैले केहि रोकिएको छैन | यदि तपाईलाई आफ्नो यौन जीवन प्रयोग गर्ने इच्छा छ भने तपाईले कृष्ण भावनाभावित बच्चा जन्माउन प्रयोग गर्न सक्नुहुन्छ | केहि रोकिएको छैन | केवल शुद्धिकरण गरिएको छ | त्यति हो | सारा कार्यक्रम यहि हो | "यो रोक " भन्ने प्रश्न नै आउँदैन | रोक्न सकिंदैन | कसरी रोक्ने ? मानौं म एक मानव हुँ | यदि कसैले ,"ओहो ! तपाईले खान पाउनुहुन्न" भन्छ भने के यो सम्भव हुन्छ ? मैले खानैपर्छ | त्यसैले रोक्ने त प्रश्न नै उठ्दैन | प्रश्न त त्यसको शुद्धिकरणको हुन्छ | त्यसैले....र अर्को दर्शन छ, मैले भन्न खोजेको, बलपूर्वक रोक लगाउने, त्यसलाई शुन्य बनाउने, जस्तै तिनीहरुले भन्छन्, "इच्छाविहिन बन |" तिनीहरु वकालत गर्छन् | म कसरी इच्छाविहिन बनुँ ? इच्छा हुनैपर्छ | तर म कृष्णको लागि इच्छा गर्नेछु |

त्यसैले यो निकै राम्रो विधि छ | र यदि अरुले यो गम्भीरतापुर्वक लिएनन् या तिनीहरु हाम्रो दर्शनमा आउँदैनन् भने पनि, यदि तपाईले त्यसको लागि प्रयास गर्नुहुन्छ भने त्यो तपाईको कर्तव्य हो | कृष्ण सन्तुष्ट हुनुहुन्छ | हाम्रा आचार्यहरु सन्तुष्ट हुनुहुन्छ, गुरु महाराज सन्तुष्ट हुनुहुन्छ | र यस्य प्रसादाद् भगवत्.... यदि उहाँहरु सन्तुष्ट हुनुहुन्छ भने हाम्रो कर्तव्य पुरा हुन्छ | यो होइन कि अरु सन्तुष्ट छन् कि छैनन् | तपाईले जपेर कोहि जनता सन्तुष्ट हुन्छन्- होइन, हामीलाई त्यसको मतलब छैन | तिनीहरु सन्तुष्ट हुन्छन् या हुँदैनन् | तर यदि मैले ठिक ढंगले जपें भने मेरा पूर्वजहरु, अचार्यहरु, सन्तुष्ट हुनुहुन्छ | त्यो मेरो कार्य हो, सकियो, यदि मैले आफ्नै ढंगमा आविष्कार गर्दिनँ भने | त्यसैले म धेरै खुसी छु कि कृष्णले मलाई मदत गर्न धेरै राम्रा युवा-युवति पठाउनुभएको छ | यो पुण्य दिनमा आशिर्वाद लिनुहोस् | र मेरो केहि पनि छन् | म केवल हुलाकी सेवक हुँ | मैले आफ्नो गुरु महाराजबाट सुनेको कुरा तपाईलाई प्रदान गरेको छु | तपाई पनि केवल यहि तरिकामा कार्य गर्नुहोस, र तपाई खुसी हुनुहुनेछ, र संसार खुसी हुनेछ, र कृष्ण खुसी हुनुहुनेछ, र सबै......