NE/Prabhupada 0098 - कृष्णको सुन्दरताबाट आकर्षित हुनुहोस्



The Nectar of Devotion -- Vrndavana, November 11, 1972

मदन मोहन | मदन भनेको यौन आकर्षण | मदन, यौन आकर्षण, कामदेव, र कृष्णलाई मदन मोहन भनिन्छ | मानिसले यौन आकर्षणलाई पनि उपेक्षा गर्न सक्छ यदि ऊ कृष्णसँग आकर्षित हुन्छ | त्यो परिक्षण हो | मदनले यो भौतिक जगतलाई आकर्षित गरिरहेका छन् | सबैजना यौन जीवनबाट आकर्षित छन् | सारा भौतिक जगत् यौन जीवनमा आधारित छ | यो तथ्य हो | यन् मैथुनादि-गृहमेधि सुखं हि तुच्छम् (श्री भ ७।९।४५) | यहाँको खुसी, तथाकथित खुसी भनेको मैथुन हो, मैथुनादि | मैथुनादि भनेको यहाँको खुसी मैथुन, यौन-क्रिडाबाट सुरु हुन्छ | साधारणतया, मानिसहरु....,एक पुरुषले विवाह गर्छ | उद्देश्य भनेको यौन इच्छा सन्तुष्ट पार्नु हो | त्यसपछि उसले बच्चा जन्माउँछ | त्यसपछि पुनः, जब ती बच्चाहरु हुर्किन्छन्, तिनीहरु, छोरीको विवाह अर्को युवासँग हुन्छ र छोराको अर्की युवतीसँग | त्यसको उद्देश्य पनि उही हो: यौन सम्बन्ध | त्यसपछि पुनः, नाति-नातिनी | यस प्रकारले, यो भौतिक सुख- श्रीयैश्वर्य प्रजेप्सव: (श्री भा १|२|२७) | हामीले छलफल गरेका थियौं | श्री भनेको सुन्दरता, ऐश्वर्य भनेको धन, र प्रजा भनेको प्रजनन |

साधारणतया, मानिसहरु, तिनीहरु यो मनपराउँछन्- राम्रो परिवार, राम्रो पुंजी, र राम्री श्रीमती, राम्री छोरी, राम्री बुहारी | जब एउटा परिवारसँग राम्री चेलीहरु र धन हुन्छन्, र ठुलो.... धेरै बच्चाहरु, तब उसलाई सफल मानिन्छ | ऊ सफल मानिसमा गनिन्छ | शास्त्रमा भनिएको छ,"यो सफलता के हो? यो सफलता यौन-क्रिडाबाट सुरु हुन्छ | त्यति हो | र त्यसैलाई सम्हालेर राख्ने |" यन् मैथुनादि-गृहमेधि सुखं हि तुच्छम् (श्री भ ७।९।४५) | यहाँ यो सुख यौन जीवनबाट सुरु हुन्छ, मैथुनादि | हामीले यसलाई विभिन्न तरिकामा चम्काउन सक्छौं, तर यो मैथुन, यौन जीवनको सुख, सुँगुरमा पनि हुन्छ | सुँगुरहरु पनि सारा दिन खान्छन्, यता र त्यता: "विष्टा कहाँ छ ? विष्टा कहाँ छ ?" र कुनै भेदभाव बिना यौन-क्रिडामा संग्लग्न हुन्छन् | सुँगुरहरुले आमा ,बहिनी या छोरीमा कुनै भेद गर्दैनन् | त्यसैले शास्त्रमा भनिएको छ,"यहाँ, यो भौतिक जगतमा, हामी बाँधिएका छौं, हामीहरु यो भौतिक जगतमा केवल यौन जीवनको लागि बाँधिएका छौं |" ती कामदेव हुन् | कामदेव यौन जीवनका देवता हुन्, मदन | जबसम्म एक मानिस, के भनिन्छ, मदन, कामदेवबाट प्रेरित हुँदैन, तबसम्म ऊ, मेरो मतलब, यौन जीवनबाट आनन्दित हुन सक्दैन | र कृष्णको नाम हो मदन-मोहन | मदन-मोहन भनेको जो कृष्णसँग आकर्षित हुन्छ, उसले यौन जीवनबाट प्राप्त हुने आनन्द बिर्सन्छ | यो परिक्षण हो | तसर्थ उहाँको नाम मदन-मोहन हो | यहाँ मदन-मोहन हुनुहुन्छ | सनातन गोस्वामीले मदन-मोहनको पुजा गर्नुहुन्थ्यो | मदन या मादन | मादन भनेको पागल हुनु | र मदन, कामदेव |

सबैजना यौन जीवनको बलले व्यथित छन् | धेरै ठाउँहरु छन्...... भागवतममा भनिएको छ, पुंसः स्त्रिया मिथुनी-भावम् एतत् तयोर् मिथो हृदय​-ग्रन्थिम् आहुर् (श्री भा ५।५।८) | सारा भौतिक जगत् चल्दैछ: पुरुष महिलाबाट आकर्षित छ, महिला पुरुषबाट आकर्षित छिन् | र यो आकर्षण खोज्दै, जब तिनीहरु एकजुट हुन्छन्, यो भौतिक जगतप्रति तिनीहरुको आकर्षण झन् बढ्छ | यस प्रकारले, एकजुट भएपछि, या विवाह गरेपछि, एक स्त्री र पुरुष, तिनीहरु राम्रो घर, गृह; क्षेत्र, गतिविधि, व्यापार, कारखाना या खेतीयोग्य जमिन खोज्छन् | किनकि मानिसले पैसा कमाउनुपर्छ | त्यसैले, खानेकुरा खोज | गृह-क्षेत्र; सुत, बच्चा; र आप्त, साथीहरु; वित्त, धन | अत: गृह क्षेत्र-सुताप्त वित्तैर् जनस्य मोहो ऽयम् (श्री भा ५।५।८) | भौतिक जगतप्रतिको आकर्षण झन् कडा हुन्छ | यसलाई भनिन्छ मदन, मदनद्वारा आकर्षण | तर हाम्रो कार्य भनेको यो भौतिक जगतको झिलिमिलीबाट आकर्षित नभएर कृष्णबाट आकर्षित हुनु हो | त्यो हो कृष्ण भावनामृत अभियान | जबसम्म तपाई कृष्णको सुन्दरताबाट आकर्षित हुनुहुँदैन, हामी यो भौतिक जगतको झुठो सुन्दरताबाट आकर्षित हुनुपर्छ | तसर्थ श्री यमुनाचार्यले भन्नुभएको छ कि: यदावधि मम चेतः कृष्ण​-पदारविन्दयोर् नव​-नव​-धाम रन्तुम् आसीत्: "जबदेखि म कृष्णको सुन्दरताबाट आकर्षित भएर उहाँको चरणकमलको सेवा गर्न थालें र मैले नयाँ, नयाँ शक्ति पाउँदैछु, तबदेखि मैले यौन क्रिडाको बारेमा सोच्नासाथ त्यसमा थुक्न मन लाग्छ |" त्यो वितृष्णा हो, अरु आकर्षण छैन.... भौतिक जगतको आकर्षणको केन्द्रविन्दु भनेको यौन जीवन हो, र जब कोहि यौन जीवनबाट अनाशक्त हुन्छ.... तदावधि मम चेत:...

यदावधि मम चेत: कृष्ण-पदारविन्दयोर्
नव-नव-(रस-)धाम(अनुद्यत)रन्तुम्
अासीत् तदावधि बत नारी-सङ्गमे स्मर्यमाने
भवति मुख​-विकारः सुष्टु निष्ठीवनं च

"जब म यौन क्रिडाको बारेमा सोच्छु, तत्काल मेरो मुख अर्कोतीर फर्किन्छ र म त्यसमा थुक्न चाहन्छु |" तसर्थ कृष्ण मदन मोहन हुनुहुन्छ | मदनले सबैलाई आकर्षित गरेका छन्, यौन जीवन, र कृष्ण, जब कोहि कृष्णबाट आकर्षित हुन्छ, तब मदनले पनि हार्छन् | त्यसैले जब मदनले हार्छन्, हामीले यो भौतिक जगतमाथि विजय प्राप्त गर्छौं | अन्यथा यो धेरै गाह्रो छ |